×

NMB BANK
NIC ASIA

सेजमा आउन हिचकिचाए उद्योगी, १३ वटा उद्योगको मात्र निवेदन

फागुन ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ८ फागुन-रूपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनका लागि जम्मा १३ वटा उद्योगीले मात्र निवेदन दिएका छन् । गत वर्ष भदौमा १९ वटा उद्योगले सञ्चालनका लागि सम्झौता मात्र गरेका थिए । सेजका प्रवक्ता सुन्दर थापाले आइतबारसम्म जम्मा १३ उद्योगीले निवेदन पेश गरेको जानकारी दिए ।  

Muktinath Bank

विशेष आर्थिक क्षेत्र विकास समितिले सूचना निकालेर सेजमा उद्योग स्थापना तथा सञ्चालनार्थ समझदारी पत्रमा हस्ताक्षर गरेका उद्योगीहरूलाई उद्योग सञ्चालनका लागि अनुमतिपत्रको निवेदन दिन सूचना प्रकाशन गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँबाट उत्पादित वस्तुहरु ७५ प्रतिशत विदेश निकाशी गर्नुपर्ने प्रावधान छ । जसले गर्दा आउँछौं भन्ने उद्योगीहरू उत्पादित वस्तु निकासी गर्न सकिँदैन कि भन्ने डरले आउन हिचकिचाएको देखिन्छ’ उनले लोकान्तरसँग भने । 
सेज रोजगारी सिर्जना, निर्यात प्रवद्र्धन र औद्योगिक विकासमा कोशेढुंगा हुने बताइए पनि उद्घाटन भएको ३ वर्ष पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

उद्योग सञ्चालनको अनुमति माग गर्दै निवेदन दिनेमा सुगम नानो हर्बल प्रा.लि, आइडिएस इलेक्ट्रिक, इन्टरटेक, मिनरल वाटर ईण्डस्ट्रिज, किरण सुज, महेन्द्र कुमार गोयलको गोयल गु्रप अन्तर्गतको बर्न गार्मेन्ट उद्योग, ट्रान्स हिमालयन बेभरेज, गार्मेन्ट प्रोसेसिंग ईण्डस्ट्रिज, सिद्धार्थ पेट प्लाष्ट प्रालि, एक्सन पोलिमर प्रालि र सिद्धार्थ प्लाष्टलगायतका रहेका प्रवक्ता थापाले लोकान्तरलाई बताए । 

Vianet communication
Laxmi Bank

उद्योग सञ्चालनको सम्झौता गरेका अन्य उद्योगमा जगदम्बा, गोल्छा, अरुणखोला बहुउद्देश्यीय सहकारी र चेतनशील मल्टी प्रपोज रहेका छन् । सम्झौता गरेर नआउने उद्योगीहरुको दर्ता खारेजी गरी नयाँ प्रकृया अघि बढाइने उनले बताए । 

सम्झौता  भएको  एक वर्षभित्रमा उद्योगले उत्पादन सुरु गरिसक्नुपर्ने हुन्छ । सेजमा उद्योग स्थापनाका लागि अनुमति माग गरेका उद्योगी सिद्धार्थ गु्रपका निर्देशक राजेश कुमार अग्रवालले आफूहरु निकै उत्साहित रहेको भन्दै छिटोभन्दा छिटो सेजभित्र आवश्यकता अनुसारको विद्युत् उपलब्ध गराउन आग्रह गरे । ‘उद्योगीहरुको करोडौ रुपैयाँ लगानी हुने र देशकै पाइलट प्रोजेक्टका रुपमा सेज रहेकाले सफल बनाउने जिम्मेवारी सबैको हुन्छ,’ अग्रवालले भने । 

उनले थपे, ‘विद्युत् सञ्चालनका लागि सव–स्टेशन तयार नहुँदासम्म सेजमा उद्योग स्थापना गर्न उद्योगीहरू तयार नभएका हुन् ।’  विद्युत् प्राधिकरणले अहिले धकधईमा सव–स्टेशन निर्माण सुरू गरेको छ । 

विद्युत प्राधिकरण भैरहवाका प्रमुख मुनिन्द्र ठाकुरले छिटो प्रकृया अघि बढाए सेजभित्र सव–स्टेशन छिटै बन्ने जानकारी दिए । सेजमा तत्काल चैतभित्र दश मेगावाट विद्युत् दिन सकिने  ठाकुरले बताए ।  विद्युतले सेजभित्र स्थापना हुने उद्योगको भौतिक पूर्वाधार निर्माणका लागि पुग्ने सेज विकास समितिको दावी छ । २०५८ सालदेखि विशेष आर्थिक क्षेत्र सेज बनाउन थालिएको थियो । 

५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्ग मिटरसम्मका ६९ वटा प्लटहरू रहेका छन् । 
विशेष आर्थिक क्षेत्र सञ्चालन व्यवस्थापन मापदण्ड तथा कार्यविधि अनुसार विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्वल प्रोडक्ट, छालाको वस्तु, तयारी पोशाक, हस्तकला र धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइन्छ । सेज सञ्चालमा आए निर्यातजन्य उद्योगको स्थापनाले मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन बल पुग्ने छ । 

सेजका उद्योगीहरुलाई पाँच वर्षसम्म आयकर छुट हुनेछ । घरबहालमा पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत छुट हुने छ । कच्चा पदार्थ तथा मेसिन उपकरणको आयातमा तिरेको मूल्य अभिवृद्धिकर (भ्याट) फिर्ता हुनेछ । सेजभित्रका उद्योगमा प्रतिकूल असर पर्ने गरी बन्द हडताल गर्न पाइने छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x