×

NMB BANK
NIC ASIA

माघको तेस्रो साता शनिबार, मेरो बिदा हुने दिन । अल्छीलाग्दो दिन थियो । ‘आजको दिन के गर्ने होला !’

Muktinath Bank

बिहान आठ बजे मात्रै ओछ्यानबाट तग्रिंएर सोचेँ ।  खासै उपाय लागेन । फेसबुक म्यासेग्जर हेर्दै थिएं । लामो समयदेखि भेट्न नपाएर न्यास्रो लागेको गुनासो गरिरहेका एकजना दाई सम्झेँ । म्यासेन्जरमा नाम सर्च गरे । उनी १० घण्टाअघि मात्रै अनलाइन रहेछन् । मन नलागी नलागी म्यासेज लेखे । ‘दाजू म आज खाना खाने गरी तपाईकोमा आउँछु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेख्नका लागि लेखिएको म्यासेज मात्रै थियो । लागेको थियो, बेलुका वा भोलीतिर रिप्लाई आउनेछ । जेहोस् त्यो म्यासेजले मैले उनलाई भेट्न चाहेकै कुरा बुझिनेछ र उनले आफू अफलाइन भएको गुनासो गरेर केही दिन भेट्न चाहिनौ भन्न छोड्नेछन् । 


Advertisment
Nabil box
Kumari

तर, ठिक १० मिनटमै रिप्लाई आयो, ‘ल आउनुस् मैले अफिसमा खाना बनाउन भनिसकेँ ।’ 

Vianet communication
Laxmi Bank

उनको कार्यालयमै दिउँसो खाना पाक्थ्यो । मैले पनि धेरै पटक त्यहाँ खाना खाएसकेकी थिएँ । 

म्यासेज पढेर खुशी लाग्यो । सोचे, भेट पनि हुने, खाना बनाएर खानुपर्ने झण्झटबाट पनि मुक्ति मिल्ने । शनिबार नुहाउने र लुगा धुने वैकल्पिक योजना सम्झिनै मन लागेन । फटाफट नित्यकर्म गरे । लुगा फेरे र हिँडे । 
एक इमान्दार पर्यटन व्यवसायी र कवी यी दुवै बिशेषता भएको नाम राजेन्द्र डंगोल, उनीसँगको भेटमा प्रायजसो नेपाली राजनीति, पर्यटन क्षेत्र र साहित्यिक क्षेत्रकै कुराकानी हुने गर्छ । 

त्यो दिन पनि उनलाई भेट्ने कुराले मन पुलकित भयो । मैले पैदल यात्रा सुरु गरे । मेरो कोठाबाट उनको अफिस सोह्रखुट्टे छेउ खुसिबु पुग्न ३५ मिनेट जसो लाग्यो । फूर्सद भएको बेला जाने ठाउँ नै भएकाले त्यहाँ मलाई कुनै अप्ठ्यारो हुँदैन । सरासर उनकै कार्यकक्षमा पसे । त्यहाँ कोही पनि थिएन, मन खिन्न भयो । भान्सामा खान पकाइरहेका दाईलाई सोधे, ‘राजेन्द्र दाई खोई ?’

उनले एकैचोटी जवाफ दिए, ‘२० मिनेटमा आउनुहुन्छ, चिया लिनुहून्छ ?’

मैले पनि एकैचोटी जवाफ दिए, ‘हुन्छ ।’ 

भनिएको भन्दा २० मिनेट ढिला राजेन्द्र दाई आए, यसै आधा घण्टा पर्खिनुपर्यो । 

हामीले सामान्य भलाकुसारी गर्यौं र खाना पनि खायौं । खाना खाइसक्ने बित्तिकै राजेन्द्र दाइले कतै जाने प्रस्ताव गरे । मैले सहमतिकै शैलीमा भने, ‘हुन्छ, कहाँ जाऔं !’

स्वयम्भु र इन्द्रस्थानको कुरा चल्यो । त्यो भन्दा पहिला नगएको ठाउँ इन्द्रस्थानकै लागि चासो देखाए । हामी जान तयार भयौं, मोटरसाइकलको यात्रा तय भयो । 

हामीले सोह्रखुट्टे छेउको खुसिबुबाट दिउँसो १ बजे यात्रा सुरु गर्यौं । दाईले के सोचेका थिए, कुन्नि ! म चाहिँ निकै खुशीका साथ मोटरसाइकलको पछाडि बसे ।   

