×

NMB BANK
NIC ASIA

जनावरका अंग चोरी गर्नेलाई कारबाही !

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर, ५ फागुन- जनावरको डिएनए परीक्षण शुरु भएसँगै गैरकानूनी रुपमा जनावरका विभिन्न भागको अंग चोरी र बिक्री गर्नेलाई कारवाही हुन थालेको छ । 

राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले आर्थिक वर्षको शुरुसँगै जनावरको डिएन परीक्षण शुरु गरेपछि अदालतलाई समेत सत्यतथ्य पत्ता लगाएर कारवाही गर्न सहज भएको हो । जनावरको डिएनए परीक्षणले सही अनुसन्धान हुने हुँदा न्याय प्रणालीलाई सहज बनाएको प्रमुख वैज्ञानिक अधिकृत दिनेश झाले बताउनुभयो ।

Sagarmatha Cement
Muktinath Bank

उहाँले भन्नुभयो, “यसअघि जनावरको मासु वा अरु भाग भेटिँदा छुट्याउन सकिने थिएन ।” डिएनए परीक्षण शुरु भएपछि जनावरका विभिन्न भाग र स्वरुप बदलिएर आउँदा पहिचान गर्न सकिने उहाँ बताउनुहुन्छ । 

सात महिनामा चार गाई र ११ जंगली जनावरको डिएनए परीक्षण भइसकेको छ । गाईको आलो मासु र जंगली जनावरको सुकुटी बनाएर वा विभिन्न भाग बिक्रीका लागि चोरी हुँदै गर्दा पक्राउ गरेर परीक्षण भएको हो । रगत, रौँ, हाडलगायत जुनसुकै चिजबाट कुन जनावर हो भन्ने पहिचान हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालत, वन विभाग, वन्यजन्तु विभागलगायत निकायबाट जनावरको डिएनए परीक्षण गर्न आइरहेका छन् । उहाँ भन्नुहुन्छ, “हामीले आवश्यकता भएकाको डिएनए परीक्षण गरेर नतिजा दिइरहेका छौँ ।” 

अझै पनि धेरैलाई जनावरको डिएनए परीक्षण हुन्छ भन्ने जानकारी छैन । अदालतमा र नेपाल प्रहरीमा अझै धेरैलाई जानकारी हुँदा आउने मुद्दा अझै बढ्न सक्छ । उहाँ भन्नुहुन्छ, “यी महिनामा घटना क्रमशः बढिरहेको हामीले पाएका छौँ ।” मानवको डिएनए परीक्षण गर्ने उपकरणले नै जनावरको पनि डिएनए परीक्षण हुने झा बताउनुहुन्छ । उपकरणमा हालिने रसायन मात्रै केही फरक हुन्छ ।


Advertisment
Nabil box
Kumari

यसको प्रयोग सम्बन्धमा झाले नै केही समय पहिले तालीम लिनुभएको थियो । उहाँ भन्नुहुन्छ, “त्यसको प्रयोगबारे ज्ञान नहुँदा यसअघि मानवको मात्रै परीक्षण भइरहेको थियो ।” 

केही मुद्दामा जनावरको डिएनए परीक्षण अनिवार्य भएको झा बताउनुहुन्छ । यसअघि परीक्षण नहुँदा कतिपय मुद्दामा सही अनुसन्धान हुन सकेको थिएन । सरोकारयुक्त निकायले स्वरुप जस्ताको तस्तै आउँदा कुन जनावरको अंग भन्ने पहिचान गर्थे भने स्वरुप बदलिँदा मुद्दा अघि बढाउने अवस्था थिएन ।

Vianet communication
Laxmi Bank

उहाँ भन्नुहुन्छ, “यसअघि यहीँ पनि धेरै मुद्दाहरु आउँथे तर हामीले उसै फिर्ता पठाउनुपर्ने अवस्था थियो ।” अहिले आएका कुनै पनि मुद्दा फिर्ता भएका छैनन् । 

परीक्षणबाट स्वरुप बदलिँदा कुन जनावर र कुन अंग भन्ने पहिचान हुन्छ । यसले गर्दा अपराधीलाई कारवाही गर्न सहज भएको छ । कहिलेकाहीँ जनावरको फरक स्वरुपमा त कहिले अरु वस्तुबाट जनावरको अंग जस्तै बनाएर बिक्री हुन्छ ।

उहाँ भन्नुहुन्छ, “यी दुवै अवस्थामा हामीले परीक्षण गरेर सत्यतथ्य पत्ता लगाउँछौँ ।” कहिलेकाहीँ अरु वस्तुबाट गैँडाको खाग जस्तै बनाएर बिक्री वितरणसमेत हुने गरेको छ । प्रमुख वैज्ञानिक अधिकृत झा कार्यालयले सोचेभन्दा बढी मुद्दा आइरहेको बताउनुहुन्छ । मानव डिएनए परीक्षणमा पुराना मुद्दासमेत आउने भए पनि जनावरको बढी नयाँ मुद्दा प्रयोगशालामा आइरहेका छन् । 

अनुसन्धानका विभिन्न विधिमध्ये डिएनए परीक्षण एक हो । अरु अनुसन्धानबाट पत्ता नलागेपछि डिएनए परीक्षण हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित सूचीमा राखेका जनावरको बिक्री हुँदा वनसम्बन्धी कार्यालय र कहिले अदालत हुँदै मुद्दा परीक्षणका लागि आइपुग्छ । गाई काट्न नपाइने र काट्दा सजायको व्यवस्था भए पनि लुकिछिपी यस्ता काम भइरहेका थिए ।

उहाँ भन्नुहुन्छ, “पहिले पनि घटना नभएका होइन तर पहिले परीक्षण नहुँदा कति भए थाहा हुँदैनथ्यो, अब थाहा हुन्छ ।” प्रयोगशालामा ६० वन्यजन्तुसम्बन्धी मुद्दा आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x