×

NMB BANK
NIC ASIA

पर्दामा सुन्दर देखिने नेपाली कलाकारको भद्रगोल जीवन, जसलाई फापेन घरबार

फागुन १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

रंगिन दुनियाँका अनुहारहरू समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाकर्मीहरू समाजमा आदर्श पात्रका रूपमा स्थापित हुन सकेका छैनन् । विशेषगरी कलाकारहरूको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकेको छैन । रंगिन दुनियाँमा राम्रो घरजम गरेका, प्रेम र पारिवारिक आदर्शको प्रतीक बनेका र असल पति–पत्नीको भूमिकामा देखिएका नेपालका धेरै कलाकारहरूको वास्तविक पारिवारिक जीवन भद्रगोल छ । 

Muktinath Bank


थोरै कलाकारहरूको दाम्पत्य जीवन  मात्रै उदाहरणीय बने पनि चल्तीका कलाकारहरूकै दाम्पत्य सम्बन्ध कसिला देखिएनन् । नेपालका धेरैजसो कलाकारहरू पारिवारिक समस्यामा छन् । आखिर किन यति सहजै भत्किन्छ नेपाली कलाकारहरूको सम्बन्ध ? तर्क आ–आफ्नै छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


केही वर्ष अघि मात्र चर्चित गायिका अन्जु पन्त र संगीतकार मनोज राजको वैवाहिक सम्बन्ध टुंगिएको खबर सेलाउन नपाउँदै गायिका मिलन अमात्यको सम्बन्ध विच्छेद (डिभोर्स) भयो । अमात्यलाई उनका प्रशंसक (फ्यान) ले पन्तको प्रतिस्पर्धीको रूपमा आँक्दै आएका थिए । अभिनेत्री अरुणिमा लम्सालको पनि डिभोर्स भएको छ । छोराछोरीका साथ अमेरिकामा बस्दै आएकी अरुणिमाले पति अमित अर्यालसँग डिभोर्स गरेकी हुन् । यी बाहेक धेरै कलाकारको पारिवारिक सम्बन्ध दिगो हुन नसकेन बारेको रिपोर्ट जनता पोस्ट दैनिकमा प्रकाशन भएको छ ।  


Advertisment
Nabil box
Kumari


रिमारोबर्ट 
अभिनेत्री तथा टिभी होस्ट रिमा विश्वकर्मा र रोबर्ट विश्वकर्माको पनि हालै सम्बन्ध विच्छेद भएको छ । रोबर्टले रिमासँगको सम्बन्ध तोड्नासाथ वर्षासँग नयाँ जीवन सुरुआत गरेको तस्बिर सामाजिक सञ्जालमा देखियो ।

Vianet communication
Laxmi Bank


दुई वर्षअगाडि परिवारको सहमतिमा विवाह गरेका रिमा र रोबर्टको वैवाहिक सम्बन्ध किन टुंगियो भन्ने विषयमा उनीहरू दुवैले मुख खोलेका छैनन् । दुवैमा समझदारीको कमी मात्र नभएर प्रतिष्ठाको ‘इगो’ले काम गरेकाले सम्बन्ध दिगो नभएको बताइन्छ । विचारको कदर गर्न नसक्नु तथा शंका–उपशंकाका कारण दुवैको सम्बन्ध अन्ततः विच्छेदको चरणसम्म पुगेको हो । 


मिलनमेन्सन 
नयाँ पुस्ताकी चर्चित गायिका हुन् मिलन अमात्य । गायन क्षेत्रमा पहिलो गीत रेकर्ड गरेपछि गायिका अमात्यलाई फर्किएर हेर्नु परेन । अहिलेसम्म उनले दर्जनौं गीतमा स्वर भरिन् । विश्वका दर्जनौं देश घुमिन् । देश विदेशका कन्सर्टहरूमा पर्याप्त सहभागिता जनाइन् । गायन क्षेत्रमा बलियो उपस्थिति जनाउन सक्षम भइन् । तर, उनी पनि दाम्पत्य जीवनमा भने असफल भइन् । विवाहको ६ वर्षमा उनले पति मेन्सन अमात्यसँग सम्वन्ध विच्छेद गरिन् ।
तीन महिनाअघि काठमाडौं जिल्ला अदालतमा पुगेर औपचारिक रूपमा दुवैले आ–आफ्नो फरक बाटो रोजे, सम्बन्ध विच्छेदको औपचारिक ‘ताम्रपत्र’मा हस्ताक्षर गरेर । मिलन अमात्यले गायक दीपक लिम्बूसँगको प्रेम चक्करका कारण पति मेन्सनसँगको सम्बन्धलाई बिराम दिएको बजारमा हल्ला चल्यो । तर, मिलनले त्यसमा खण्डन गरिन् । 