इन्द्रस्थानसंग एक ऐतिहासिक नाम कालु पाँडे जोडिएको थियो । त्यो गन्तव्यमा कालु पाँडे थिए भन्ने खुसिबुमै थाए पाएकी थिए । कलंकीबाट उकालो लाग्दा सोचे, ‘कालुपाँडे अमुर्त रुपमा मेरै प्रतिक्षामा छन् ।’

इन्द्रस्थान, जहाँ पृथ्विनारायण शाहले बाइसे चौबीसे राज्य एकिकरण गर्दा महत्वपूर्णयोगदान पुर्याएका कालु पाँडे थिए, उनी माटोमूनि रहे पनि उनको सम्झना दिलाउने समाधिस्थल थियो । 

इन्द्रस्थान, काठमाडौं उपत्यकाको पश्चिम भेग कलंकीबाट करिब १० किलोमिटरको दूरीमा रहेको दहचोक गाविसको माथिल्लो थुम्को (हाल चन्द्रागिरि नगरपालिका–१) मा पर्छ । जहाँ पुग्न नैकाप पुरानो भञ्ज्याङबाट उकालो

लागेपछि सल्ला वनवनै भेटिन्छ । सल्लाहरु सुसेल्दै काठमाडौंबासीलाई जिस्काएको भान हुन्छ । सो वनैवन उकालो जाँदा विन्ध्यवासिनी हुँदै हाल ‘स्विट्जरल्यान्ड पार्क’ नामकरणको वनभोज गर्ने ठाउँ पुगिन्छ । त्यही ठाउँ पुग्न कलंकीबाट सीतापाइला रामकोट हुँदै भीमढुंगाबाट दक्षिणतर्फ मोटर जाने केही मात्राको सजिलो बाटो हुँदै उक्त पार्क पुग्न सकिन्छ । गोरेटो बाटोलाई अचेल फराकिलो पार्दै मोटरबाटो बनाइएको छ ।  तर व्यवस्थित भने छैन ।  

स्ट्जिरल्याण्ड पार्कबाट करिब १५ मिनेट उकालो हिडेपछि आउँछ, इन्द्रदह । इन्द्रदहको आफ्नै इतिहास छ । देवताका पनि राजा मानिने इन्द्रले स्नान गरेको दह हुनाले त्यसलाई इन्द्र दह भनिएको हो रे । इन्द्रदहको स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख–समृद्धि मिल्ने जनविश्वास छ । हरेक वर्ष इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर  इन्द्र दह पुर्याई विराजमान गराई तान्त्रिक विधिपूवक पूजा र भोगबलि चलाउने परम्परा छ । त्यसो गर्दा सिद्ध प्राप्त हुने हुदा त्यो दहलाई सिद्धपोखरी पनि भनिदो रहेछ ।

सिद्धपोखरीमा लिच्छविकालदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति छन् तर, अस्तव्यस्त छन् । अहिले पोखरीमा हिउँदमा पानी पनि सुक्दो रहेछ ।  थोरै भएको पानीमा पनि थोत्रा लुगा र प्लाष्टिक फालिएको छ, फोहोर अस्तव्यस्त थियो ।  
भुइँचालोपछि सुकेको धारो अलपत्र पाटी, पौवा सबैतिर भुइँचालोले भत्केका घर, पाटी, मन्दिर, देवालय, शिवालय, शिलापत्र सबै अलपत्र अवस्थामा देखिए । मानौं, भुइँचालोको अवशेष जस्ताको त्यस्तै राख्नुपरेको जस्तो । त्यही

सुक्खा इन्द्र दह परिसरमा पाँच मिनेट बरालिएँ, र मन नलागी नलागी तस्बिर लिएँ । 

मन खिन्न भयो, ‘एक महान पुर्खाको इतिहास बोकेको स्थल जहाँबाट काठमाडौं उपत्यका सजिलैदेख्न सकिन्छ, उपत्यका नजिकैको पर्यटकीय महत्व बोकेको स्थानको गति यस्तो, हामी के पर्यटकीय विकासको कुरा गर्छौं, ठमेलमा बसेर ?’ मनमनै प्रश्न गरेँ र भने, ‘जाउँ दाई माथि ।’ 

राजेन्द्र दाई अली पर थिए । जाने संकेत गरेपछि हामी फेरि उक्लियौं, त्यसमाथि सयमिटर जति पैदल उकालिँदा पुगियो, जहाँ ऐतिहासिक, प्राकृतिक मनोरमसहितको एक थुम्को अनि काजी कालु पाँडेको समाधिस्थल छ । ‘समाधिस्थल यही हो ।’ दाइले मोटरसाइकलको ह्याण्डलबाट एक हात माथि उठाएर औलाले देखाए । 

