×

NMB BANK
NIC ASIA

मनोज पुन कनेक्सन : जोगिन्दरदेखि ‘दाउद इब्राहिम’सम्म

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ९ फागुन– पछिल्लो डेढ वर्ष यता यसक्षेत्रमै आतंकको एउटा प्रयायःजस्तै बन्दै आएको मनोज पुन नामको आतंक ढलेको छ । मनोज पुन अर्थात सर्वाधिक खोजीमा रहेका तिनै अभियुक्तको प्रहरी इन्काउण्टरमा बुधवार बिहान मृत्यु भयो । 

Sagarmatha Cement
Muktinath Bank

व्यक्ति हत्या गर्ने, गर्न लगाउने र लगत्तै हत्याको जिम्मा लिने, त्यसकै आधारमा अरुलाई धम्की दिने र अथाह फिरौती उठाई आतंक सिर्जना गर्दै आएको भन्दै प्रहरीको पुन र उनका सहयोगीलाई मोस्ट वान्टेड सूचीमा राखेर खोजीरहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देवदहमा मात्रै नभइ देशभर आतंक सिर्जना गर्ने र त्यहीँ भयका भरमा रकम अशुल्ने कार्यमा संलग्न रहँदै आएको भन्दै प्रहरीले पुनको ग्याङलाई खोजी गरिरहेको थियो । 
देवदहमा एमाले नेता दुर्गा तिवारी र त्यसको एक वर्ष पछि अर्का एमालेकै नेता बसन्त पौडेल ‘बलु’ को हत्या भयो । 


Advertisment
Nabil box
Kumari

यी दुबै हत्या र काठमाण्डौमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा समेत आफू संलग्न रहेको र आफ्ना केटाहरुले हत्या गरेको भन्दै मनोज पुनले अनलाइन नम्बरबाट टेलिफोन गरी तत्कालै जिम्मा लिंदै आएका थिए । त्यसक्रममा घटनास्थलमा रहेका प्रहरी देखि स्थानीय युवा नेताहरु, युवा व्यवसायीहरु, समाजसेवी र राजनीतिक दलका नेताहरुसमेतलाई पुनले पालैपालो टेलिफोन गर्दै धम्क्याउँदै आएका थिए । 

Vianet communication
Laxmi Bank

यद्यपि यस्ता धम्की र असुलीका धेरै घटनाहरु भने पीडितले डरका कारण कतै सार्वजनिक गरेका थिएनन् । मनोज पुन इन्काउन्टरमा मारिएको समाचार फैलिएपछि ती पीडितहरु क्रमशः खुल्न थालेका छन् । ‘नामै त नलेखौं तर, मैले यती रकम बुझाएको थिएँ, कताबाट हो कताबाट फोन गरेर धम्काइहाल्छ र पैसा त्यहाँ लगेर बुझा भन्दै तर्साउँछ,’ ती पीडितको भनाइ थियो ।
अन्ततः यस्तो आतंक सिर्जना भएको करिब १४ महिनापछि मुख्य योजनाकार र सहयोगी दुबै जना मारिए । पुनसँगै उनका सहयोगी सोमबहादुर आले पनि मारिए ।

विशेष सूचनाका आधारमा उनीहरु रुपन्देहीमा छिरेको चाल पाएपछि पछि लाग्दै जाँदा भवानीपुरमा जम्का भेट भएको र त्यहीँ दोहारो गोली हानाहान हुँदा पुन र आलेलाई गोली लागेको विवरण प्रहरीले सार्वजनिक गर्यो । दुवै जनालाई उपचारका लागि अस्पतालमा ल्याइएको र त्यहीँ मृत्यु भएको प्रहरीको भनाइ छ । निर्माण व्यवसायी शरदकुमार गौचन, बसन्त पौडेल र युवा नेता दुर्गा तिवारीको हत्याको अभियोगमा पुन प्रहरीको खोजी सुचीमा थिए ।

