×

NMB BANK
NIC ASIA

भारतसँगको व्यापार घाटा थेग्नै मुश्किल

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं, ५ फागुन– चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आव २०७२/७३ मा त्यस्तो व्यापार घाटा रु दुई खर्ब ५० अर्ब ८५ करोडको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार मुलुकबाट निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो । 


Advertisment
Nabil box
Kumari

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो ६ महिनामा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढ्न जाँदा व्यापार घाटा बढी देखिएको हो । तर चालु आवको ६ महिनामा कृषि औजार तथा पार्टपुर्जा, सेनिटरी वेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री, तयारी पोशाक लगायतका वस्तुहरुको आयात भने घटेको छ । 

Vianet communication
Laxmi Bank

समीक्षा अवधिमा कूल वस्तु आयात १५ प्रतिशतले बढेर रु पाँच खर्ब ३४ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६७।३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १५।३ प्रतिशत, चीनबाट भएको आयात ९।२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७।६ प्रतिशतले बढेको छ । 

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भए तापनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ । 

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

चालु आवको ६ महिनामा ३४।५ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको छ । यस अवधिमा रु ६९ अर्ब ६६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । आव २०७३÷७४ मा रु ५१ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । नेपाल विद्युत् प्राधिकरणले गत वर्षदेखि घरायसी प्रयोजनका लागि विद्युत्भार कटौती अन्त्य गरेपनि औद्योगिक माग यथावत् रहेको छ भन्ने उपलब्ध तथ्यांकले प्रस्ट पार्छ । प्राधिकरणले हाल दैनिक चार घण्टा औद्योगिक करिडोरमा विद्युत्भार कटौती गर्दै आएको छ । द्रुत गतिमा रहेको भौतिक पूर्वाधारको निर्माण तथा विकास परियोजनामा पेट्रोलिय पदार्थको प्रयोग बढी भएपछि आयातसमेत बढेको देखिन्छ । 

भारतसँगको घाटा थेग्न मुस्किल 

पेट्रोलियम पदार्थ, नेपाल विद्युत् प्राधिकरणले आयात गरेको विद्युत् लगायतका कारण व्यापार घाटा भारतसँग बढी रहेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवको ६ महिनामा भारतबाट मात्रै रु तीन खर्ब ५१ अर्ब ४१ करोडको आयात भएको छ । चीनतर्फ भने रु ६७ अर्ब ८६ करोडको व्यापार घाटा रहेको छ । भारततर्फको आयात बढेका कारण व्यापार घाटा पनि सोही मुलुकसँग नै बढी रहेको छ । 

आर्थिक वर्ष २०७४/७५ को छ महिनामा भन्सार तथ्याँकमा आधारित निर्यातको एकाई मूल्य सूचकांक वार्षिक विन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको र आयात मूल्य सूचकांकमा ३.७ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक ८.९ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैँची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकांकमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकांकमा वृद्धि भएको हो । 

रमेश लम्साल /रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x