×

NMB BANK
NIC ASIA

बुटवल, १२ फागुन– दाङको विकट क्षेत्र बबई गाउँपालिका–६, टिकुलीगैरा गाउँमा ५० जनाको एउटा संयुक्त परिवार थियो । त्यसमा पनि गाउँका दुई ‘जमिनदार’कहाँ काम गरेर त्यत्रो परिवार पालिनु पर्ने वाध्यता । यो बेला परिवारमै कसले कतिबेला खायो, के खायो र के गरिरहेको छ भन्नेसम्म भेऊ नहुने । सबैले विहान सवेरैदेखि रातिसम्म काममा जोतिनैपर्ने थियो । उक्त संयुक्त परिवारका केटाकेटीसमेत स्कुल जाने अवस्थामा थिएनन् । त्यहीँ परिवेशमा हुर्कँदै थिइन् एक छोरी–धमकली चौधरी । 

Sagarmatha Cement
Muktinath Bank

उनी जान्ने भएदेखि नै बाबुआमा, काका–काकी, दाजुभाई सबै जना काममा जोतिएका हुन्थे । उनी दिदी–बहिनीहरुसित गाई बाख्रा चराउन जान्थिन् । पढ्ने रहर त थियो उनलाई तर,त्यो परिवारले स्कूल पठाउने अवस्था थिएन् । बालसुलभ इच्छा त्यत्तिकै मर्न दिने कुरै भएन । बाख्रा चराउन जाँदा पखेरामा भेटिने चेप्टा ढुंगामा ढुंगाकै खरी र अंगारले अक्षर कोरेर पोखिन थाल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतै देखेको र कतै सुनेको भरमा उनले त्यसैगरी बाख्रा चराउनेसमयलाई अक्षर कोरेर विताउँदै आइन् । आफूतिरका पाँच दिदी बहिनी र दुई भाइसहित हुर्किएकी धमकली त्यतिबेला ११ वर्षकी थिइन् । बाबा–आमा र संयुक्त परिवारका अरु सदस्यहरुसंगै उनी जमिनदारकोमा काम गर्न जानुपथ्र्यो । १६ वर्ष पुग्दा नपुग्दै माइती नजिकैको दङीसरण गाउँपालिका–३, सखौरा गाउँमा श्रीराम चौधरीसँग उनको बिहे भयो ।


Advertisment
Nabil box
Kumari

अगुवा नारी

Vianet communication
Laxmi Bank

यो हो, आज भन्दा ३७ वर्ष अघिको जीवनकथा । माइतीमा छँदा ढुंगामा अंगारले कोर्न सिकेकी उनै धमकली विहेपछि पनि त्यो इच्छा मारिनन् र थप मेहनत गर्दै गइन् । अहिले उनी शिक्षित, अगुवा, समाजसेवी, राजनीतिज्ञ हुँदै सांसद बनेकी छिन् । बाल्यकालको भन्दा पनि कडा दुःख, मेहनत गरेर उनले आफ्नो एउटा चाहना पूरा गर्न सकिन् । बिहेभइसकेपछि यताको करिब १४ वर्षको अवधिमा ४९ वर्ष टेकेकी उनै धमकलीले आफ्नो बालसुलभ चाहना पूरा मात्रै गरिनन् गाउँमै अगुवा नारी, समाजसेवी हुँदै सांसद बन्न सकिन् । 

एमालेको सदस्यता

उनको जीवनमा यसरी परिवर्तन आउनुका पछाडि उनकै पति, जेठाजु–देवर र केही छिमेकीहरु थिए । गाउँका अगुवाहरु सुकदेव, मंगु, मानबहादुर, भागिरामलगायतले धमकलीको जीवनमा परिवर्तन ल्याउन ठूलै सहाराको काम गरे । उनीहरु राजनीतिक दलका विभिन्न तहका नेताहरु थिए । २०५० सालमा उनै अगुवाहरुमार्फत गाउँमा प्रौढ शिक्षाको सुरुआत गराए र धमकलीजस्ता इच्छाशक्ति भएकालाई पढाइसंगै राजनीतिमा पनि आवद्ध बनाए । धमकलीलाई केहीसमयपछि मात्रै थाहा भयो त्यसरी सघाउने र परिवारमा पनि वातावरण मिलाइदिने नेकपा एमालेका नेताहरु रहेछन् भनेर । उनी त्यहीँ पार्टीको सदस्यता लिइन् । सोही पार्टीबाट उनी दाङको क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । बुहारी हुँदा पढ्न सघाउने, समाजसेवा नै राजनीति हो भनेर सिकाउनेदेखि अहिलेको अवस्थाका बारेमा अपडेट बनाउनेसम्मका काममा उनलाई धेरै नेताहरुले सघाउँदै आएका छन् । 

एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल त उनको घरमा पुगेरै थप सफलताको शुभकामना दिंदै आवश्यक सहयोग लिन आग्रह गरेका थिए । ‘विष्णु पौडेलले  मेरोबारेमा सबै जानकारी लिइसक्नुभएको रहेछ, मलाई त कत्ती खुशी लाग्यो’ धमकलीले भनिन्–‘अब थप जिम्मेवारी बढेको र मनोबल उचो भएको छ ।’ त्यतिञ्जेल धमकलीलाई दुई सन्तान भइसकेका थिए । काखमा नानीबाबु बोकेर उनी रातिमा प्रौढ शिक्षा लिन जान्थिन् । राति ११ बजेसम्म पढ्ने र विहान ३ बजेनै उठेर घरको काम सक्नुपर्ने थियो । उनी संघर्ष गर्दै गइन् । ठूली छोरी हुर्केर स्कुल जान थालिसकेकी थिइन् । 

