×

NMB BANK
NIC ASIA

७० हजार कर्मचारी आवश्यक पर्ने

फागुन १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ फागुन–  देश सङ्घीय संरचनामा गएसँगै प्रशासनलाई चुस्त बनाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न स्थानीय तह, प्रदेश र सङ्घका लागि करिब ७० हजार थप कर्मचारी आवश्यक हुने भएको छ । तीनै तहमा रहने कार्यालय पूर्ण रूपमा कार्यान्वयन आउँदा ठूलो सङ्ख्यामा कर्मचारीको आवश्यकता देखिएको छ । 

Muktinath Bank

स्थानीय तहमा ३६ देखि ४० हजार, प्रदेशमा १८ देखि २० हजार र सङ्घमा १५ देखि १८ हजार कर्मचारी आवश्यक छ । यस हिसाबले स्थानीय तह, प्रदेश र सङ्घमा गरी कम्तीमा ७० हजार निजामती कर्मचारी आवश्यक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएसँगै त्यहाँको प्रशासन सञ्चालन गर्न, सातवटै प्रदेशमा स्थापना गरिएका प्रदेश सरकारको सञ्चालन गर्नका लागि थप करिब ७० हजार कर्मचारीको आवश्यकता देखिएको हो । पुरानो संरचनामा रहेका कर्मचारीलाई स्थानीय तहमा खटाइए पनि विभिन्न माग राख्दै जान अस्वीकार गरेपछि समस्या झन् जटिल भएको छ । 


Advertisment
Nabil box
Kumari

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा करिब ३६ हजार कर्मचारी अपुग भएको जनाएको छ । मन्त्रालयले १३ हजार कर्मचारी स्थानीय तहका लागि काजमा खटाएका छन् तर भौगोलिक विकटता, व्यक्तिगत समस्या र काम गर्न असहज भएको भन्दै कर्मचारीहरू त्यहाँ गएका छैनन् । 

Vianet communication
Laxmi Bank

नगए कारबाही हुन्छ : प्रवक्ता
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा खटाएका कर्मचारीहरू नगए नियमानुसार कारबाही हुने बताउनुभयो । देशभरका जुनसुकै कुनामा गएर पनि सेवा गर्छु भनी शपथ खाई निजामती सेवामा प्रवेश गरेका कर्मचारीहरू खटाएको ठाउँमा नगए कारबाही गर्न सरकार बाध्य हुने चेतावनी उहाँले दिनुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित कार्यालय प्रमुखलाई प्रदेश र स्थानीय तहमा खटाएका कर्मचारीलाई रमाना दिन पटकपटक आग्रह गरेको र त्यसको अनुगमन गर्ने काम सामान्य प्रशासन मन्त्रालले गरेको दाबी उहाँको छ । 

सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले निजामती कर्मचारी ८२ हजार र साविक स्थानीय निकायका कर्मचारी १७ हजार गरी करिब एक लाख कर्मचारी छन् । अब स्थानीय तहमा ३६ देखि ४० हजार, प्रदेशमा १८ देखि २० हजार र सङ्घमा १५ देखि १८ हजार कर्मचारी आवश्यक पर्छ । यस हिसाबले स्थानीय तह, प्रदेश र सङ्घमा गरी कम्तीमा ७० हजार निजामती कर्मचारी आवश्यक छ । 

व्यवहार ठीक भएन : कर्मचारी 
स्थानीय तह कर्मचारीहरूका लागि आकर्षित नहुँदा स्थानीय तहमा कर्मचारी नगएको खुलासा भएको छ । स्थानीय तहको पुनःसंरचना हुनुभन्दा पहिलेदेखि नै स्थानीय तह कर्मचारीका लागि आकर्षणको थलो बन्नुपर्ने माग कर्मचारीहरूले राख्दै आए पनि सङ्घीय संरचनामा समेत स्थानीय तह आकर्षण बन्न नसकेको हो । अहिले दुर्गम स्थानीय तहका वडाहरूमा एकजना वडा सचिवले चारदेखि पाँचवटा वडा कार्यालयमा सेवा प्रदान गर्दै आएका छन् । 
निजामती कर्मचारी सङ्गठनका आधिकारी ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय, प्रदेश र सङ्घमा खटाएका कर्मचारीलाई विधि र प्रक्रियाबिना नै सरकारले कर्मचारीलाई पठाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले स्थानीय कर्मचारीसँग सौतेला व्यवहार गरेको छ । ” 


उहाँका अनुसार सरकारले प्रदेश र सङ्घका उच्च ओहदामा रहेका सहसचिवलाई एक तह बढुवा गरी सचिव बनाएजस्तै नासुलाई पनि शाखा अधिकृत बनाएर पठायो भने कर्मचारीको आकर्षण आफैँ  बढ्ने बताउनुभयो । 

अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, सामान्य प्रशासन मन्त्रालय, मालपोत, आन्तरिक राजस्व कार्यालय, अदालत, कोष तथा लेखा कार्यालय लगायतका कार्यालयमा काम गर्ने कर्मचारीलाई विशेष भत्ताको व्यवस्था छ तर स्थानीय तहका वडामा बसेर काम गर्ने कर्मचारीलाई कुनै सुविधा छैन, त्यही भएर कर्मचारीहरू त्यहाँ जान नमानेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “विधि प्रक्रिया बनाएर कर्मचारीको खटनपटन नगरेसम्म जति कर्मचारी भए पनि कर्मचारीको अभाव भइरहन्छ । ” 

कर्मचारीलाई घरपायक बनाएर खटाउनुपर्ने, कर्मचारीको राजनीतिक संरक्षण अन्त्य गर्नुपर्ने, सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूूहमा बसेर माल अड्डा खोजेर बसेका कर्मचारी र हरेक मन्त्रालयमा बढी रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउने हो भने स्थानीय र प्रदेश तहमा रिक्त कर्मचारीको केही भए पनि पूर्ति हुने तर्क उहाँको छ, गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x