×

NMB BANK
NIC ASIA

एक दर्जन गोलीले ढल्यो २९ वर्षीय मनोजको अपराध साम्राज्य

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ९ फागुन– 'कुख्यात अपराधी' मनोज पुन आइतवार रूपन्देही प्रवेश गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले सूचना पायो । सिआईबीको टेक्निकल टोलीले पुनको लोकेशन खोज्दै जाँदा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र व्यवसायी तथा युवा संघका कार्यकर्ता बसन्त पौडेल ‘बलु’ हत्या गर्ने मनोज पुन रूपन्देहीको देवदहम आसपासमा नैं रहेको पत्ता लगायो । 

Muktinath Bank

तीन दिनसम्म पुन र पौडेल र तिवारीका सुटर सोम आलेको खोजीमा डिएसपी अंगुर जिसीको टोली देवदह, भवानीपुर र खैरेनी आसपासमा केन्द्रित भयो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार बिहान ३ बजेर ३० मिनेट जाँदा देवदह–४ भवानीपुरमा पूर्वबाट पश्चिमतर्फ प्रहरीको टोली मोटरसाइकलमा जाँदा गर्दा पश्चिमतर्फबाट मनोज पुन र उनका सहयोग सोम आले लु १३ प ३३७६ (भारती नम्बरको मोटरसाइकलमा नेपाली नम्बर प्लेट राखेर) नम्बरको पल्सर मोटरसाइकमा आउँदै गर्दा विजयपुर टोलमा जम्काभेट भेट भएपछि सोम आलेले प्रहरीमाथि माथि गोली चलाए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

उनले चलाएको गोली प्रहरीको मोटरसाइकलको टायरमा लाग्यो प्रहरीको संयुक्त टोली पछाडिबाट आउँदै थियो । प्रहरीले जवाफी कारवाही गर्दा दुवै जनालाई गरी प्रहरीले २२ राउण्ड गोली चलायो । दुवै जना कारवाहीमा ढलेपछि उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा ल्याउदै गर्दा मृत्यु भयो सञ्चारकर्मीसँग रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने । 

‘प्रहरीलाई लक्षित गरी फायरिङ भयो । जवाफी कारवाही गर्दा दुवै जना घाइते भए । घाइते भए । उपचारको क्रममा मृत्यु घोषणा भएको छ,’ ज्ञवालीले भने । भारतको गोवामा मनोज पुन समातिए भन्ने समाचार आएको थियो भन्ने लोकान्तरको प्रश्नमा ज्ञवालीले भने, ‘त्यो गलत र प्रायोजित हो । उनी नेपालमै आइसकेका थिए भन्ने सूचना हो । प्रहरीले खोजेको थियो ।’ 

दुर्गा तिवारीको हत्या भएको १४ महिनापछि प्रहरीले हत्याका मुख्य अभियुक्त पुन प्रहरीको जवाफी कारवाहीमा मारिएका छन् । मनोज पुनलाई छातीमा ९, दाहिने पाखुरामा १ र दायाँ तिघ्रामा २ गरी १२ गोली प्रहार गरिएको छ । भने सोम आलेलाई छातीमा ५, पेटमा १, बाया कोखामा १, दायाँ खुट्टामा १, बाया कोखामा १ गरी १० गोली लागेको छ ।  

घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, ल्यापटप, सुनील रानाको नाममा मनोज पुनले प्रयोग गर्ने पासपोर्ट र एटिएम कार्ड फेला पारेको छ । 

ज्ञवालीले भने, ‘मृत्यु हुनु दुखद् पक्ष भए पनि प्रहरीको लागि यो ठूलो सफलता हो । रूपन्देहीमा आतंकको अन्त्य भएको छ । मनोज पुनको अपराध साम्राज्य सकियो ।’ 

ज्ञवालीले थपे, ‘कक्षाकोठामा शिक्षकमाथिको दुव्र्यवहारदेखि टोले गुण्डा हुँदै डी कम्पनी (दाउद इब्राहिम) कनेक्सनसम्म पुगेको अपराधको नाइके मनोज पुन प्रहरी कारवाहीमा मारियो ।’