०७३ पुस ४ गते युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष तिवारीको हत्या, असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या र ०७४ पुस २१ गते देवदहकै दुर्गा तिवारीका साथी अर्थात एमालेका कार्यकर्ता (फर्निचर व्यवसायी) बसन्त पौडेल बुलको हत्या आफैले गराएको भन्दै पुनले नदेखिने नम्बरबाट टेलिफोन गरेका थिए । प्रहरीको अनुसन्धानमा पनि अहिलेसम्म ती तीनवटै घटनामा पुनको संलग्नता देखिएको बताएको छ । गौचनकै हत्या मुख्य योजनाकार समिरमान बस्नेतलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । 

प्रहरी इन्काउन्टरमा मारिएका सुटर सोम आलेको बुधबार नैं पोष्टमार्टम भएको छ । भने पुनको बिहीवार पोष्टमार्टम गरी परिवारलाई बुझाइने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले जानकारी दिए । 

मलेसिया होइन भारतमै थिए पुन

हत्यालगत्तै पत्रकारहरुलाई टेलिफोन गरेर आफु मनोज पुन मलेसियाबाट बोलेका भन्दै जिम्मा लिने उनी मलेसिया नभइ भारतमै लुक्दै, डेरा सर्दै बस्दै आएको कुरा प्रहरीलाई पहिल्यैदेखि थाहा थियो । त्यसका आधारमा प्रहरी भारतमा पनि पुग्यो र नजिक नजिक पुग्दा पुन भाग्न सफल भएका बताइएको छ । भारतमा रहेका बेलामा पुनले नेपालबाट असुलेको रकमका आधारमा भारतीय अपराधिक समूहसँग साँठगाँठ गरेको पनि प्रहरीको दाबी छ । कतिपयले पुनलाई भारतीय डन दाउद इब्राहिमका सहयोगीसंग साँठगाँठ रहेको पनि बताउँदै आएका थिए । तर, प्रहरीले भने केही खुलाएको छैन् । 

केही दिन अगाडि मात्रै प्रहरीले पुनलाई गोवामा समातेको हल्ला भयो । केही सञ्चारमाध्यममा समारचा प्रकाशन÷प्रसारण पनि भयो । प्रहरीले उक्त खबरमा सत्यता नभएको बताउँदै आएको छ । 

यसरी भयो इन्काउन्टर 

मनोजबहादुर बुढामगर (मनोज पुन)को खोजीमा पहिल्यैदेखि प्रहरी परिचालित भएको थियो । उनी ‘मोस्ट वान्टेड’ सूचीमा थिए । भारतमा पनि उनीविरुद्ध रेडकर्नर नोटिश जारी थियो । त्यसैक्रममा आइतवार पुन रुपन्देही छिरेको सूचना प्राप्त भएको प्रहरीको भनाइ छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीको सहयोगमा आफूहरुको टोलीले पुनको खोजी गरेको रुपन्देही प्रहरीका अधिकारीको भनाइ छ । पुनको लोकेसन ट्रेसिङदेखि अन्य विभिन्न टेक्निकल (प्राविधिक) काममा ब्यूरोले सहयोग गरेको रुपेन्देही प्रहरीका अधिकारी बताउँछन् । 

लोकेशन खोज्दै जाँदा सिआईबीको टेक्निकल टोलीले पुन देवदह आसपासमा नै रहेको पत्ता लगायो । तीन दिन अघिदेखि पुनको खोजीमा सिआइबीका डिएसपी अंगुर जिसीको टोली देवदह, भवानीपुर र खैरेनी आसपासमा केन्द्रित थियो । 

बुधबार बिहान ३ बजेर ३० मिनेट जाँदा देवदह–४ भवानीपुरमा पूर्वबाट पश्चिमतर्फ प्रहरीको टोली मोटरसाइकलमा जाँदै गर्दा पश्चिमतर्फबाट पुन र उनका सहयोगी सोम आले लु १३ प ३३७६ (भारतीय नम्बरको मोटरसाइकलमा नेपाली नम्बर प्लेट राखेको) नम्बरको पल्सर मोटरसाइकमा आउँदै थिए । विजयपुर टोलमा जम्काभेट भेट हुँदा सोम आलेले प्रहरीमाथि नै गोली चलाए । उनले चलाएको गोली प्रहरीको मोटरसाइकलको टायरमा लाग्यो । प्रहरीको अर्को संयुक्त टोली पछाडिबाट आउँदै थियो । त्यहीँ पुन र आलेमाथि प्रहरी टोलीले एकैचोटी जवाफी फायरिङ शुरु गर्यो । दुवै जनामाथि प्रहरीले २२ राउण्ड गोली चलायो । गोली लागेर दुवै जना ढलेपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल पुर्याइयो । त्यहाँ दुवैजनालाई चिकित्सकले मृत घोषणा गरे । 

