×

NMB BANK
NIC ASIA

उत्तर र दक्षिण कोरियाबीचको शत्रुता अन्त्य भएको हो ?

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ फागुन — सन् २०१७ को अन्त्यताका कोरियाली प्रायद्वीपमा ठूलै परिवर्तन आयो । आणविक कार्यक्रमका सम्बन्धमा आफ्नै जिद्दीमा अडेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले नरमपना देखाउँदै छिमेकीसँगको सम्बन्ध सुधार्ने संकेत दिए । 

अनि उत्तर कोरियाले दक्षिण कोरियाको आयोजनामा भइरहेको शीतकालीन ओलम्पिकमा आफ्नो टोली पठाउने निर्णय ग–यो । अझ यसभन्दा एक कदम अघि बढ्दै उद्घाटन समारोहमा दुवै देशका टोलीहरू एउटै झण्डामुनि हिँड्ने समेत बताइयो । 

किमले ओलम्पिक उद्घाटन समारोहमा बहिनीलाई प्योङचाङ पठाए र उनी फर्केपछि तयार पारेको रिपोर्ट पनि किमलाई मन प–यो । 

दुई कोरियाली टोलीले एउटै झण्डामुनि मार्च गर्दा संसारका लागि ठूलो सन्देश गयो । उनीहरू जुन झण्डामुनि थिए, त्यसको सेतो पृष्ठभूमिमा एकीकृत कोरिया देखाइएको थियो । 

विगतको साझा इतिहासलाई याद गरेर उत्तर कोरियाका शीर्ष अधिकारीहरूको आँखामा आँसु भरियो । दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन र किमकी बहिनी किम यो–जोङ सँगै बस्दा दूरी घटेको देखियो । 

यो–जोङ त्यहाँको संयुक्त महिला आईस हकी टोलीलाई हौसला बढाउनका लागि उपस्थित हुँदा उत्तरका चीयरलीडरहरू संसारभरिबाट त्यहाँ पुगेका दर्शकको उत्साह बढाइरहेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

तर शीतकालीन ओलम्पिकबाट न्यानो बनेको सम्बन्ध लामो समयसम्म कायम रहला त ?

मून सरकारले अमेरिकाबाट टाढिएर उत्तर कोरियातर्फ मित्रताको हात बढाएको धेरै मानिसले बताएका छन् । 

उत्तरले आणविक तथा क्षेप्यास्त्र कार्यक्रममा रोक लगाउने वाचा गर्दा दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सेन्य अभ्यास रोक्ने माग राख्न सक्छ भनी चिन्ता जनाइएको छ । 

तर वास्तविकता चाहिँ सबैजना स्थिति थप खराब नहोस् भन्ने चाहन्छन् । खेल महोत्सवले दुई देशलाई नजिकिनका लागि मञ्च दियो तर यसबाट राजनीतिक गतिरोध अन्त्य होला भन्नेमा शंका छ । 

दशकौंदेखि गरिएका कुराकानीबाट कुनै परिणाम निस्केका छैनन् अनि कोरियाली प्रायद्वीपमा स्थायी रूपमा तनाव र असहजता छाएको छ । 

पैंसट्ठी वर्षअघि भएको कोरियाली युद्धपछि दुई देशबीचको सम्बन्ध प्रायः उस्तै खराब छ । 

आणविक कार्यक्रमका कारण उत्तर कोरिया संसारकै सबभन्दा खतरनाक देश हो । 

उत्तर कोरियाले पहिले पनि कुराकानीहरू गरिसकेको छ र अनेकों चरणको वार्ताको कुनै परिणाम आएको थिएन । उत्तर कोरियालीहरू अत्यन्तै चलाख हुन्छन् र मोलतोल गर्न जान्दछन् । 

उनीहरू एक एक इन्चका लागि लड्छन् र प्रत्येक खराब कुराको शोक लामो समयसम्म मनाउँछन् । 

उत्तर कोरियासँग मोलतोल गर्नु सजिलो छैन । तर उत्तर कोरिया आणविक कार्यक्रमका बारेमा पहिला त पटक्कै कुराकानी गर्न चाहँदैनथियो, अहिले केही कदम अघि बढेको छ । 

उत्तर कोरियालीहरूलाई सरकारले यो अवसर गुमाउनेछैन भन्ने लागेको छ । 

उता दक्षिणका राष्ट्रपति मूनको आगामी कदम के हुनेछ थाहा हुन सकेको छैन । उनी ४१ प्रतिशत भोटका साथ सत्तामा आएका हुन् र आफ्नै दममा धेरै पर उनी नजान सक्छन् । 

अर्कातर्फ उत्तर र दक्षिण कोरियाबीचको नयाँ मित्रताले ट्रम्प प्रशासनलाई असहज बनाएको छ । 

किमले दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर आउने निमन्त्रण दिएका छन् र आगामी समयमा मून प्योङयाङ जान सक्छन् । 

त्यसो त यो औपचारिक निमन्त्रण होइन र मूनले उत्तर कोरिया पनि अमेरिकासँग कुराकानी गर्न तयार होस् भनेका छन् । 

अहिले सकारात्मक वातावरण बनेको र सानो भेटघाट भएको आधारमा सम्बन्धमा सुधार आएको भन्न मिल्दैन । मून र यो–जोङबीच कुन विषयमा कुराकानी भयो भन्ने पनि थाहा भएको छैन । 

दक्षिण कोरियाका इतिहासकार जोन डेल्युरी भन्छन्, ‘मानिसहरूलाई मूनले राम्रो श्रेय पाइरहेका छैनन् जस्तो लाग्छ । उत्तर कोरियाको मन परिवर्तन भइरहेको उनीहरू ठान्छन् । दक्षिण कोरियाको हात बाँधिएको छ भनी
अमेरिकाले बुझ्नुपर्छ । उत्तर त दक्षिणसँग डराउँदैन, बरू आफूसँग आणविक हतियार नभएकाले दक्षिण चाहिँ उत्तरसँग डराउँछ ।’

उत्तर कोरियासँग आणविक कार्यक्रमका विषयमा भएका कुराकानी विगतमा असफल रहेका थिए । तर यसपाली शायद उत्तर कोरियाले आफ्नो दृष्टिकोणमा नरमपन ल्याउँछ र उसका विषयमा संसारभरि रहेको अविश्वासको
वातावरण हटाओस् भनी धेरैले चाहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर किमले दक्षिण कोरिया र अमेरिकालाई टाढा पार्ने प्रयास गर्नेछन् किनकि राष्ट्रपति ट्रम्पलाई मन नपराउने मानिस दक्षिण कोरियामा टन्नै छन् भन्ने कुरा उत्तरलाई थाहा छ । 

त्यसैले शीतकालीन ओलम्पिकपछि आशा त जागेको छ तर धेरै आशा पनि राख्नुहुँदैन ।

बीबीसीबाट
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x