×

NMB BANK
NIC ASIA

प्रेममा तगारो बनेन एचआईभी, सिन्दुर भरिदिएरै छाडे

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौंडा, ५ फागुन-  युवती एचआईभी संक्रमित भएको कुरा उनलाई राम्रैसँग थाहा थियो । तर मायाका अघि ती सबै कुरा गौण भइदिए । मनको एकाकुनामा सजाएकी त्यही युवतीलाई विवाह गर्नु नै ठूलो कुरा भयो । उनले घरपरिवार र समाजको कुनै मतलब गरेनन् । कुनै एक दिन साइत हेरेर सिन्दुर भरिदिए ।

Sagarmatha Cement
Muktinath Bank

यो दुई दशकअघिको कुरा हो । त्यो बेला समाज अहिलेको जस्तो उदार भइसकेको थिएन । तैपनि उनले आँट गरे । त्यसैले पनि होला अहिले यो दम्पती उदाहरणीय भएको छ । उनीहरूको जीवन देखेर अरू एचआईभी संक्रमितलाई प्रेरणा मिलिरहेको छ ।
सन्तान नजन्माउने, सँगै बाँच्ने र सँगै मर्ने वाचा गरेका थिए, उनीहरूले । एचआईभी/एड्सको जीवाणु रगतमा बोकेर पनि लामो समयसम्म बाँच्न सकिन्छ भन्ने सन्देश पनिदिएका छन् ।
हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३७ वर्षीया छक्कली लामा र ३८ वर्षीय शुक्र लामाको कथा हो यो । उनीहरूले २०५५ मा प्रेमविवाह गरे । एचआईभी संक्रमित युवतीसँग विवाह नगर्न ठूलो दबाब पर्‍यो, शुक्रमाथि । तर विगतमा दबाब दिने समाज नै अहिले उनीहरूको जीवनशैली देख्दा चकित पर्छ । ‘दम्पती भन्या त यस्तो हुनुपर्छ’ भनेर घर/घरमा उदाहरण दिन्छन् । हातमा सीप भएकाले शुक्र फर्निचर उद्योगमा काम गर्छन् । छक्कली हलुका काम मात्र गर्छिन् । कहिलेकाहीं छिमेकीलाई मेलापातमा सघाउँछिन् । खासमा उनी लुगा सिलाएर आम्दानी गर्छिन् । यहाँका विभिन्न संघसंस्थाले फर्निचर बनाउने औजार र सिलाइ मेसिन उपलब्ध गराएर सहयोग गर्दै आएका छन् ।
अरू सामान्य घरायसी विवाद भए पनि रोगको विषयलाई लिएर यो दम्पतीबीच अहिलेसम्म ठाकठुक परेको छैन, कान्तिपुरमा खबर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x