मनोज पुनलाई छातीमा ९, दाहिने पाखुरामा १ र दायाँ तिघ्रामा २ गरी १२ गोली प्रहार गरिएको छ (प्रहरीको भनाइ) । सोम आलेलाई छातीमा ५, पेटमा १, बायाँ कोखामा १, दायाँ खुट्टामा १, बायाँ कोखामा १ गरी १० गोली लागेको छ । घटनास्थलबाट अटोमेटिक पेस्तोल, ल्यापटप, सुनील रानाको नाममा मनोज पुनले प्रयोग गर्ने पासपोर्ट र एटिएम कार्ड फेला पारेको छ । 

को थिए मनोज पुन ?

तिवारी, गौचन र पौडेलको हत्यामा विभिन्न माध्यममा टेलिफोन गरेर आफ्नो संलग्नता रहेको बताउने २९ वर्षीय मनोज पुन (मनोज बुढामगर) देवदहकै बासिन्दा हुन् । उनी पहिले माओवादीका कार्यकर्ताका रुपमा संगठित भएका थिए । स्कुल तहमा अध्ययन गर्दादेखि उनी फरक स्वभावका थिए । पढाइमा कमजोर उनी विभिन्न अतिरिक्त काममा रमाउने गर्थे । २०६५ चैत १३ गते राति बुटवलमा युवा संघका नेता प्रचण्ड थैवको हत्या हुने बेलामा पुन माओवादीको वाइसिएलमा सक्रिय थिए । त्यसपछि माओवादी छाडेर ‘आफु अब सुध्रिएको’ भन्दै युथ फोर्समा आउन चाहेको बताएका थिए । सोही अनुरुप उनलाई तिवारीलगायतका एमालेका नेताहरुले नै पहल गरेर युर्थ फोर्समा भित्र्याएका थिए । 

केही समय उनी युथ फोर्समै रहे पनि । तर, आचरण नसुध्रिएको, आपराधिक मनोवृत्ति झन बढेको भन्दै एमालेभित्र कुरा उठ्यो । उनी युवा संघको कारबाहीमा परे । कारबाहीमा परेपछि उनलाई युथ फोर्सबाट निश्कासन गरियो । यसबीचमा उनी त्यहीँ क्षेत्रका साना हतियारका कारोबारी र केही अपराधीको कनेक्सनमा पुगे । 

उनका मुख्य सहयोगी मध्येका केही पक्राउ परेपछि उनी लुकीलुकी अपराधमा तल्लिन हुन थाले । केही समयमै उनी काठमाण्डौसम्म हतियार कारोबार र सुटरका रुपमा पनि काम गर्न भ्याए । त्यहाँबाट उनी टिक्न नसकी भारततिर हानिए । उनले आफुलाई पार्टीमा कारबाही गराउने काममा तिवारीजस्ता युवा नेताहरु सामेल रहेको भन्दै सुरुदेखि नै बदला लिने बताउँथे । २० फागुन २०७२ मा पनि तिवारीको हत्या प्रयास भएको थियो । उक्त घटनामा पुनसहित अन्य ८ जनाको सहभागिता रहेको भन्दै तिवारीले किटानी जाहेरी पनि दिएका थिए । 

गत वर्षको जेठमा अन्य सबै पक्राउ परे कोही अनुसन्धानपछि छुटेपछि पुन त्यतिबेलासम्म फरार नै थिए । उनले सुरुदेखि नै तिवारीको हत्याको योजना बनाएको बताइएको छ । विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोप उनीमाथि लाग्यो । तीन वटा मूख्य आपराधिक घटनाको अभियोग प्रहरीमै पुगेपछि पुन फरार भए । 

