माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
जनकपुरधाम, १३ फागुन– कुनै बेला राज्य सत्ताँंग बिद्रोह गरी बन्दुक उठाएका व्यक्ति अहिले प्रदेश सभा सांसद बन्न सफल भएका छन् ।
आफ्नै निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारीलाई हत्या गर्न गोली चलाउन आदेश दिने, शाखा अधिकृतलाई गोली चलाउन लगाएर हत्या नै गराएका तत्कालिन भूमिगत समूहका नाइके नै अहिले प्रदेश सभा सांसद बन्न सफल भएका छन्, २ नम्बर प्रदेशमा । तत्कालिन भूमिगत सशस्त्र समुह संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय संयोजक पबन गिरी भनिने प्रल्हाद गिरी गोस्वामी अहिले पर्सा जिल्लाबाट सांसदको रूपमा निर्बाचित भए ।
को हुन् गिरी ?
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका ६, माधोपुरका प्रल्हाद गिरीको जन्म २० असाढ २००७ सालमा भएको हो । भारतको बिहारबाट प्रबेशिका परीक्षा उत्तीर्ण गरेका गिरीले त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह, भारत बिहार बाटै स्नातक तह उत्तीर्ण गरेका छन् । उनी बीरगंजको ठाकुरराम कलेजमा पढ्दै गर्दा २०२६ साल देखि नै राजनीतिमा रुची राख्न थाले । अखिल विद्यार्थी युनियनमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरे पनि सांगठनिक जीवन भने २०३१ सालबाट उनले प्रारम्भ गरेका थिए ।
बिरगंज कलेजमा पढिरहेका बेला सहपाठी माधब कुमार नेपाल (जो अहिले एमाले नेता तथा पुर्ब प्रधानमन्त्री छन् )को संगतमा आएर संगठनको कामहरू गर्न थाले । काठमाण्डौको महाराजगंजमा दुइ बर्षे स्वास्थ्य तालिम लिएर उनी पर्सा जिल्लामा हेल्थ पोस्टमा इन्चार्जको रुपमा सरकारी जागिर पाएका थिए । २०२९/०३० सालतिर झापा आन्दोलन सुरु हुँदा गिरी संगठनमा खुल्ला रहेरै भूमिगत कामहरू गर्थे । पछि संगठनमा लागेर काम गरिरहेको कुरा खुले पछि राजकाज मुद्दा उनी माथि चलाईयो । पक्राउ पुर्जी जारी भयो । र, उनि पक्राउ परेर जेल पनि परे ।
एमालेको राजनीति
२०३२ साल देखि २०३४ साल सम्म बीरगंजको जेलमा दुई बर्ष सजाय काटेर बाहिर आएपछि उनको सरकारी जागिर पनि गईसकेको कारण उनी पोखरा गए । त्यहाँ एक बर्ष पछि प्रशिक्षण केन्द्रमा फेरी प्रशिक्षकको रूपमा उनले सरकारी जागिर पाए । २०३९ साल सम्म सरकारी जागिर गरे ।
जागिरकै क्रममा कम्युनिस्ट कोओर्डिनेसन केन्द्रमा आबद्ध भई संगठन निर्माण,प्रचार प्रसार को कामहरु गर्न थाले । २०३६ सालमा जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार प्रसार गर्न थाले । सरकारी जागिर भए पनि अस्थाई भएका कारण र जनमत संग्रहमा बहुदलको पक्षमा लागेका कारण उनलाई जागिरबाट पुनः बर्खास्त गरियो । जागिरबाट निकालिएपछि उनी घर फर्किए । त्यहाँ नेकपा माले पर्सा जिल्ला कमिटी सदस्य बनाईयो । २०४६ सालको आन्दोलनमा उनले भाग लिए ।
