×

NMB BANK
NIC ASIA

छोराछोरीको आनीबानीमा ध्यान दिनुस्, कतै साइबर कुलतमा फसेका त छैनन् ?

फागुन ५, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं, ५ फागुन– तपाईंको छोराछोरी पढ्न छाडेर कतै एकान्तमा बसेर मोबाइल, आइप्याड तथा ट्याब एकोहोरो चलाइरहेका त छैनन्, त्यसो गरिरहेका छन् भने होसियार, साइबरको कुलतमा फस्लान् । 

Muktinath Bank

सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका तथा महिला साइबरको कुलतबाट नराम्रोसँंग प्रभावित भएको पाइएको छ । 
‘जस्ट से नो’ नामक संस्थाले आयोजना गरेको ‘इन्टरनेट तथा अनलाइनबाट नेपाली बालबालिकामाथि हुने यौन दुव्र्यवहार र देह व्यापार’ विषयक गोष्ठीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले छोराछोरीको क्रियाकलापप्रति अभिभावक सचेत हुनुपर्ने धारणा राख्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूचना प्रविधिको विकासले धेरै कुरालाई सहज तुल्याए पनि यसको दुरूपयोग हुँदा सामाजिक विकृति तथा अपराध बढेको चर्चा गर्दै उहाँले ‘इन्टरनेट र सामाजिक सञ्जाल’ दुरूपयोग गर्ने कार्यबाट बालबालिकाहरूलाई टाढै राख्नुपर्ने सुझाव दिनुभयो । 
साइबर विज्ञ हिमाल ओझाले मोबाइल, आईप्याड र ट्याब लिएर एकान्तमा बस्न मन पराउने नानीबाबुको आनीबानीमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । इन्टरनेट सुविधा प्रयोग गर्न जाने राम्रै हुन्छ नजाने कुलतमा फसिन्छ भन्दै उहाँले थप्नुभयो, ‘साइबर क्राइम बढ्न नै मुख्य कारण यही हो । ’


Advertisment
Nabil box
Kumari

नेपाली अभिभावकहरूले स्कुल बढ्दै गरेका छोराछोरीहरूको खुसीका लागि यस्ता आधुनिक उपकरण खरिद गर्नका साथै फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा ‘आइडी’ खोल्न लगाई मनोरञ्जन गराउने गरेको चर्चा गर्दै उहाँले त्यही आईडी जीवनका लागि नै ‘घातक’ हुने गरेको बताउनुभयो । 

Vianet communication
Laxmi Bank

इन्टरनेटप्रेमी बालबालिकाहरूलाई साइबर अपराधीहरूले विभिन्न प्रलोभनमा पारी आर्थिक आयआर्जनको आधार बनाउनुका साथै यौन जन्य क्रियकलापमा संलग्न गराउने, देह व्यापार गर्न लगाउने र अपहरण गरी जीवन नै सङ्कटमा पार्ने गरेको जानकारी पनि उहाँले दिनुभयो । 

उहाँले नेपालमा सामाजिक सञ्जाल फेसबुक र इमो लगायत विभिन्न सञ्जालबाट सम्बन्ध बढाउने, बालबालिका तथा महिलालाई आर्थिक प्रलोभन देखाई फकाउने, भेट्न बोलाउने र अन्त्यमा बलात्कार गरी भाग्ने गरेको यथार्थ सुनाउनुभयो । 

बालबालिकाले पनि यस्तै नराम्रा कुराप्रति बढी रुचि राख्ने भएकाले साइबर अपराधीले दुरूपयोग गर्ने गरेको पाइएको छ । यतिसम्म कि व्यक्तिगत स्वार्थपूर्तिका लागि अरुहरूको चरित्र हत्या गर्नेदेखि आर्थिक लाभ लिनसमेत प्रयोग गर्ने गरेको पाइएको छ । 
एक साथीबाट अर्को साथीसँंग सम्बन्ध जोड्न लगाई अश्लील भिडियो खिचेर ‘पोर्नो’ वेभसाइटलाई बिक्री गर्ने, भिडियो सार्वजनिक गरिदिने धम्की दिई रकमको माग गर्ने र यौनजन्य क्रियाकलाप गर्न बाध्य पार्ने गरेको जानकारी दिएको थियो । 

ब्युरो प्रहरीको साइबर पिलरका प्रहरी निरीक्षक प्रमेश विष्टले साइबर अपराधसम्बन्धी नेपालको कानुन पनि कमजोर रहेको बताउनुभयो । साइबर अपराधमा संलग्न व्यक्तिले दिएको चोट नदेखिने भए पनि जीवनका लागि निकै घातक हुन्छ उहाँले थप्नुभयो । ‘अभिभावकहरू सचेत नभइदिँदा बालबालिका साइबर अपराधको शिकारमात्र नभई दुरूपयोग समेत हुने गरेका छन्’, उहाँले भन्नुभयो, ‘साइबर अपराधसम्बन्धी सचेतना फैलाउन आवश्यक छ । अभिभावक बालबालिकाहरूको क्रियाकलापप्रति सजग हुन आवश्यक छ । ’ 

फिलिपिन्स र भारतमा सामाजिक सञ्जालकै दुरूपयोगबाट बालबालिकाहरू बलात्कारको शिकार हुने गरेको जानकारी सो अवसरमा दिएको हो । त्यस्तै, युरोपमा बालिकालाई आत्मघाती हमला गराउन आईएस नामक लडाकु समूहले यस्तै सञ्जाल प्रयोग गर्ने गरेको पाइएको छ । राजधानीको दरबारमार्ग सामूहिक बलात्कार घटना पनि सामाजिक सञ्जालकै दुरूपयोगका कारण भएको चर्चा कार्यक्रममा गरिएको थियो । सामाजिक सञ्जालबाट चिनजान भएकी युवतीलाई आर्थिक प्रलोभनमा पारी होटलमा बोलाई बलात्कार गरिएको भनाइ उहाँहरूको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष ऋषि ओझाले स्कुल पढ्दै गरेका बालबालिकाहरूको क्रियाकलापप्रति सरोकारवाला पक्षले चाँसो र चिन्ता नराख्दा साइबर क्राइम जटिल समस्याका रूपमा देखिएको बताउनुभयो, गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x