पुनको अपराध यात्रा

पुनको आपराधिक यात्रा ०६२/६३ को परिवर्तनपछि शुरु भएको बताइन्छ । उनलाई नजिकबाट नियालिरहेका रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थालेका थिए । आफूजस्तै युवाको समूह बनाएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले । त्यसैक्रममा उनको लालच यति बढ्यो कि उनी अन्य व्यवसायीसँग कमिशन समेत माग्न थाले । 

आफूले भनेअनुरुपको कमिसन नपाए अपहरण, धम्की र गोली आतंकसमेत मच्चाउन थाले । सोही क्रममा उनले तिवारीमाथि गोली प्रहार गरे । तिवारीलाई त्यतिबेला केही भएन । त्यसपछि पुनमाथि प्रहरी निगरानी बढ्यो, केही सहयोगीहरु पक्राउ परे । 

म्याग्दी पुख्र्यौली घर भएका पुनका बुवा अवकास प्राप्त भारतीय सेना हुन् । उनका एक जना दाजु र दुई दिदीबहिनी, एक छोरी रहेको बताइएको छ । देवदहको खैरेनी चोक छेउ उनको एकतले घर थियो । उनका परिवारहरु भने अहिले काठमाडांैतिरै बस्दै आएका छन् । पुनले स्थानीय केरवानी माविबाट एसएलसीसम्म अध्ययन गरेका थिए ।

भारतीय अन्डरवर्ल्डसँग कनेक्सन

गुण्डा नाइके पुनको भारतीय आपराधिक सञ्जालसँग समेत ‘कनेक्सन’ रहेको खुलेको थियो । तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेको सुरक्षा अधिकारीहरु दाबी त गर्छन् तर, यकिन भने छैन । भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो । 

त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएका थिए । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ । पुन पछिल्लो समय डी–कम्पनी (दाउद) सँग नजिक पुगेको शंका गरिएपनि पुष्टि गर्ने आधारहरु सार्वजनिक भएका छैनन् । 

दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बईका डनहरुसंग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

तिवारीको हत्या भएको करिब २२ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली पुनलाई खोज्दै भारतको गोवासम्म पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा पुनको मोबाइल लोकेसन ट्रेस गर्दै टोली त्यहाँसम्म पुगेको हो ।

गोवाको मर्दिम भन्ने स्थानमा उनी भाडामा बस्दै आएका थिए । प्रहरी स्रोतका अनुसार तिवारीको हत्या हुनु दुई वर्ष अघिदेखि पुन त्यहीँ बस्थे । र, दुई पटक डेरा सरेर तेस्रोमा पुगेका थिए । जब प्रहरी गोवा पुगेर पुनको डेरामा ‘रेड’ हान्यो, तब पत्ता लाग्यो उनी दिल्ली पुगिसकेका रहेछन् । 

भारतीय प्रहरीले ट्रेस गरेको कल डिटेलअनुसार पुनको मोबाइल ४÷५ दिनसम्म दिल्लीमा ‘अन’ देखिएको थियो । त्यसपछि उनी ‘आउट अफ रिच’ भएका थिए । र, प्रहरी टोली खाली हात फर्किनु परेको थियो । त्यसयता सिआईबीको विभिन्न टोली पुनको खोजीमा भारतमै थियो ।

अर्कैको नामको पासपोर्ट

पुनले अर्कैको नामको पासपोर्ट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पुनले रुपन्देही नै ठेगाना राखेर सुनिलकुमार रानाको नाममा आफ्नो फोटो राखी पासपोर्ट बनाएको फेला परेको छ । त्यसैगरी, पुनले सुनिल कुमार थापा सरङकोटी नाम राखेर बैंकको एटीएम कार्ड समेत बनाएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी उपरीक्षक ज्ञवालीले भने, ‘प्रहरी मुडभेटमा मारिएका पुनबाट एक थान पासपोर्ट र बैंकका एटीएम कार्डहरू फेला परेका छन्, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूले यस्तै नक्कली डकुमेण्ट बनाएर चल्ने हो, हामी अनुसन्धान गर्दैछौं, ल्यापटपदेखि फोन खोलेर हेर्न काम अब हुन्छ ।’

को हुन् पुनसंगै मारिएका आले ?

