×

NMB BANK
NIC ASIA

लालबाबु पण्डितले भने अब काठमाडौं मास्कको जरूरत पर्दैन

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ फागुन - नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास दिलाएका हुन् । उनले भने,‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा सहभागी हुन्छ।’ उनले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने जिकिर गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आफूले भर्खरमै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने विश्वस दिलाए । उनले भने,‘अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गर्न बाँकै नै छ, म विज्ञहरुसँग छलफल गर्छु, कार्यक्रमहरु बुझ्न बाँकी छ, त्यसैले म अहिले नै ईतिश्री अभिव्यक्त गर्न सक्दिन्।’


Advertisment
Nabil box
Kumari

उनले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बाउनको लागि दत्तचित्त भएर काम गर्छु।’

Vianet communication
Laxmi Bank

तपाई त गृहमन्त्रालयको जिम्मेवारी दिए मुलुकमा अपराध जिरोमा झार्छु भन्नुहुन्थ्यो तर तपाईलाई अर्के मन्त्रालयको जिम्मेवारी दिइएकोमा कत्तिको सन्तुष्टि हुनुहुन्छ ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘यो प्रधानमन्त्रीय प्रणाली हो, कुनै बेला पनि जिम्मेवारी हेरफेर हुन्छ, मैले असन्तुष्टि किन राख्ने ? म त अझै धेरै सन्तुष्टि हुनेगरि काम गर्छु, जनताको हितमा काम गर्छु।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको प्रमुख नीति तथा कार्यक्रमहरु विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने पनि जानकारी दिए ।उनले भने,‘हाम्रो चाहना छ, सम्पूर्ण नेपालीहरु सुखी हुनुपर्छ, खुशी हुनुपर्छ, त्यसैको लागि हामी काम गर्छौं।’

अघिल्लो सरकारले गरेका कतिपय निर्णयहरु गलत भए वा प्रक्रियागत रुपमा ठिक नभए ती निर्णयहरुलाई आफूहरुले खारेज गर्न सक्ने पनि मन्त्री पण्डितको भनाई थियो । उनले भने,‘अघिल्लो सरकारले गरेका निर्णयहरु हामी हेर्छौं, गहन अध्ययन गर्छौं, यदि प्रक्रियागत छैनन् भने हामी ती निर्णयहरु होल्ड गर्छौं, प्रक्रियागत भएका निर्णयहरु कार्यान्वयन गर्छौं, यदि नियमसंगत नभएका निर्णयहरु खारेजीको तहसम्म पनि पुग्न सक्छ।’

मन्त्री पण्डितले भविष्यमा संविधान संशोधन हुने भएपनि अहिले नै संशोधन नगरिने स्पष्ट पारे । उनले भने,‘सुरुवातमै संविधान संशोधन हुँदैन्, भविष्यमा हुन्छ।’
त्यस्तै उनले काठमाडौंमा अहिले मास्क र हेल्मेटको जीवन जिउन नेपालीहरु बाध्य भएको पनि सुनाए । उनले भने,‘म एक दिन पद्यमा कन्या क्याम्पसको कार्यक्रममा सहभागी भएको थिएँ, त्यहाँ एकजना बहिनीले कविता बाचन गरेर काठमाडौंमा मान्छे वास्तवमै मास्क र हेल्मेट लगाएर हिँड्नु परेको सुनाउनुभयो, एकले अर्कालाई देख्नै नपाउने ?’ उनले उक्त कविताको सान्दर्भिकता निकै रहेको सुनाए ।

उनले वातावरणलाई मानवमैत्री बनाउनको लागि जनसंख्यालाई पनि सन्तुलन बनाउनुपर्नेमा जोड द्यिए । उनले भने,‘जनसंख्या पनि भुगोल सुहाउँदो र नियन्त्रण गर्नुपर्छ, अहिले गाउँबाट शहर बसाई सराई गर्ने लहर चलेको छ।’ मन्त्री पण्डितले आफूले अघिल्लोपटक मन्त्रीको जिम्मेवार सम्हाल्दा बोल्ड निर्णय गरेजस्तै अब पनि बोल्ड निर्णय लिएर अघि बढ्ने प्रतिबद्धता सुनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x