छोरीसँगै स्कूल भर्ना

२०५५ सालमा बीरेन्द्र मावि हेकुलीमा छोरीसंगै उनी कक्षा ५ मा भर्ना भइन् । बुहारीको काम, आमाको काम र विद्यार्थीको मेहनतले उनी पूरै थिचिएकी थिइन् । तर, कत्तिपनि विचलित भइनन् । एक वर्षसम्म कठिनाइ भुलेर बढेको प्रौढ कक्षाले उनलाई एकैचोटी कक्षा ५ मा भर्ना हुन सजिलो भयो । कक्षा ९ सम्म आमाछोरी संगै थिए । तर, उनी कक्षा ९ मा फेल भइन् । छोरीले ०६१ मा एसएलसी दिंदा उनले छोरीकै किताबहरु हेर्नेगर्थिन । फलस्वरुप ०६३ मा तेस्रो प्रयासमा धमकलीले पनि एसएसली पास गरिन् । ३२ वर्षको उमेरमा विद्यालय छिरेकी उनले ४२ वर्षकी हुँदा एसएसली पास गरिन् । उनी सातामा तीन÷चार दिनमात्रै स्कुल जान्थिन् । चार सन्तान र खेतवारीकोसमेत काम हेर्दा उनलाई स्कुल जाने फर्सद नमिलेपनि पढाई छाड्नै हुन्न भन्ने दृढता उनमा दह्रो थियो । पहिलो वर्ष फेल भइन, दोस्रोमा दुई वटा विषय लाग्यो त्यतिबेला काखमा नानी भएकाले परीक्षा दिन पाइनन् तेस्रो पटकमा सबै विषयको परीक्षा दिइन र पास पनि भइन् ।

एसएलसी दिनका लागि उनलाई हेकुलीबाट तुलसीपुरमा आउनुपथ्र्यौ । त्यतिबेला घरबाट पति श्रीरामले तरकारी बोराका बोरा तरकारी बेच्नका लागि पठाउँथे उनले त्यहीँ तरकारी बेच्ने र पढ्ने गर्थिन् । ‘तरकारी बेच्ने काम अहिले पनि गर्छु, कामलाई सानो भन्दिनँ’ श्रम केही न केही श्रम त गर्नैपर्छ भन्ने उनको सुझाव छ । बुहारीले, आमाले एसएलसी पास गर्ने गाउँकी उनी एक्ली थिइन् । सबैले वाह वाह गर्थे । एसएलसी पछि औपचारिक कक्षा त लिइनन तर, पार्टी नेताहरुसंगको संगतमा थुप्रै विषयका पुस्तकहरु अध्यय्न गर्ने काम भने छाडिनन् । ‘अहिले पनि केही कुरा सोध्नुप¥यो भने विष्णु कमरेड, शंकर कमरेड, प्रदीप कमरेड, युवाराज कमरेड सबैलाई सिधै फोन गर्छु र सोध्छु’ उनले निर्धक्क भनिन् । 

उनकी जेठी छोरी विनाले मास्टर्स पास गरेर सामाजिक संस्थामा जागिर गर्छिन्, कान्छी छोरी सपनाले बीबीएस पास गरेर बैंकमा काम गर्छिन् । जेठो छोरा बीएड पास गरेर विदेश जाने तयारीमा छन् भने कान्छोले ल्याब पढिरहेकाछन् ।  धमकलीले गाउँमा प्रौढ कक्षाहरु निरन्तर बनाउने, छोरी–बुहारीलाई नियमित पढ्न पठाउने, स्कुल पठाउनेदेखि स्वास्थ्य शिविर बसाउने र लैंगिक हिंसाका विरुद्धमासमेत थुपै्र अभियान चलाइन् । पार्टीको अनेमसंघ हुँदै गाउँ कमिटी र अहिले जिल्ला कमिटीमा समेत रहेकी उनले पार्टीकै नेता कार्यकर्ताहरुलाई यस्ता काममा केन्द्रित गराउँथिन् । 

हिंसाकाविरुद्धमा उनले पार्टीका नेता–कार्यकर्ताहरुलाई कैयौंपटक सार्वजनिक प्रतिबद्धता गर्न लगाउँथिन् । त्यतिबेला गाउँमा पाठेघरको समस्यामा धेरै महिलाहरु थिए । उनले शिविर बोलाइन र झण्डै दुई सयजना महिलाको उपचार गराइन् । उनको पहलमा प्रौढ कक्षा पढेका एक सय ६० जना महिलाहरु अहिले विभिन्न काममा सक्रिय छन् ।

अब के गर्ने इच्छा छ त भन्ने जिज्ञासामा यस्तो जवाफ दिइन्–समुदायमा प्रचारात्मक कामहरु धेरै भएका छन् अब गुणात्मक परिवर्तन चाहिन्छ, महिलालाई आरक्षण मात्रै होइन दक्षता विकासमा पनि उत्तिकै महत्व दिनुपर्छ, मलाई त कुन न कुनै जिम्मेवारी चाहिन्छ नै मैले सकुञ्जेल राजनीतिलाई समाजसेवामा लगाउने हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x