×

NMB BANK
NIC ASIA

धनगढी, ११ फागुन–कैलाली जिल्लामा स्थापना गर्ने भनिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणवारे प्रदेश सरकार नै अनविज्ञ रहेको पाइएको छ ।

Muktinath Bank

प्रत्येक प्रदेशमा एक सेज स्थापना गर्ने परिकल्पना सरकारले गरेको छ । तर अन्य प्रदेशमा निर्माण कार्य सुरु भएपनि प्रदेश नं. ७ मा भने अझैसम्म सेज निर्माणमा आन्यौलता कायमै रहेको छ ।
आर्थिक विकास र समृद्धि संग सेजले प्रत्यक्ष असर पार्ने भएपनि यहाँको प्रदेश सरकार सेजवारे नै अनविज्ञ रहेको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेजवारे अनविज्ञता प्रकट गर्दै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले भनिन्–‘यसवारे मै अझै विस्तृत रुपमा बुझ्न बाँकी छ । यसवारे अध्ययन गर्दैछु ।’


Advertisment
Nabil box
Kumari

त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले केन्द्र सरकारले अझैपनि विकास आयोजना तथा कार्यक्रम प्रदेश सरकारलाई हस्तान्तरण नगरेकोले आफुहरुले सेजलगायत आर्थिक तथा उद्योगिक क्षेत्र स्थापनावारे केन्द्र सरकारका निकाय संग छलफलमा रहेको जानकारी दिए । प्रदेशको विकास तथा रोजगारी सिर्जनाको लागि सेजलगायत आर्थिक क्षेत्र स्थापना गर्ने प्रदेश सरकारको प्राथमिकतामा परेको आयोजना रहेको मन्त्री बोहराको भनाई छ ।

Vianet communication
Laxmi Bank

सन २०१० मा गोदावरी नगरपालिकास्थित हरैयामा सेज निर्माणको लागि विस्तृत सर्वेक्षण गरिएको थियो । लगत्तै स्थानीयहरुले कृषि भूमी मासेर औद्योगिक क्षेत्र बनाइनु हुन्न भनी विरोध जनाएपछि हालसम्म अन्यौलता छाएको हो ।

कैलाली उद्योग वाणिज्य संघ धनगढीका अध्यक्ष शंकर बोगटीले स्थानमा विवाद र अभावका कारण सेज निर्माणमा अन्यौलता सिर्जना भएको बताए । तर यहि फागुन २२ गते यहाँको आर्थिक विकासवारे प्रदेश सरकार, उद्योगी, विषय विज्ञबीच आर्थिक बहस कार्यक्रम गर्न लागेको जनाए ।

विेशेष आर्थिक क्षेत्र प्राधिकरण काठमाडौंको प्राराम्भिक सर्वे प्रतिवेदनअनुसार सेज स्थापनाको लागि कैलाली जिल्लाको हरैयास्थित सरकारी स्वामित्वको वन क्षेत्रको सम्भाव्यता अध्ययन भएको थियो । तर स्थानीयको विरोधपश्चात जिल्लाको तालबन्द क्षेत्रलाई पनि छनौट गरिएको थियो । तर तालबन्द क्षेत्रमा स्थापनाको लागि पनि अझैसम्म टुंगो लागि नसकेकोे अध्यक्ष बोगटीको भनाई छ ।

यहाँ स्थापना गर्ने भनिएको सेजलाई ‘धनगढी सेज’को रुपमा नामाकरण गरिएको छ । जसको लागि एक सय ८० हेक्टर क्षेत्रफलमध्ये ५३ प्रतिशत क्षेत्रफलमा औधोगिक क्षेत्र बनाइने भएको छ । जुन औद्योगिक क्षेत्रमा एक सय ३० वटा प्लट बनाइने भएको छ । भने २६.८ प्रतिशत क्षेत्रमा हरयाली तथा खुला राख्ने र बाँकी क्षेत्रफलमा भने अन्य पूर्वाधार निर्माण गरिने प्राधिकरणको गुरु योजनामा उल्लेख छ ।
त्यस्तै सेज स्थापनाको लागि २.५ बिलियन बजेट लागत अनुमान गरिएको छ ।

औद्योगिक उत्पादन बढाउन र निर्यात व्यापारलाई बढावा दिन ०४९ देखि विशेष आर्थिक क्षेत्र स्थापना सम्बन्धी योजना ल्याएको हो । जसको लागि ०६० सालमा विशेष आर्थिक क्षेत्र परियोजना समिति गठन गरिएको थियो । पछि ०७३ मा सरकारले यस सम्बन्धी कानून निर्माण गर्नुका साथै विशेष आर्थिक क्षेत्र प्राधिकरण गठन गरेर सेज निर्माणको प्रक्रिया थालेको हो ।

सरकारले एक प्रदेशमा एक सेज स्थापना गर्ने परिकल्पना गरेको छ । जुनअनुसार प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को पाँचखाल, प्रदेश नम्बर ३ को सिमरा, प्रदेश नम्बर ४ को गोरखा, प्रदेश नम्बर ५ को भैरहवा, प्रदेश नम्बर ६ को जुम्ला र प्रदेश नम्बर ७ को धनगढीलाई केन्द्र बिन्दु बनाइएको छ । तर, भैरहवाबाहेक अन्यत्र कतै पनि निर्माण भएको छैन ।

विशेष आर्थिक क्षेत्रमा पाइने सुविधा 

सेज क्षेत्रभित्र विभिन्न सेवा प्रकारका सेवाहरु उपलब्ध गराइने भएको छ । सेज क्षेत्रभित्र निर्माण हुने उद्योगलाई पहिलो ५ वर्षसम्म आयकरमा शत प्रतिशत छुट पाउने छन् । उद्योगमा प्रयोग हुने ६० प्रतिशत कच्चा पदार्थ स्वदेशी भएमा थप १० वर्ष ५० प्रतिशत छुट पाउने छन् । त्यसबाहेक कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकिङ सामग्री, प्लान्ट र पार्टपुर्जा समेतमा भन्सार महसुल र भ्याट छुट गरिएको छ ।
सेज अन्तर्गतका उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने कानुनी प्रावधान छ । सेजभित्र उद्योग स्थापना गर्न प्रक्रियागत झन्झट नहोस् भनी एकद्वार प्रणाली स्थापना गरिएकोले बन्द र हड्ताल गर्न पाईदैन । 
त्यस्तै, सेजभित्र जग्गा वा भवनको वहालमा छुट र व्यवसायी तथा कामदारहरुलाई भिसा सम्बन्धी सुविधा दिने भएको छ । भने भन्सार, बैंक, बीमा, फरवार्डिङ, पुस्तकालय, हुलाक, सूचना तथा प्रविधि, औषधालय, शिशु स्याहार केन्द, विद्यालय, चमेनागृह, दूरसञ्चार, मनोरञ्जन, व्यवसाय प्रवर्धन परामर्श सेवालगायत सुविधा उपलब्ध हुने प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x