×

NMB BANK
NIC ASIA

चर्चित हिरोइन, जसले फिल्म खेल्न पाउन नै छोडे !

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय फिल्म उद्योगमा नयाँ नयाँ कलाकारको आगमन भइरहेको छ । केही चर्चामा रहेका पुराना कलाकारले नयाँ फिल्महरुमा अनुवन्धित हुने मौका पाएका छैनन् । 

Muktinath Bank

कुनै समय चर्चामा रहेका यी अभिनेत्रीहरुलाई फिल्म निर्माता र निर्देशकहरुले अहिले फिल्मका लागि प्रस्ताव नै राख्न छोडेका छन् भने कोही फिल्म उद्योगबाट नै केही टाँढा गएका छन् । 
फिल्ममा प्रस्ताव आउन छोडेकाहरुमा प्रियंका चोपडादेखि नेहा धुपिया, विपाशा बसु, करणसिंह ग्रोबर र वाणी कपुरसम्म छन्स्


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रियंका चोपडा


Advertisment
Nabil box
Kumari

प्रियंका चोपडा केही वर्षदेखि हलिउडतिरै व्यस्त छिन् । उनलाई बलिउडमा फिल्मको प्रस्ताव नआउनु यही कारण हुन सक्छ । बलिउडमा उनको पछिल्लो फिल्म थियो, २०१६ मा रिलिज जय गंगाजल । त्यसपछि कुनै फिल्ममा उनलाई अफर आएको छैन । प्रियंकाले बलिउडका अन्दाज, एतर, कृष, डन, दोस्तानालगायत फिल्ममा काम गरिसकेकी छिन् ।

Vianet communication
Laxmi Bank

विपाशा बसु

विपाशा बसु कुनै समय बलिउडमा चल्तापुर्जा अभिनेत्रीको कोटीमा थिइन् । तर, अहिले उनका हात खाली छन् । झन्डै तीन वर्षयता उनलाई कुनै फिल्ममा प्रस्ताव आएको छैन । अलोन उनको पछिल्लो फिल्म हो जुन सन् २०१५ मा रिलिज भएको थियो । अजनबी, राज, गुनाह, जिस्म, जमिन, मदहोसी, नो इन्ट्रीलगायत फिल्म विपाशाका चर्चित फिल्म हुन् ।

कोंकणा सेन

२०१७ मा कोंकणा सेन शर्मा चर्चामा रहिन् । कारण थियो, उनको फिल्म दर्शकले मन पराउनु । ‘लिपस्टिक अन्डर माई बुर्का’ बलिउडमा गत वर्ष राम्रै नाफा निकाल्नेमध्ये फिल्ममा प¥यो । तर, कोंकणालाई त्यसपछि अहिलेसम्म कुनै फिल्मको प्रस्ताव छैन । उनी फिल्मको प्रतीक्षामा छिन् । कोंकणाले यसअघि पेज ३, ओमकारा, ट्राफिक सिग्नल, लागा चुनरी मे दाग, वेकअप सिडलगायत फिल्ममा काम गरिसकेकी छिन् ।

जिमी सेरगिल

अभिनेता जिमी सेरगिलको साथमा पनि अहिले कुनै फिल्म छैन । उनी अहिले नयाँ फिल्मको प्रतीक्षामा खाली नै छन् । ‘ये तो टु मच हो गया’ उनको पछिल्लो फिल्म हो । २०१६ मा रिलिज भएको थियो । उनले मोहब्बतेँ, दिल है तुम्हारा, हासिस, उमर, रकिबलगायत फिल्ममा काम गरेका छन् ।

यामी गौतम

यामी गौतमलाई पनि अहिले कुनै फिल्मको अफर छैन । २०१७ मा उनका काबिल र सरकार ३ रिलिज भएको थिए । तर, यसपछि भने उनलाई नयाँ फिल्मको काम आएको छैन । यामीले विकी डोनर, एक्सन ज्याक्सन, बदलापुर, सनम रेलगायत फिल्ममा काम गरिसकेका छन् ।

करनसिंह ग्रोबर

टेलिभिजनमा काम गर्दागर्दै बलिउड छिरेका करनसिंह ग्रोबरले पनि केही फिल्ममा काम गरे । थोरै फिल्ममा अवसर भएका उनी पछिल्लो समय पूरै खाली छन् । झन्डै तीन वर्षदेखि उनलाई बलिउडमा काम मिलेको छैन । २०१५ मा रिलिज ‘हेट स्टोरी ३’ उनको अन्तिम फिल्मको रूपमा दर्ज छ । यसअघि २०१५ मै रिजिल अलोन र २०१२ मा रिलिज आईएम २४ मा काम गरेका थिए ।

वाणी कपुर

वाणी कपुरको साथमा पनि अहिले कुनै फिल्म छैन । उनलाई कुनै नयाँ फिल्ममा अफर नै आउन छाडेपछि बलिउडमा जम्न नसेकेका अभिनेत्रीको कोटीमा वाणी पुगेको चर्चा हुन थालेको छ । बेफिक्रे उनको पछिल्लोपटक रिलिज फिल्म हो । यो २०१६ मा रिलिज भएको थियो । यसअघि २०१३ मा शुद्ध देसी रोमान्समा काम गरेकी थिइन् ।

नरगिस फखरी

नरगिस फखरी पनि २०१६ देखि खाली छिन् । बैँजोपछि उनलाई कुनै फिल्मका लागि प्रस्ताव आएको छैन । २०१६ अघि केही वर्ष उनलाई निरन्तर फिल्म मिलिरहेको थियो । २०११ मा रक स्टार खेलेकी नरगिसले २०१३ मा मद्रास क्याफे र २०१४ मा मै तेरा हिरोमा काम गरिन् । २०१६ मा हाउसफुल ३ र अजहरमा पनि काम पाइन् ।

सायमी खेर

सायमी खेरको पछिल्लो फिल्म मिर्जिया २०१६ मा रिलिज भएको थियो । तर, त्यसपछि उनी पनि खाली छिन् । सायमी बलिउडबाट आफू टाढिएकी होइनन्, उनीबाट फिल्म टाढिएका हुन् । सायमीलाई कुनै फिल्मबाट पनि प्रस्ताव आएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x