×

NMB BANK
NIC ASIA

दशकमा ५ गुणा बढ्यो बिमा बजार

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ फागुन– एक दशकमा नेपाली बिमा बजार करिब सवा ६ गुणाले विस्तार भएको छ । उक्त अवधिमा बिमा कम्पनीहरूले संकलन गरेको प्रिमियम (बिमा शुल्क) र लगानीका आधारमा बजार क्रमशः सवा ५ र साढे ५ गुणाले बढेको हो । 

Muktinath Bank

यो अवधिमा बिमा कम्पनीको संख्या र चुक्ता पुँजी बढ्नुका साथै तीव्र व्यावसायिक वृद्धि भएकाले समग्र बिमा बजारको दायरा फराकिलो बनेको हो । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्म कुल बिमा शुल्क (प्रिमियम) ५७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमध्ये जीवन बिमा शुल्क ३८ अर्ब ८६ करोड र निर्जीबन बिमा शुल्क १८ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको देखिन्छ । एक दशकअघि (सन् २००७÷०८) को तुलनामा प्रिमियम करिब ५ सय १३ प्रतिशत (सवा ५ गुणा) ले बढी हो । 


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष सन् २००७÷०८ मा कुल प्रिमियम ९ अर्ब ३४ करोड रुपैयाँ थियो । उक्त अवधिमा जीवन बिमा कम्पनीहरूले ५ अर्ब ४८ करोड र निर्जीवन बिमा कम्पनीहरूले ३ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको समितिको तथ्यांक छ । एक दशकको अवधिमध्ये पनि पछिल्ला तीन वर्षमा बिमा क्षेत्रको विस्तार तीव्र रूपमा भएको देखिन्छ ।

Vianet communication
Laxmi Bank

उक्त अवधिमा बजारमा नयाँ कम्पनी थपिनुका साथै चुक्ता पुँजी पनि बढाइएकाले बिमा क्षेत्रको विस्तार तीव्र भएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘नयाँ कम्पनीहरूले आक्रामक रूपमा व्यवसाय खोज्न लागे, पुँजी बढेपछि पुराना कम्पनीहरूलाई व्यवसाय विस्तार गर्न दबाब पुग्यो,’ उनले भने, ‘यसकारण समग्र बिमा बजारको विस्तार र बिमा पहुँच पनि बढेको हो ।’ 

बिमा कम्पनीहरूले बजारमा विभिन्न किसिमका ‘प्रडक्ट’ ल्याए पनि वितरण प्रणाली प्रभावकारी हुन नसकेकाले अपेक्षित रूपमा व्यावसायिक विस्तार हुन नसकेको चापागाईंले बताए, कान्तिपुरमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x