मोबाइलको सेल्फी क्यामेरा रमाइरहेका एक हुल युवाहरु विभिन्न पोजमा तस्बिर लिइरहेका थिए । ‘अली पर पुगेर फर्किउँ न !’ मैले दाईलाई प्रस्ताव गरे । उनले हुन्छ नै नभनी सिधैं मोटरसाइकल घँुइकाएर अली पर छेउमा एक रेष्टुरेण्ट छेउमा गएर रोके । म सरासर ओर्ले । 

दृष्य साँच्चै मनोरम थिए । तर, पारी हेर्दा तुँवालो देखियो । हिमालहरु धमिला देखिए । 

अली परको थुम्कोमा एक हुल बिद्यार्थीहरु पनि आफ्ना शिक्षकहरुसँगै थिए ।  उनिहरु शैक्षिक भ्रमणकै क्रममा त्यहाँ पुगेका थिए । शिक्षकहरुहरुले आफ्ना बिद्यार्थीलाई गोलो घेरामा राखेर नेपाल एकिकरणको इतिहाससँग जोडेर कालुपाँडे बसेको त्यो डाँडाबारे बोलिरहेका थिए । 

त्यसको मूनि काठमाडौंपट्टि बस्ती पनि रहेछ । छेउमै पाखो बारी भर्खरै जोतिएको थियो । पाखो बारीले स्पष्ट संकेत गरेको थियो ।  जोतिएको बारीको डिलबाट मानिस हिड्ने बाटो बनाइएको थियो । अस्तव्यस्त काठमाडौं खाल्डोबाट माथि पुगेकी मैले एक छिन मेरो जन्मजिल्ला बैतडी सम्झिएँ । सानैमा हिडेको पाखाबारीबचिको बाटो सम्झिएँ, छिनभरमै बैतडी डुलेँ म ।  

छेउमै एक रेष्टुरेण्ट थियो । चिटिक्क परेको एकतले घर माथि कर्कटपाता फराकिला कालो सिसाका झ्यालहरु, छेउमा ग्राहकको पर्खाइमा रहेका कुर्सी र टेबल । एक छिन चिया पिउने निर्णयपछि रेष्टुरेण्टतिर लाग्दा मैले कालो सिसामा आफ्नो आकृति हेरेँ, उकालो हिड्दा कपालभरी लागेको धुलो टक्टकाएँ र सरासर गएर राजेन्द्र दाईको अगाडीको कुर्सीमा बसे । 

‘ठाउँ राम्रो छ है !’ राजेन्द्र दाई बोले ।

‘निकै सुन्दर तर, तुवाँलो रहेछ । हिमाल त राम्रो देखिएन ।’ राजेन्द्र दाईसँग गुनासो पोखे ।

‘एकछिनमै जान्छ ।’

राजेन्द्र दाईको पछिल्लो भनाइले खुशी भएँ । 

मैले झ्यालको ऐना हेर्दै दाई चिया अर्डर गरिसकेछन्, चिया आयो । 

केही नबोली चिया लियौं । 

सुरुप्प चिया लिएँ । स्वाद नै फरक लाग्यो । ‘कस्तो मिठो चिया दाई ।’ 

राजेन्द्र दाईले खिस्स हाँस्दै भने, ‘हो, मिठो रहेछ ।’

मेरो भन्दा पहिल्यै राजेन्द्र दाइले चिया सिध्याएछन्, बसेको ठाउँबाट उठे । सिसाको झ्यालबाट बहिर हेर्दै भने । ‘तुवाँलो हटेछ नि !’ 

बोल्दाबोल्दै राजेन्द्र दाइले वालेटबाट पैसा झिकेर चियाको पैसा तिरे । 

त्यतिन्जेल मैले पनि चिया सिध्याएर उठेँ । 

राजेन्द्र दाइ बोले, ‘हिमाल देखिने गरी फोटो खिच्नु छ ।’

हुन्छको भावमा टाउको हल्लाउदै सरासर बाहिर निस्क्यौं । 

पारी हेर्दै गमे, ‘साच्चिकै तुवाँलो हटेछ । प्रकृति पनि अचम्मको छिनभरमै हिमाल छोपेको तुवाँलो एक कप चिया पिउँदै गएछ ।’  
मेरो लागि एक अवसर थियो । कालुपाँडेको समीपमा पुगेर पृथ्विनारायण शाहको पालाको नेपाल लेखिएका कथाहरुको सम्झना गर्ने एक मौका थियो । छेउवाटै देखिन्थ्यो, रसुवा जिल्लाको लाङटाङ हिमाल, धादिङको गणेश हिमाल ।  

