×

NMB BANK
NIC ASIA

काठमाडौंमा जथाभावी फोहर फाले जरिवाना लाग्ने, लालबाबुले गरे माक्स हटाउने घोषणा

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ५ फागुन–  शनिवार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मती सफाइ महाअभियानको २४९औँ हप्तामा आज पशुपति राममन्दिर अघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । 

पशुपति क्षेत्रमा शिवरात्रिका अवसरमा धेरै भक्तजनको उपस्थिति रहेकाले धेरै फोहर जम्मा भएको थियो । पशुपति क्षेत्रबाट व्यवस्थापन गरिएका फोहर दुई मेट्रिक टन काठमाडौँ महानगरपालिकाको गाडीमा व्यवस्थापन गरी अरू फोहर पशुपति क्षेत्र विकास कोषले नै व्यवस्थापन गर्ने भएको छ । 

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, कोषका सदस्य सचिव डा प्रदीप ढकाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको संस्थागत सहभागिता थियो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१०औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए । 

रुद्रमती सफाइको २०५औँ हप्तामा गौशाला–रातोपुल–ज्ञानेश्वर–कमलपोखरीसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । 

‘सफाइमा आफ्नो घर वरपर सफा राखौँ, फोहर नफालौँ’ भन्ने जागरण फैलाइएको थियो । अभियानमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्नो घरअघि फोहर फालेमा जरिवाना गरिने जानकारी गराए । अर्को हप्तादेखि सडकमा फोहर फाल्ने स्थानीयवासीलाई वडाका कर्मचारीले जरिवाना रसिद काट्नेछन् । यसरी जम्मा भएको कोष सफाइमै लगाइनेछ । 

बिजुलीबजारबाट गोपीकृष्णपुलसम्मको नदी किनार दायाँबायाँ सडक निर्माण गर्दा किनारमा जम्मा भएको फोर रुद्रमतीमै फाल्दा यो क्षेत्र प्रदूषित बनेको समाजका उपाध्यक्ष गिरीले बताए । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक निर्माणको जिम्मेवारी दिएको निर्माण व्यवसायीले फोहर नदीमा फालेको उनले जानकारी दिए । 

रुद्रमतीको गोपीकृष्ण पुलबाट बिजुलीबजारसम्मको ६ किमी क्षेत्र बढी फोहर भएकाले महानगरपालिकाको सहयोगमा १५ दिनसम्म पाँचजना सफाइकर्मी परिचालन गरी अर्को हप्तादेखि फोहर उठाइने भएको छ । यसका लागि महानगरपालिकाको वातावरण विभागले सहयोग गर्ने वचन दिएको समाजले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

विष्णुमती सफाइको १७६औँ हप्तामा आज तारकेश्वर र टोखा नगरपालिकाको सीमास्थित ठूलो पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइका क्रममा घरमा पालिएका कुकुर मरेपछि बोरामा हालेर नदी किनारमा फालेर दुर्गन्ध फैलिएको अवस्थामा भेटिएको अभियन्ता रामकुमार श्रेष्ठले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदी किनारको आधा किमीको दूरीमा चारवटा कुकुर बोरामा हालेर फाल्दा हिँड्न नसक्ने गरी दुर्गन्ध फैलिएको उनले बताए । नदी किनारको सडकमा मानिस नाक थुनेर हिँड्दा पनि तारकेश्वर र टोखा नगरपालिकाले फोहर फाल्ने एवम् मरेका जनावर फाल्नेलाई कारबाही नगरेको सफाइ अभियानले जनाएको छ । 

चक्रपथ सफाइको ४५औँ हप्तामा धूम्बाराहीचोकबाट चप्पल कारखानासम्मको सडक क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आजको सफाइमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितसहित ५०० जनाभन्दा बढी अभियन्ताको सक्रियता थियो । सडकको दायाँबायाँ भागमा निर्माण गरिएका दुईवटा चिया बेच्ने टहरा सफाइका क्रममा भत्काइएको अभियन्ता तिलक बस्नेतले बताए । 

कार्यक्रममा मन्त्री पण्डितले उपत्यकालाई केही महिनामै मास्क नलगाई हिँड्न सकिने बनाउने प्रतिबद्धता व्यक्त गर्दै उपत्यकालाई प्रदूषणरहित बनाउन यहाँ बस्ने सबैको सक्रिय सहयोग र समन्वय आवश्यक पर्ने बताए । हाल राजधानी काठमाडौँमा मास्क नलगाई हिँड्ने मानिस भेट्न मुस्किल छ । यसले गर्दा राजधानी मास्कमाडौँ बनेको अभियन्ताको गुनासो छ । 

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता रहेको कार्यक्रम संयोजक लोकबहादुर टण्डनले बताए । चक्रपथको वाफल खण्ड सफाइको २७औँ हप्तामा बालाजुचोकबाट स्वयम्भू साना भर्याङसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमा फालिएका रिचार्ज कार्ड, पान पराग, सुर्ती एवम् खैनीका खोल पनि व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाए । 

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५४औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताए । मीनभवन क्षेत्रको आलोकनगरमा पनि ४५औँ हप्ताको सफाइ अभियानका क्रममा जनचेतनामूलक कार्यक्रमसहित एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x