×

NMB BANK
NIC ASIA

अंग्रेजी भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ५ फागुन - विभिन्न मुलुकमा अंग्रेजी भाषाको विकासमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले उक्त भाषा सरल बनाउन प्रविधि प्रयोग गनुपर्नेमा जोड दिनुभएको छ । 

Muktinath Bank

अंग्रेजी भाषाले विश्व परिवेशलाई सम्पर्क भाषाका रुपमा जोड्ने हुँदा सरल प्रयोगका लागि पछिल्लो पटक विकास भएका प्रविधि प्रयोग गनुपर्ने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को आयोजनामा यही फागुन ३ गतेदेखि आजसम्म ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा भएको २३ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले ब्लग, इन्टरनेट, विकिपिडियालगायतमा भाषाको सिकाइलाई समावेश गर्न आग्रह गरिएको छ । 


Advertisment
Nabil box
Kumari

उक्त सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, बेलायत, संयुक्त राज्य अमेरिका, इजरायल, जापान, सिंगापुर, थाइल्याण्ड र अष्ट्रेलियाका २५० विज्ञले अंगे्रजी भाषामा शिक्षणसम्बन्धी विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

Vianet communication
Laxmi Bank

नेल्टाका तालिम संयोजक सरिता देवानले पेशागत दक्षता विकास शिक्षक समुदायअन्तर्गत हुने कार्यक्रमबाट गर्न सकिने बताउँदै उनीहरुलाई राम्रोसँग सिकाउन सक्ने सीप विकास गर्न सम्मेलन उपयोगी भएको विचार व्यक्त गर्नुभयो । उहाँले विश्व सञ्चार जोड्न सक्ने अंग्रेजी भाषाको विकासका लागि गत वर्ष एक हजारलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । 

विषयवस्तु, भाषा र प्रविधि अंग्रेजी भाषा शिक्षणमा दृष्टिकोण तथा आयामका रुपमा विकास गर्ने विषयमा कार्यपत्र प्रस्तुत गरिएका सम्मेलनमा एक हजार २६० सहभागी भएका र त्यस कार्यका लागि भारत, संयुक्त राज्य अमेरिका र बेलायती दूतावासले उक्त सम्मेलनका लागि सहयोग उपलब्ध गराएका थिए । 

ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा अंग्रेजी विषय अध्यापन गराउँदै आउभएका हरि आत्रेयले भाषाका विकासका लागि गुणस्तरीय तालिम उपलब्ध गराउन खाँचो रहेको बताउँदै त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । 

अन्तर्राष्ट्रिय तहका विज्ञलाई समन्वय गरी नेल्टाले काठमाडौँमा प्रत्येक वर्ष यस किसिमको अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ । मुलुकका विभिन्न ५१ जिल्लामा शाखा विस्तार गरेको उक्त संस्थाले अन्तर्राष्ट्रिय तहका ३१ शिक्षक संस्थासँग ज्ञान÷सीप आदानप्रदान गर्ने उद्देश्यबाट नेपाली शिक्षकलाई विदेशमा खोज अनुसन्धान गर्नका लागि समझदारी गरेको छ । 

अंग्रेजी भाषामा उच्च सिक्षा अध्ययनका लागि ती मुलुकबाट प्राप्त हुने छात्रवृत्ति नेल्टामार्फत यहाँ प्राप्त हुने र मानव संशाधन फाँटद्वारा विभिन्न प्रक्रियाबाट शिक्षक छनोट गरी शिक्षक बाहिर पठाउने गरिन्छ । -रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x