हिमाल देखिने गरी हामीले एक अर्काको तस्बिर लिइदियौं, राजेन्द्र दाइकै मोबाइल फोनमा । 

म सरासर काँलु पाँडेको समाधिस्थलतर्फ लागेँ । काजी कालु पाँडेले नै गोरखासम्म देख्न सकिने महत्वपूर्ण गढीको रूपमा देखेर आफ्नो इच्छामरणको ठाउँसमेत त्यसलाई रोजेका रहेछन् । त्यस ऐतिहासिक रमणीय डाँडोबाट चारैतिर नजर डुलाएर हेर्दा पश्चिम क्षितिजको गोरखा दरबार मनकामनाका साथै नेपालका केही जिल्ला त्यही समाधिस्थलबाट देख्न सकिदोरहेछ । 

बाइसे–चौबिसे राज्यलगायत उपत्यका राज्यको समेत एकीकरण गरी आधुनिक राज्य खडा गर्नमा महत्वपूर्ण योगदान दिने काजी कालु पाँडेको समाधिस्थलले प्रकृतिको मनोरम स्थलसँगै एकिकृत नेपालसँग प्रगाढ सम्बन्ध छ ।
राजेन्द्र दाई मोटरसाइकल लिन जाँदा म त्यहाँ पुगिसकेकी थिएँ ।

काँडे तारको पर्खालले घेरिएको कालु पाँडेको समाधिस्थलभित्र थियोराजेन्द्र दाइ काँडे तारको पर्खा बाहिरै उभिए । 

म सरासर भित्र छिरे, एउटा पथ्थरमा कालुपाँडेबारे कुँदिएका केही चम्किला अक्षर थिए, बिचबिचमा बिग्रिएका । पहिल्यैदेखि तस्बिर लिइरहेका युवाहरुको रहर अझै सकिएको थिएन । मलाई देखेपछि उनिहरुले एक रहर व्यक्त गरे, ‘हाम्रो फोटो लिइदिनुस् न ।’ 

मैले हाँस्दै उनिहरुको सामुहिक तस्बिर लिइदिए । मैले पनि मौकाको फाइदा उठाउँदै तस्बिर लिन लगाएँ । तीमध्ये एक हँसिलो युवाले मेरो तस्बिर लिइदियो, एउटा मात्रै होईन मलाई विभिन्न पोज दिज लगाउँदै ८/१० वटा तस्बिर लिइदियो र अन्तमा मेरो प्रशंसा गर्दै भन्यो, ‘कस्तो मिठो हाँसो ।’

मैले हाँस्दै भने ‘लौ धेरै धन्यवाद है त ।’

राजेन्द्र दाईले तलबाट दिक्क मानेको जस्तै भन्नुभयो, ‘अब जाउँ न ।’

म जान्छुको संकेत गर्दै बाहिर निस्किएँ ।

निस्किदैं गर्दा मैले एक चोटी कालु पाँडेको समाधिस्थलतर्फ फर्की हेरेँ । 

सोचेँ, ‘कालु पाँडे वर्तमान नेपाली अस्तव्यस्त राजनीति हेरेर दिक्क मान्दै होलान् । सस्तो राष्ट्रवाद र आफ्नो मृत्यबरण तुलना गर्दै होलान् ।’ लाग्थ्यो मेरो अन्तरमनले कालुसँग कुराकानी गरिरहेको छ र देशको विग्रिएको अवस्था प्रति उची चिन्तित् छन् । 

‘नेपालमा पर्यटकीय विकासको विस्तारलाई आर्थिक विकासको एक महत्वपूर्ण हिस्सा भनिरहँदा काठमाडौं छेवैका पर्यटकीय गन्तव्यको प्रवद्र्धन तथा व्यवस्थापनमा कसैले जोड दिनै सकेनन् । काठमाडौंको ठमेल केन्द्रित नेपाली पर्यटन उद्योगले ठमेलमै निर्णय गर्छ, ठमेलमै हराउँछन् । काजी कालु पाँडेको समाधिस्थलसम्म यातायात सुगम पारेर पूर्वाधार तयार गर्ने हो भने ऐतिहासिक विशेषताले गर्दा निकै महत्वपूर्ण स्थान बन्दो हो । तर कसले ध्यान दिने ?’ मनमनै गुनासो गरे । 

सल्लेरी वनबीचको धुलाम्य सडक सडक हुँदै हामी ओह्रालो लाग्यौं ।  

कलंकी पुगेर मोटरर्साकलको लुकिङ ग्लास हेरेँ, मेरो कालो कपाल सेतै भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x