पार्टी नेकपा माले बाट एमाले भयो । उनलाई एमालेको पर्सा जिल्ला कमिटीको सचिब बनाईयो । त्यतिबेला सचिब नै प्रमुख पद हुन्थ्यो । २०५१ सालमा भएको मध्यावदी चुनाबमा पनि उनी उठे । पर्सा जिल्लाको संसदीय क्षेत्र नम्बर ३ बाट उनले प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट टिकट पाए पनि नेपाली कांग्रेसका सुरेन्द्र चौधरीबाट पराजित भए । २०५६ सालमा फेरी उनले एमालेबाटै चुनाब लडे तर, फेरी पनि कांग्रेसका सुरेन्द्र चौधरी बाट पराजित भए । ‘२०५६ सालको चुनाबमा कांग्रेसले धाँधली गरेको थियो । प्रशासनिक धाँधली र बुथ कब्जा गरेका कारण मैले २१ हजार मत प्राप्त गरे पनि हराईयो । त्यति बेला जनताको मतबाट म निर्बाचित भएको थिएँ तर, धाँधली गरि मलाई जबर्जस्ति हराईयो’ गिरीले लोकान्तरसँग भने ।
एमालेमै रहेको बेला तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि पार्टीले जनकपुरमा सातौ महाधिवेशन बोलायो । पार्टीले आन्दोलनको कुरा नगरेर महाधिवेशनमा गैर राजनीतिक अदुरदर्शिता देकाएका कारण मन खिन्न भएपछि एमाले त्यागेको उनी बताउछन् । सोही काररण उनले २०६१ सालमा नेकपा एमाले पार्टी परित्याग गरे । राजा ज्ञानेन्द्रको प्रतिगमन बिरुद्ध २०६२,०६३ सालमा आठ राजनीतिक दलको अगुवाइमा जनआन्दोलनको घोषणा भयो । स्वतन्त्र नागरिकको हैसियतले जन आन्दोलनमा उनी सहभागी भए ।
२०६३ साल माघमा मधेशमा पनि जनविद्रोह भयो । स्वतन्त्र तराई नागरिक समाज बनाएर उनी त्यसको संयोजक भई मधेश आन्दोलनमा सरिक भए । गिरी भन्छन, ‘नेपालगंज घटनामा भएको लूटपाटको सीडी बनाएर मधेशका बिभिन्न जिल्लाहरूमा वितरण गरें ।उक्त सीडीले मधेश आन्दोलनमा उर्जा थप्ने काम गर्यो ।’
सीडी वितरण गरेर आन्दोलन चर्काएको आरोपमा प्रशासनले आफूविरुद्ध वारेन्ट जारी गरी प्रहरीले पक्राउ पुर्जी समेत जारि गरेको उनले बताए । ‘त्यस पछि प्रहरीबाट बच्नका लागि भारतमा निर्बासित रहेको बेला अलग्गै देश बनाउनु पर्छ भन्दै भूमिगत भई बिद्रोह गरिरहेका जयकृष्ण गोईत संग भेटघाट भयो’ उनले लोकान्तरसँग भने । ३ चरणको भेटबार्ताबाट गिरी प्रभावित भए । पछि गोईतको एजेण्डाबाट प्रभावित भई गिरी पनि भूमिगत सशस्त्र समुहमा आबद्ध भएको उनी बताउछन् ।
गोईतले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चामा गिरीलाई केन्द्रिय सदस्य बनाईयो । तर, उनी त्यहाँ पनि सन्तुष्ट भएनन् । गिरी भन्छन, ‘शान्तिपूर्ण जनआन्दोलनले मधेशको मुक्ति हुन सक्दैन भनेर भूमिगत भई हतियार उठाउन तयार भएको थिएँ । तर, गोईतजी न त आफै कुनै एक्सन लिनुहुन्थ्यो न त हामीहरूलाई नै गर्न दिइरहेका थिए ।’
स्वतन्त्र मधेशको मुद्दाबाट आकर्षित भई आफूहरू भूमिगत भए पनि त्यहाँ गोईत त आफ्नै जातीको सीमित मण्डली बनाएर अपारदर्शी ढंगले संगठन संचालन गरिरहेका गिरीको निश्कर्ष रह्यो । ‘त्यसैले पुर्ब देखि पश्चिम सम्मको साथीहरू भेला भई गोईतबाट अब पार लाग्दैन, आन्दोलन अगाडी बढ्दैन ठहर गर्दै अलग्गै पार्टी निर्माण गर्नु पर्छ सोचका साथ् हामी अगाडी बढ्यौं,’ गिरी स्मरण गर्छन् । त्यस पछी गिरीले २०६४ साउनमा आफ्नै नेतृत्वमा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा निर्माण गरे । गोईत संग उनी ६ महिना मात्र रहन सके ।
