×

NMB BANK
NIC ASIA

उर्जाको विकासका लागि ‘नेपाली सोच’ नै बाधक

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १० फागुन– नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिएका छन् । 

बारबरा फाउण्डेशनले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले नीतिगत जटिलता हटाएर लगानीमैत्री वातावरण मात्रै बनाउने हो भने स्वदेशी लगानीमा नै ठूलो परिमाणमा जलविद्युत्को विकास गर्न सकिने बताइ । नेपालमा रहेका बैंक तथा वित्तीय संस्था नै ठूला परियोजना निर्माण गर्न सक्ने अवस्थामा पुगेको तथा गतिलो प्रतिफलको सुनिश्चितता गर्ने हो भने नागरिकले पनि ठूलो मात्रामा लगानी गर्न सक्ने स्थिति रहेको बताउँदै उनीहरुले सरकारले प्राथमिकताक्रम निर्धारण गर्नुपर्ने धारणा राखे । 

Sagarmatha Cement
Muktinath Bank


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेस्वदेशी संस्थामा नै ठूलो मात्रामा लगानीयोग्य रकम छ, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता संगठित संस्थामा पनि लगानीयोग्य रकम छ, नागरिकलाई विश्वास दिलाउन सके केही परियोजनाका लागि उनीहरुले नै रकम जुटाउन सक्ने बताए । 

स्वदेशी तथा विदेशी लगानी भित्र्याएर एकाध वर्षमा नेपालको जलविद्युत् क्षेत्रमा कायापलट गर्न सकिने उनको भनाइ छ । “गत वर्ष नेपालमा विद्युत्भार कटौती गर्दा त्यो सम्भव नरहेको भन्नेहरु थिए, तर हामीले सफल पारेर देखायौँ । नसकिने भन्ने हुँदैन, लगानी पनि भित्र्याउन सकिन्छ । मात्रै सोच र नीतिगत रुपमा प्रष्टताको जरुरी छ”, कार्यकारी निर्देशक घिसिङले भने । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले ऊर्जा सुरक्षाका लागि पनि वैकल्पिक ऊर्जालाई पनि विशेष जोड दिइनुपर्ने तथा ग्रामीण क्षेत्रका सबै स्थानमा प्रसारण लाइन निर्माण गर्न समस्या हुने भएकाले सौर्य परियोजना र वायु ऊर्जामा समेत लगानी गर्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगकै पूर्वसदस्य डा अरविन्दकुमार मिश्रले ७५३ वटै स्थानीय तहमा ऊर्जा उपलब्धताका लागि कार्ययोजना तयार पारिएको जानकारी दिँदै प्रसारण प्रणाली नपुगेका स्थानमा ‘मिनी ग्रीड’ र ‘माइक्रो ग्रीड’ निर्माण गरेर नागरिकलाई सहज रुपमा ऊर्जा उपलब्ध गराउन सकिने भएकाले स्थानीय तहमा ऊर्जा अवधारणा कार्यान्वयनमा ल्याउन खोजिएको बताए । 

जनसंख्याका क्षेत्रमा काम गर्दै अाएकी डा कुसुम शाक्यले लैङ्गिक समानताका लागि समेत ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गरिन् । सकारात्मक विषयमा चर्चा परिचर्चा गर्ने लक्ष्यका साथ फाउण्डेशनले परिचर्चा कार्यक्रम शुरु गरेको कार्यक्रमका संयोजक दिलभूषण पाठकले जानकारी  दिए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x