मिलनले आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउन चाहेकाले समझदारीमै डिभोर्स गरेको बताएकी छिन् । ‘सांगीतिक करिअरमा अगाडि बढ्दै गर्दा मैले उहाँको परिवारलाई पनि समय दिन सकिनँ’, मिलनले भनिन्, ‘यही कुराले हामी श्रीमान्–श्रीमतीबीच मनमुटाव सुरू भयो र समझदारीमा खुसीका साथ डिभोर्सको बाटो रोज्यौं ।


अरुणिमाअमित 
एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले पति अमित आर्यालसँग केही महिनाअघि डिभोर्स गरेकी छन् । अमेरिका बस्दै आएकी उनले १२ वर्षमो सहयात्रामा ब्रेक लगाइन् । अरुणिमा र अमितकी ६ वर्षकी एक छोरी छिन् ।


वैयक्तिक स्वतन्त्रतामा अमितको हस्तक्षेप बढ्न थालेपछि छुट्टिनुपर्ने निर्णयमा अरुणिमा पुग्न बाध्य भएको चर्चा छ । उनीहरूले करिव २ वर्षअघि अमेरिकाको ग्रिन कार्ड लिएर नेपाल छाडेका थिए । ९–१० महिनाकी छोरी छाडेर ५ वर्ष अघि सन् २०१२ मा उनीहरू अमेरिका छिरेका थिए । उनीहरूले सन् २०१५ मै नेपालमा रहेको आ–आफ्नो सम्पत्तिको भागवण्डा गरिसकेका थिए । छोरी अरुणिमाले राखेकी छन् । 


प्रियंकारोचक 
बैंकर रविना देशराजका जेठा छोरा आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण पछिल्लोपटक झनै चर्चामा आएकी अभिनेत्री प्रियंका कार्कीको पूर्वपतिबारे कमै  मात्र जानकार छन् । 


पछिल्लो एक वर्षयता आयुष्मानको प्रेममा चुर्लुम्म डुबेकी प्रियंका सम्बन्धकै बारेमा भने विभिन्न व्यक्तिसँग नाम जोडिएर विवादमा नआएकी होइनन् । दीपकराज गिरी, दयाहाङ राईलगायतका विभिन्न कलाकारसँग उनको सम्बन्ध रहेको हल्ला बजारमुखी थियो । आयुष्मानसँगको प्रेम सम्बन्धपछि सबै हल्ला मत्थर छन् । अमेरिकामा रहेका युवा रोचक मैनालीसँग विवाह गरी केही समय अमेरिका बसेर ग्रिनकार्ड समेत लिन भ्याएकी प्रियंकाले रोचकसँग सम्बन्ध विच्छेद गरी फिल्म क्षेत्रमा सक्रियता देखाइन् । पूर्वपति रोचकले अर्को विवाह गरिसकेका छन् ।


उनको सम्बन्ध टुट्नुको कारणचाहिँ रोचकले प्रियंकालाई अभिनयका लागि बन्देज लगाउनु रहेको खुलाइएको थियो । अहिले नयाँ प्रेमजोडी आयुष्मान र प्रियंका भने खुसी देखिएका छन् । उनीहरू भन्छन्, ‘हो, हामी विवाहका लागि तयार हुँदैछौं ।’ 


