×

NMB BANK
NIC ASIA

'वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल...'

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी, ६ फागुन-

Sagarmatha Cement
Muktinath Bank

 केटा : “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल...” 
केटी  :“वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल...।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । 

यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो ।


Advertisment
Nabil box
Kumari

दोहोरी शैलीमा केटा र केटीले गाउने यानीमायाको व्याकरण अत्यन्तै महत्वपूर्ण, खतरा र रोचक भएको जिसीको भनाइ छ । “यानीमायालाई नबुझेर धेरैले ‘लतरे’ भाका भन्छन् र चासो दिएका छैनन्”, उहाँले भन्नुभयो, “केटाले आधा गाएको टुक्काको भाव र अर्थ बुझी अनुप्रास मिलाएर केटीले पूर्णता दिनु यानीमायाको प्रमुख विशेषता हो ।” 

राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने भएकाले यानीमाया गाउन कठिन मानिन्छ । अघिल्लो पुस्तासम्म म्याग्दीमा मेला, महोत्सव, छेवार, किरिया र व्रतबन्धका समयमा यानीमाया गाउने चलन थियो । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम यानीमाया नै थियो । 

आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारको निधन र नयाँ पुस्ताले नसिकेका कारण यानीमाया हराउँदै गएको म्याग्दीका अग्रज कलाकार धनकुमारी थापाले बताउनुभयो । उहाँका अनुसार विशेष गरेर युवाहरु विभिन्न अवसरमा भेट हुँदा यानीमायाको भाकामा हालखबर, सञ्चोबिसन्चो सोध्ने र दिनचर्याको व्याख्या गर्ने गर्दथे । “लगातार दुई दिनसम्म यानीमाया गाएका थियौं”, थापाले भन्नुभयो “अहिले गाउने मान्छे पनि छैनन्, भाका पनि हराउँदै गएको छ ।” 

केटा : “उर्ली आयो यानीमाया बर्खे भेल, 
आम्दै आयो छाल हहहहह यानीमाया 
दुःख पिर बढ्दै आयो यानीमाया, आएन मेरो काल । 

Vianet communication
Laxmi Bank

केटी: मेरो लागि किन आयो अहिलेको साल ? 
साथीभाइ त हाँस्छन् खेल्छन् यानीमाया म वैरागी चाल” थापाले डम्मर पूर्जासँग गाउनुभएको यानीमायाको एउटा टुक्का सुनाउनुभयो । केटाले छाडेको टुक्काको भाव बुझेर केटीले लय मिलाई अन्त्य गरेपछि केटा ‘आहैहै’ भनेर लामो स्वर निकाली चिच्याउँछन् । 

यानीमाया गीत गाउन एक एक केटा र केटी मुख्य कलाकार भए पनि उनीहरुलाई साथ दिने पाँच अरु सहयोगी हुन्छन् । प्रत्येक टुक्का सकिएपछि लामो स्वर निकालेर लयबद्ध रुपमा ‘यानीमाया...’ भनिन्छ । पञ्चैबाजा र मादल यानीमाया गाउँदा प्रयोग हुने वाद्यवादन हुन् । 

नेपाल मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगर मौलिक लोकभाका भएकाले यानीमायाको अध्ययन, अनुसन्धान र संरक्षणमा अब स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । यानीमाया म्याग्दीको लोक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण गरी पर्यटन विकासमा उपयोग गर्न सकिने सचिव पुनको धारणा छ । 

नयाँ पुस्ताका कलाकारलाई यानीमायाका बारेमा तालीम र प्रशिक्षण दिएर संरक्षणमा अग्रसर बनाउन सकेमा घरबासमा यानीमाया गाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने उहाँको विचार छ । हालै बेनीमा भएको म्याग्दी महोत्सवमा नेपाल मगर संघका तर्फबाट यानीमाया गीत प्रस्तुत गरिएको थियो । 

यानीमाया गाउने कलाकार जुटाउनै गाह्रो भएको सचिव पुनले अनुभव सुनाउनुभयो । यानीमाया सबै समुदायमा गाइने भाका हो । धनकुमारी थापा, डम्मर पुर्जा, खड्ग गर्बुजा, मनकुमारी छन्त्याललगायत अग्रज कलाकारले यानीमाया गीतको एल्बमसमेत तयार पार्नुभएको छ । 

–सन्तोष गौतम 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x