×

NMB BANK
NIC ASIA

प्रहरीको यातनाबाट आँखाको ज्योति गुमाएकी विनिता बनिन् मन्त्री

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ६ फागुन-प्रहरीको यातनाका कारण दायाँ आँखाको ज्योति गुमाएकी विनिता चौधरी प्रदेश नंं. ७ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन् । 

Sagarmatha Cement
Muktinath Bank

नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक प्रदेश सांसद बनेकी ३२ वर्षिया बिनिता चौधरी भजनी नगरपालिका–४ धनौराकी स्थानीय हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको केन्द्रीय आयोजक समिति सदस्य र जिल्ला सचिवालय सदस्य समेत रहेकी उनी २०५७ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेकी हुन् । 


Advertisment
Nabil box
Kumari

२०५९ सालसा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धताका भूमीगत भई २०६२ सालमा प्रहरी प्रशासनको नियन्त्रणमा परिन् । उनलाई एक वर्षसम्म टीकापुरस्थित सशस्त्र प्रहरीको क्याम्पमा राखिएको थियो । 

Vianet communication
Laxmi Bank

जुनक्रममा प्रहरीबाट पाएको चरम यातनाकै कारण उनले दायाँ आँखाको ज्योति समेत गुमाइन् । पार्टी जिल्ला सदस्य पर्शुराम चौधरी र उनीबीच २०६१ सालमा जनवादी विवाह भएको हो । 

नवनियुक्त मन्त्री विनिता चौधरीको प्राथमिकतामा मुक्तकमैया पुनस्र्थापना परेको छ ।

आज पदभार ग्रहण गरेकी उनले आफ्नै कार्यकालभित्रै मुक्तकमैया, मुक्तहलिया पुनस्र्थापना, सुकुमवासी समस्यालगायत प्रदेशको समस्यालाई समाधान गर्ने नै आफ्नो प्रमुख कार्ययोजना रहेको उनले लोकान्तरलाई बताइन् । 

यो संगै वैज्ञानिक भूमि सुधारको काम पनि अगाडी बढाउने आफ्नो प्राथमिकताको योजना रहेको उनले सुनाइन् । त्यस्तै, कृषि क्षेत्रमा आधुनिकीकरण र सहकारी कार्यक्रममार्फत रोजगारी सिर्जनाको काम अगाडी बढाउने पनि मन्त्री चौधरीको पञ्च वर्षे कार्ययोजना रहेको छ ।

विनिता चौधरी प्रदेश नं. ७ बाट थारु समुदायवाट मन्त्री हुने एक्ली सांसद हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x