भुवनसुस्मिता 
अभिनेता भुवन केसी धेरैवटा चलचित्रमा आदर्श प्रेमी, आदर्श श्रीमान् र आदर्श बाबु बनेका छन् । पर्दामा देखिएको यही आदर्शले गर्दा नायक केसीले धेरै ‘फ्यान’ कमाए । टन्न दाम कमाए । काठमाडौंमा घर जोडे, गाडी जोडे । बैंकमा लाखौं सम्पत्ति पनि जोडे । तर, वास्तविक जीवनमा भने केसीले नराम्रोसँग दुःख पाए । 
अभिनेता भुवनले त्यो आदर्श बचाउन सकेनन् । पहिलो परिवार प्रेमपूर्ण हुन नसकेपछि दोस्री श्रीमती भित्राएका केसीका दुवै श्रीमती साथमा रहेनन् । ‘घरभरि कपडा, वीरे नांगै’ भन्ने उखानजस्तै दुई छोरा र दुई श्रीमतीका धनी भएर पनि नायक केसी एक्लो र निराश जीवन बिताइरहेका छन् । स्मरण रहोस्, अहिलेका सबैभन्दा महंगा अभिनेता अनमोलका बावुआमा हुन् भुवन र सुस्मिता बम्जन । अहिले सुस्मिता र भुवन आ–आफ्नो बाटो लागे पनि एक–अर्काका कुरा काट्न भने छाडेका छैनन् । भुवनसँग छोरा अनमोल बस्दै आए पनि सुस्मिता पनि अनमोलको निकै केयर गर्छिन् । माया गर्छिन् ।


मनिषासम्राट 
‘फेरि भेटौंला’बाट पर्दाको दुनियाँमा प्रवेश गरेकी अभिनेत्री मनिषा कोइरालाको वैवाहिक जीवन पनि उनको करिअर सुरुआतको फिल्मभन्दा फरक भएन । विवाहको केही वर्ष पनि नबित्दै उनले पति सम्राट दाहालसँग छुट्टिने निर्णय गरिन् । ७ वर्ष कान्छा पतिसँग उनको सम्बन्ध त्यति सहज हुन सकेन । 
बलिउडको व्यस्त जीवनबाट केही फुर्सद पाएपछि मनिषा विवाहका लागि जन्मभूमि आइन् । व्यवसायी दाहालसँग विवाह गरिन् । उनीहरूको सम्बन्ध लामो समय नरहनुको कारण भने वैचारिक समानता नभएको टिप्पणी कतिपय अन्तरवार्ताहरूमा मनिषा स्वयंले गरेकी थिइन् । 


छविरेखा 
डिभोर्सको विषयमा सबैभन्दा चर्चित खबर बन्यो, रेखा थापा र छविराज ओझाको । नेपाली फिल्म उद्योगमा राम्रो प्रभाव राख्ने निर्माता छवि र अभिनेत्री रेखाको वैवाहिक जीवन एक दशकपछि पूर्णविराम लाग्यो । सम्बन्ध विच्छेदको प्रमूख कारण उमेर र सोचको समानता नभएको रेखाले बताउने गरेकी छन् । उनले छविलाई पतिभन्दा बढी पिताजस्तो ठान्ने गरेको बताउँदै आएकी छन् ।


रेखा अहिले विवाहको तयारीमा रहेको बताउँछिन् । छवि पनि अर्की अभिनेत्री शिल्पा पोखरेलसँग विवाहको तयारीमा रहेको जनाउँछन् । असोजमै विवाह गर्ने बताएकी छवि–शिल्पाले अहिलेसम्म औपचारिक सम्बन्ध नजोडे पनि लिभिङ टुगेदरमा रहेको चर्चा बजारभरि छ । 


पूजासुरज 
लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री पूजा चन्दले अमेरिकामा गायक राजु लामासँग विवाह गरिन् । त्यसअघिका उनका पति सूरज चन्दसँग सम्बन्ध विच्छेद गरी अमेरिका पुगेकी थिइन्, उनी । पूजा र सूरजकी एक छोरी छन् । सूरजले मोडल रिया कार्कीलाई विवाह गरे । सूरज र पूजाबीच राजीखुसीमै सम्बन्ध बिच्छेद भएको थियो ।