को हुन् मनोज पुन ?
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका हुन मनोज पुन  सुरुमा माओवादी कार्यकर्ता रहेका उनी युवा संघ नेपालमा प्रवेश गरे ।  

युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिश्वी फेर्न यसरी हत्या गरेको हुनसक्ने एकथरीको दाबी रहे पनि खासमा मनोज पुनले नै हत्या गराएको र ऊ मलेसियामा रहेको भन्नेमा यकिन नरहेको सुरक्षा निकायको भनाइ छ । 

रूपन्देहीको देवदह न.पा. ६ का बर्ष २९ को पुन समुहले पछिल्ला वर्षहरुमा चन्दा रूपन्देहीका व्यवसायीहरुलाई चन्दा माग्दै आत्तक मच्चाउदै आएको थियो । 

मनोजसंगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै थियो । गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । 

त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोरी प्रहार गरिएकोमा उनी बचेका थिए ।  त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो । 

रूपन्देहीको देवदह नगरपालिका वडा नं.–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ  बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । त्यस यता उद्योगी ब्यापारीलाई धम्की दिई फिरौती असुल्ने क्रम बढ्दो थियो । तर, कुनै पनि उद्योगीले आफुलाई आएको फोन र चन्दाको धम्कीका बारेमा खुलेर प्रहरीलाई बताउन सकेका थिएनन । बेला बेलामा  प्रहरीले केहीलाई पक्राउ गरेपनि मनोज पुनको जालो तोड्न अझै सकेको छैन ।  

को हुन् सोम आले ?

भैरहवामा सोम आलेको परिवार बस्दै आएको छ । आलो पाल्पा कारागारमा ५ वर्ष कैद भुक्ता गरीका व्यक्ति हुन । उनी युवा संघमा प्रवेश गर्दादेखि नै मनोजसँग हिँड्थे । 

गत माघ ८ गते तिवारी र पौडेलको हत्यामा संलग्न भनिएका पदम चौधरी र महिनारायण चौधरीसँग उनी नेपालमै बसेर मनोजलाई पैसा पठाइदिन उद्योगीहरूलाई धम्काउने गर्थे । 

तिवारीलाई दुई पटक र बलुलाई गोली हान्ने सुटर सोम आले रहेको प्रहरीले बताउँछ । महिनारायण र पदमलाई गत माघ ७ गते प्रहरीले चितवन र पोखराबाट पक्राउ गरी बुटवल ल्याएर सार्वजनिक गरेको थियो । 

घटनास्थल नजिकका स्थानीय के भन्छन् ?  

बिहान सवा तीन बजे गोली चलेको आवाज सुनियो । १५ देखि २० साउण्डसम्म गोली चलेको आवाज आयो । हामी बाहिर निस्कन सकेनौं । आधा घण्टा पछि घरको छतमा गएर हेर्दा जताततै प्रहरीले घेरा हालेका थियो । हामीलाई साह्रै डर थियो । 

–सीता बस्याल (स्थानीय)​


म रहेको स्थान घटनास्थल भन्दा एक किलोमिटर टाढा पर्छ । म घटनास्थल आउँदा दुई वटा मोटरसाइकल पल्टिएका थिए । दुई वटै पल्सर मोटरसाइकल थिए ।  रगत बगेको थियो । बगेका रगतमा प्रहरीले माटो हालेर पु¥यो । देवदहमा स्थानीय आतंकित भएका थिए । अब केही भए पनि राहतको महशुस गर्नेछन् ।

– चन्द्रकान्त पाण्डे (स्थानीय)
 


हामी जस्ता व्यसायीहरु मनोज पुनको चन्दा र फोन आतंकले आजित भएका थियौं । विहान प्रहरीको इन्काउन्टरमा मनोजको मृत्यु भएको खवर सुने । उनको आतंकको अन्त्य भएको छ ।

– तेजु भट्टराई (स्थानीय)
 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x