×

NMB BANK
NIC ASIA

अन्योलमा मन्त्रिपरिषद् विस्तार, कहाँ अड्कियो एकता प्रक्रिया ?

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ४ फागुन–अधिकाशं बिषयमा सहमति जुटेपनि केही ‘प्राविधिक’ र केही ‘सैद्धान्तिक’ बिषयमा कुरा नमिल्दा नेकपा एमाले र माओवादी एकता सामान्य कुराले अड्किएको छ । दुई पार्टीबीच सामूहिक नेतृत्वमा जाने र प्रधानमन्त्री पनि आलोपालो चलाउने गरी सहमति भएको सार्वजनिक भएको थियो ।

Muktinath Bank

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच पटक पटक भएका ‘वन टू वन’ वार्ता सहमति नजिक पुगेको नेताहरुले दावी गर्दै आएका थिए । एकीकृत पार्टीको मूल सिद्धान्त जनताको बहुदलीय जनवाद कि २१ औ शताव्दीको जनवाद राख्ने भन्ने बिषयमा कुरो अड्किएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुरको मानभवन स्थित एक व्यापारीको घरमा बुधवार बिहान भएको ‘वन टू वन’ वार्तापछि सोही दिन नै पार्टी एकताको सांकेतिक घोषणा हुने नेताहरुले दावी गरेका थिए । प्रचण्ड ओलीको ‘वन टू वन’ वार्तापछि सोही स्थानमा एमालेले स्थायी समितिको बैठक बोलाएपछि सोही दिन नै एकताको सांकेतिक घोषणा हुने ठानिएको थियो । 


Advertisment
Nabil box
Kumari

एमाले स्थायी समितिको बैठकले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्र्णय गरेपनि पार्टी एकताबारे ठोस निर्णय गर्न सकेन । एमाले स्थायी समितिको बैठकपनि प्रचण्ड र ओलीबीच फेरि ‘वन टू वन’ वार्ता भयो । 
सो वार्ता सकिएपछि दुइपार्टीका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्यो । बैठकमा ९५ प्रतिसत कुरा मिलेको भनेर माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताएका थिए । बिहीवार प्रधानमन्त्रीको शपथका कारण पार्टी एकताको बिषयमा छलफल भएन ।

Vianet communication
Laxmi Bank

बुधवारको बार्ता सहमतिमा पुग्न नसकेपछि बिहीवार भएको मन्त्रिपरिषद् विस्तारमा माओवादी केन्द्र सहभागि भएन । माओवादी सरकारमा सहभागि नभएपछि दुई पार्टीको एकतामा समस्या उत्पन्न भएको टिप्पणी भयो । पार्टी एकता प्रक्रियाको सुस्तताका कारण मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको छ ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुइ दिनमै माओवादी सरकारमा आउने भनेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताएपनि तत्काल सरकारमा सहभागि हुने तयारी नभएको माओवादी स्रोत बताउछ । 

एमाले पोलिटव्युरो सदस्य अग्नी खरेल भने पार्टी एकताको बिषयमा दुइ दलका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउछन् । ‘छलफल भइरहेको छ, केही दिनमै एकता हुन्छ’ खरेलले शुक्रवार लोकान्तरसँग भने । तर उनले मन्त्रिपरिषद् विस्तारवारे थाहा नभएको बताए । 

वार्तामा सहभागि नेताहरुका अनुसार पार्टीको सिद्धान्त के हुने भन्नेबारे दुई दलबीच सहमति जुटन सकेको छैन । एमालेले जनताको बहुदलीय जनवादलाई नै पार्टीको मुख्य सिद्धान्त बनाउनुपर्ने अडान राखेको छ भने माओवादीले ‘२१ औं शताव्दीको जनवाद’को अडान छाडेको छैन् । 

यस्तै विबादका कारण एमाले माओवादी एकता प्रक्रिया कहिले नजिकिएको र कहिले टाढिएको जस्तो देखिदै छ । यसअघि माओवादीले नयाँ सरकार गठन अगावै एकता टुंगाउनु पर्ने अडान राख्दै आएको थियो । माओवादीका प्रभावशाली नेता अग्नीप्रसाद सापकोटा एमालेसंग पार्टी मर्ज नभएकोले सम्मानजनक एकता हुनुपर्ने बताउँछन् । 

‘पार्टीका कार्यकर्ता, सुवेक्षुक र आम नेपाली जनताले समेत महसुश गर्नेगरी एकता गरिनु पर्छ’ शुक्रवार काठमाडौंमा पत्रकारहरुसँग कुरागर्दै सापकोटाले भने, ‘पार्टीको मर्ज होइन, एकता सम्मानजनक एकता हुनुपर्छ । कुटनीतिक कौशल र गणितीय हिसावमा पनि एकता हुँदैन ।’

वामपन्थी तालमेल गरेर चुनावमा गएका एमाले माओवादीबीच एकताका लागि धेरै बिषयमा सहमति जुटिसकेको छ । अध्यक्षको सामूहिक नेतृत्व रहनेगरी १ सय ११ सदस्सीय केन्द्रीय समिति बनाउने बिषयमा पनि शीर्ष तहमा सहमति भएको छ । 

पार्टीका कार्यकर्ता, सुवेक्षुक र आम नेपाली जनताले समेत महसुश गर्नेगरी एकता गरिनु पर्छ, पार्टीको मर्ज होइन, एकता सम्मानजनक हुनुपर्छ : सापकोटा

केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले दुई पार्टीबीचको एकता गाईगोठालाले काँध मिलाएजस्तो सहज नभएको टिप्पणी गरेका थिए । माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति र एमालेको सानो केन्द्रीय समितिको समायोजन कसरी गर्ने भन्ने बिषय मिलाउन बाँकी रहेको उनले बताएका थिए । 

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको बिषयमा प्याकेजमा सहमति भएपछिमात्र सरकारमा सहभागि हुने बताएका छन् । शुक्रवार नै या शनिवार नेताद्वयबीच निर्णायक छलफल भएपछि मात्र मन्त्रिपरिषद् विस्तारको निर्णय हुने एमाले स्रोतले बतायो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x