मनोज पुनको मुख्य सहयोगी र सार्प सुटरका रुपमा सोमबहादुर आले रुपन्देहीको सिद्धार्थनगर–३ मा बस्दै आएका थिए । आले भारतीय सेनाको जागिर छाडेर मनोज पुनको सहयोगी बन्दै अपराध दुनियाँमा प्रवेश गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार आले भारतीय सेनाका जवान थिए । मनोज पुनकै कुरा सुनेर उनले जागिर छाडेर नेपाल आएर मनोजसँग जोडिएका थिए । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सुटरको रुपमा आलेलाई नै प्रयोग गरेको रहस्य खुलेको छ । इन्काउन्टरमा मारिएपछि प्रहरीले यो रहस्य सार्वजनिक गरेको हो । 

यसअघि प्रहरीले घटनामा सुटरको रुपमा ‘राजु’ भनिने व्यक्ति प्रयोग भएको मात्र बताएको थियो । सोम बलु पौडेलको हत्याकाण्डमा पनि संलग्न भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीको भनाइ छ । आले यसअघि डकैती गरेर हत्या गरेको आरोपमा पाल्पा कारागारमा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । 

जेलबाट छुटेपछि सोम आलेले नै मनोज पुनसँग उनीहरुको चिनजान गराएका थिए र पछिल्लो समय संगठित रुपमा रुपन्देहीमा दुई हत्याकाण्ड मच्चाएका थिए । उनको परिवार भैरहवामा बस्दै आएको छ । प्रहरीका अनुसार आले बक्सिङ खेलका च्याम्पियन पनि हुन् । ‘बक्सिङ खेलका च्याम्पियन आलेले विभिन्न प्रतियोगितमा थुप्रै मेडलसमेत जितेको देखियो’, उनको अनुसन्धानमा जुटेका एक अधिकारीले जानकारी दिए । दुर्गा तिवारी र बसन्त पौडेलको हत्यामा सम्पूर्ण मानिसदेखि हतियारसम्म व्यवस्थापन आले नै गरेको प्रहरीको दाबी छ ।

दुई सहयोगी पहिल्यै पक्राउ

मनोज पुनको ग्याङमा दुई सदस्य पवन चौधरी र महीनारायण भनिने महेन्द्र चौधरीलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । उनीहरु हाल प्रहरी हिरासतमा छन्, उनीहरुसँग सोमको पाल्पा कारागारमा रहेका बेला नै चिनजान भएको बताइन्छ ।

एक वर्षअघिको प्रहरीको विवरण 

तिवारी हत्याका सन्दर्भमा प्रहरीले ०७३ फागुन १५ गते १२ जना अभियुक्तहरुको विवरण सार्वजनिक गरेको थियो । जसअनुसार मनोजका सहयोगी, सुटर, योजनाकारदेखि तिवारीको निगरानी गर्ने, हतियारको जोहो गर्ने, हत्यामा प्रयोग गर्ने मोटरसाइकलको जोहो गर्ने र लुकाइदिनेसम्मकाहरु रहेको प्रहरीको दाबी थियो । त्यसमा मनोज र सोमबहादुर मुख्य योजनाकार भएको बताइएको थियो । प्रहरीले सार्वजनिक गरेको त्यतिबेलाको विवरणमा मनोज पुन भनिने मनोज बुढामगर, बिकास भनिने सोमबहादुर आले, श्याम गुरुङ, राजु भन्ने घटनाको सुटर, बाबु भन्ने तुलबहादुर सिँजाली, बसन्त बहादुर चापागाई, बुद्धिसागर यादब, राजेश यादव, प्रयास भन्ने खेमानन्द भट्टराई, सागर थापा, अंगद थारु र ऋषिश्वर कुमाललगायत रहेको विवरण र उनीहरुको भूमिकाका बारेमा उल्ेलेख थियो । प्रहरीले भैरहवामा पत्रकार सम्मेलन गरी यो विवरण सार्वजनिक गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x