आफ्नै अगुवाइमा छुटै सशस्त्र समुह निर्माण गरे पछि उनको संगठनले मधेशमा हिंसात्मक गतिबिधीलाई तिब्रता दियो । गिरी भन्छन, ‘हामीले थुप्रै निर्णय लियौं ।’ पर्सा जिल्लाका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न खोज्दा उनका अंगरक्षक मारिए । गिरी भन्छन, ‘शाखा अधिकृत मोहन मैनालीलाई हामीले कारबाही गर्यौं । मधेशका कतिपय जिल्लाहरूमा हाम्रो एक्सन भए पनि हामीले जनतालाई केहि पनि गरेका थिएनौं, हाम्रो टार्गेट मात्र सरकारी निकायमा हुन्थ्यो ।’
त्यस पछि नेपाल सरकारले बार्तामा आउन औपचारिक पत्र पठायो । तत्कालिन शान्ति मन्त्री विश्वनाथ साहले हामीलाई बार्तामा आउन पत्राचार गरेका थिए । २८ साउन २०६८मा हेटौडामा सरकारसंग उनीहरूको पहिलो चरणको बार्ता भयो । गिरी भन्छन, ‘हामीले आफूहरूसंग रहेको ९ थान जति पेस्तोल सरकारलाई बुझायौं ।’ आफ्ना कार्यकर्ताहरूमाथि लगाईएका मुद्दाहरू फिर्ता लिने, पक्राउ परेकाहरूलाई रिहाई गर्ने भनेर सरकारले सम्झौता त गर्यो तर, कार्यन्वयन भने गरेन उनको गुनासो छ ।
पहिलो संविधान सभा भंग भएको थियो । स्वतन्त्र मधेशको मुद्दालाई त्यागेर संघीयताको मुद्दालाई स्वीकार गरि मुलधारमा आएकाले त्यति बेला संघीयताको मुद्दामा माओबादी नै बढी सकारात्मक लागेकाले माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग कुरा गरेर उनी माओबादीमा प्रवेश गरे । २०७० सालको संविधान सभा निर्वाचनमा माओबादीको तर्फ बाट फेरी चुनाब लडे । र, फेरी पनि तेस्रो पटक नेपाली कांग्रेसका सुरेन्द्र चौधरी बाट पराजित भए ।
माओबादीमा असहज हुन् थाले पछि २०७१ सालमा पुनः पुरानै पार्टी नेकपा एमालेमा उनी फर्किए । एमालेमा उनलाई केन्द्रीय सदस्य बनाइनुका साथै पर्सा जिल्ला सह इन्चार्ज बनाइयो, तर, संबिधान निर्माणका क्रममा एमालेको अडान, संशोधनका लागि लचक नभएको तथा, एमाले अध्यक्ष केपी शर्मा ओली अभिव्यक्तिका कारण २०७४ बैशाखमा एमाले पनि परित्याग गरे ।
राजनीति नै नगर्ने, गरे मधेशबादी दलमा मात्र लाग्ने ठहर गरेर बसेका बेला संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबवँग कुराकानी भए पछि उनी फोरममा प्रवेश गरे । प्रदेश सभाको निर्बाचनमा पर्सा ३(२) बाट उनी चुनाब लडे र, पहिलो पटक चुनाब जित्न सफल भए ।
बन्दुकको बाटो भन्दा ब्यालेटकै बाटो राजनीतिक समस्या समाधानका लागि उपयुक्त रहेको अनुभूति गरिरहेका गिरी भन्छन, ‘जयकृष्ण गोईत बार्तामा आए झन् राम्रो । उहाँ नआए पनि भबिष्यको लागि ठिकै छ । यदि संघीय सरकारले संघीयतालाई धरापमा पार्न सड्यन्त्र गर्छ भने गोईतजी को बाटो अन्तिम बिकल्प हुन सक्छ ।’
तराई मधेशको भूमिगत गुरिल्ला लडईका लागि उपयुक्त नभएको तथा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति समेत अनुकूल नभएका कारण गोइतले पनि अब बन्दुकको बाटो छोडेर मूलधारमा आई संघीयतालाई नै संस्थागत र अधिकार सम्पन्न बनाउन तिर लाग्दा बढी अनुकूल उनको सुझाव छ ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...