रञ्जनाश्याम 
अभिनेत्री रञ्जना शर्मा र निर्देशक श्याम भट्टराईबीचको वैवाहिक जीवन पनि असफल भयो । विवाह गरेको केही वर्षमै श्यामले रञ्जनालाई अमेरिका पठाए । तर, श्यामलाई समेत अमेरिका लैजाने तयारीका साथ त्यहाँ पुगेकी रञ्जना नेपालै फर्किनन् । श्यामलाई चटक्कै छाडिन् । श्याम रञ्जना गएको धेरैवर्षपछि अमेरिका पुगे । अहिले रञ्जना के गर्छिन् अमेरिकामा, पत्तो छैन । श्याम अक्कल–झुक्कल सामाजिक सन्जालमा फिल्मसम्बन्धी काम गरिरहेको देखाउँछन् ।


सञ्चिताआकाश 
सञ्चिता लुईटेल एक समयकी चर्चित अभिनेत्री हुन् । उनले अभिनेता आकाश शाहसँग डिभोर्स गरेर अभिनेता निखिल उप्रेती रोजिन् । निखिल–सञ्चिताका २ सन्तान छन् । पहिली श्रीमती कोपिला उप्रेतीसँग प्रेमविवाह गरेका निखिलसँग दोस्रो श्रीमतीको रूपमा सञ्चिता घर भित्रिएकी हुन् । त्यसो त सञ्चिताले आकाश शाहसँग प्रेमविवाह नै गरेकी थिईन् । तर त्यो जोडी छोटो समयमै एक–अर्काबाट अलग भए । 


गौरीप्रज्वल 
प्रकाश थापाले निर्देशन गरेको ‘सन्तान’बाट चलचित्र खेल्न सुरू गरेकी गौरी मल्लले कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रो उपस्थिति देखाइन् । रूपभन्दा पनि अभिनय क्षमताका कारण गौरी चर्चित थिइन् । अभिनयकै दौरान गौरीको प्रज्जवल भण्डारीसँग विवाह भयो । विवाहपछिका केही वर्ष गौरी जापान बसिन् । तर, प्रज्जवलसँग उनको सम्बन्ध धेरै समय टिक्न सकेन । उनीहरूबीच सम्बन्ध बिच्छेद हुन पुग्यो । गौरी अहिले एक्लै बस्दै आएकी छन् ।


अञ्जुमनोज 
गायिका अन्जु पन्त र मनोज पनि विवाह गरेको करिब दश वर्षपछि एकअर्काबाट अलग भए । पतिसँगको लामो असहजताका कारण उनले डिभोर्स गरेको बताउँदै आएकी थिइन् । मनोजले आफूमाथि गरेको अन्याय र अत्याचार सहन नसकेको उनको भनाई छ । डिभोर्स हुनुभन्दा अघि पनि मनोजले अञ्जुलाई अचेत अवस्था हुनेगरी पिटेका खबरहरू आएका थिए । 


मनोजले आफ्नो चरित्रमाथि सधैँ शंका गर्ने र झगडा गर्ने गरेको अञ्जुले बताएकी छिन् । हाल अन्जुको साथमा छोरी पनि छिन् । मनोजले भने अर्को विवाह गरिसकेका छन् । उनले आफ्नी नयाँ श्रीमतीलाई पनि गायिका बनाएका छन् । मनोजसँगको कुराकानीमा उनले अन्जुलाई त्यति धेरै घृणा भने गरेनन् । अन्जु नेपालकी राम्रो क्षमता भएकी गायिका भनेर खुसी दर्शाए । 


छुल्ठिमधीरज राई
‘डायरी’ चलचित्रकी निर्माता एवं नायिका छुल्ठिम गुरूङ हाल एक्लै छिन् । ‘नोभेम्बर रेन’बाट चर्चामा आएकी छुल्ठिम गायक धीरज राईकी पूर्वपत्नी हुन् । विवाह गरेको दुई वर्ष नबित्दै उनले धीरजलाई छाडिदिइन् । छुल्ठीम र धीरजको सम्बन्ध के कारणले टुट्यो, त्यो भने अहिलेसम्म उनीहरूले खुलाएका छैनन् । छुल्ठीम पनि यस विषयमा त्यति बोल्न चाहिनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x