×

NMB BANK
NIC ASIA

सामान हराउने पीरले एक्सरे मशिनभित्र पसिन् यी महिला

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ फागुन — सुरक्षा जाँचका बेलामा सामानलाई सुरक्षित राख्नका लागि तपाईंले चिन्ता गर्नुपरेको छ ? 

चीनकी एक महिला स्टेसनमा सुरक्षा जाँचका बेलामा आफ्नो ब्याग हराउला भन्ने पीरले गर्दा एक्सरे मशिनमा छिरेकी छन् । 

आइतवार यो अनौठो घटना दक्षिणी चीनको डुङग्वान रेलवे स्टेसनमा भएको थियो । त्यहाँको स्टाफले सामान जाँच्ने एक्सरे मशिनको मनिटरमा महिलाको छायाचित्र आएपछि छक्क परे । 

अन्लाइन भिडियोमार्फत यो घटना सार्वजनिक भयो । 

भिडियोमा महिलाले आफ्नो सुटकेसलाई कन्भेयर बेल्टमा राखेको अनि ह्यान्डब्याग लिएर स्टेसनतर्फ गएको देखिन्छ । 

उनलाई सबै ब्यागहरू एक्सरे मशिन भएरै जानेछन् भनेपछि उनी आफैं कन्भेयर बेल्टमा चढिन् र सामानका साथ अर्कोतिर पुगिन् । 

त्यसैबेलामा उनको एक्सरे इमेज देखियो । उनी आफ्नो सामानपछाडि घुँडा टेकेर बसेकी थिइन् । 

उनलाई हेरेर सुरक्षाकर्मीहरू छक्क परेर हाँस्न थाले । 

महिलालाई किन यसो गरेको भनेर सोध्दा ब्याग कसैले चोरिदेला भनी पीर लागेकाले यसो गरेको भनिन् ।

चीनमा नयाँ वर्षका समारोहहरू चलिरहेका छन् र यस अवसरमा घर जाने मानिसहरू ठूलो मात्रा नगद बोकेर हिँड्छन् । 

एक्सरे मशिनमा पस्दा विकिरणले घात असर पार्छ । यो घटनापटि डुङग्वान स्टेसनको कर्मचारीले यात्रीहरूलाई एक्सरे मशिनमा नपस्न नछिर्न चेतावनी जारी गरेको छ । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x