×

NMB BANK
NIC ASIA

एक कारुणिक कथा : ‘हर रात ओछ्यानमा मलाई पतिले राक्षस जस्तो उपभोग गर्थ्यो’

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ फागुन — म पतिसँग यसअघि पनि झुटो बोल्थें । तर त्यतिखेर म त्यस झुटको नाफा नोक्सान थाहा पाउँथे । यतिखेर चाहिँ म इनारमा हाम्फालिरहेको जस्तो लाग्यो । 

त्यतिखेरको कुरा बेग्लै थियो । मैले पतिलाई आफ्नो तलब पनि कम बताएकी थिएँ । यसो गर्दा म पैसा जम्मा पार्न सक्थें र उसलाई रक्सीमा पैसा उडाउनबाट रोक्न सक्थें । 

मेरो यो गतिविधि पतिले थाहा पाएमा ममाथि कुटपिट हुनेछ, आँखा सुन्निनेछ, जिउ दुख्नेछ र कम्मरमा केही दाग हुनेछ भन्ने मलाई थाहा थियो । तैपनि बैंकमा फिक्स्ड डिपोजिटमा राखेको पैसा उसले निकाल्न सक्दैनथियो । 

एक भद्र महिलाले मलाई यसो गर्न सुझाव दिएकी थिइन् । नभए त बैंकमा खाता खोल्न र पैसा जम्मा गर्न मजस्ती गाउँले युवतीले के सक्नु र ?

आज पनि मैले गर्न गइरहेको कुराको बारेमा तिनै महिलाले बताएकी थिइन् । तर मलाई एकदमै डर लागिरहेको थियो । अहिले त मेरो शरीर नै दाउमा थियो । अनि अपरेसनका क्रममा मृत्यु पनि हुन सक्छ भनी मैले थाहा पाएकी थिएँ । 

तर जिन्दगी नै मृत्यु जस्तो लाग्न थालेको थियो । म जम्मा २२ वर्षकी थिएँ तर ४० जस्ती देखिन्थें । 

शरीर पातलो त थियो र जवान थिएन । हाडहरू किर्लिक्क देखिन्थे । आँखामुनि काला खाल्डा थिए र अनुहार निर्दोषितको ठाउँमा थकानका कारण उँघिरहेको जस्तो देखिन्थ्यो ।

हिँड्दा पनि कम्मर अलिकति झुकेको जस्तो देखिन्थ्यो । अरूले हेर्दा मेरो शरीर पो यस्तो थियो । तर मभित्र केही कुरा छरिएको थियो र त्यसको चिच्याहट मेरो कानमा गुञ्जिरहन्थ्यो । 

आरम्भमा मलाई केही पनि गलत भइरहेको भन्ने नै लाग्दैनथियो । पन्ध्र वर्षकी हुँदा मेरो बिहे भएको थियो र बिहेपछि म शहर आएकी थिएँ । लोग्ने कामबाट घर फर्केपछि खाना खान्थ्यो अनि ओछ्यानमा उनलाई मेरो आवश्यकता
हुन्थ्यो ।

म उनका लागि मात्र एक शरीर थिएँ जसको भावनालाई उनी कुनै मतलब गर्दैनथिए । 

त्यतिसम्म त ठीकै थियो । अनि मेरी छोरी जन्मी । अनि उसले मलाई पिट्यो । अनि उसले पहिलोचोटि रक्सी पियो । अनि ओछ्यानमा सबै रिस निकाल्यो । 

त्यसपछि दोस्री छोरी भई । अनि उसले काम छोडिदियो । मैले काम गर्न थालें । अनि तेस्री छोरी जन्मी । 

मलाई उसले कुटपिट गर्ने, मैले कमाएको पैसारक्सीमा उडाउने अनि ओछ्यानमा राक्षसले जस्तो मेरो शरीरको उपभोग गर्ने क्रम जारी रह्यो । तर म मौन बसें । सबै महिलाले यस्तो भोग्नुप–यो, आमाले भन्नुहुन्थ्यो । 

चौथोपल्ट म गर्भवती हुँदा २० वर्षकी थिएँ । अर्धमृत शरीर लिएर म मालिक्नीको घरमा काम गर्न जान्थें । मेरो पेट फुलेको देखेर उहाँ रिसाउनुभयो । 

Muktinath Bank

उनले सोधिन्, ‘जन्माउन सक्छ्यौ ? शरीरमा पर्याप्त रगत छ त ?’ मैले भनें, ‘सक्छु ।’

धनी परिवारकी यी मालिक्नीले मेरो जीवनको पीडा के बुझ्लिन् भन्ने लाग्थ्यो । छोरो नजन्मिउन्जेलसम्म मैले यो सब सहनुपर्थ्यो । 

बैंकमा पैसा जम्मा गर्ने सल्लाह र सहायता एउटा कुरा भयो तर घरपरिवारको सूक्ष्म कुराहरू उनलाई म सम्झाउन सक्दिनथिएँ । 

सबै कुरा चुपचाप होस् भन्ने म चाहन्थे । म गर्भवती छु भन्ने कसैले थाहा नपाओस्, मेरो शरीर परिवर्तन नहोस्, मेरो जिन्दगीको कथा सार्वजनिक नहोस् भन्ने चाहन्थें ।

छोरो जन्मेपछि सबै कुरा ठीक हुनेछ भन्ने मलाई विश्वास थियो । कुटपिट, रक्सी अनि ओछ्यानको त्यो घिनलाग्दो सिलसिला टुट्नेछ भन्ने मलाई विश्वास थियो । हुन पनि छोरा नै भयो । 

अस्पतालमा नर्स आएर छोरो भयो भनेपछि म रुन थालें । बच्चा जन्माउनका लागि मैले १० घन्टादेखि पीडा सहें र नौ महीनासम्म कमजोर शरीर पालेको थकान एक क्षणमा गायब भयो । तर कुनै कुरा परिवर्तन भएन । त्यो घिनलाग्दो
सिलसिला जारी रह्यो । 

मेरो गल्ती के थियो ? अब त मैले छोरो जन्माइसकेको थिएँ । तर मेरा पतिलाई शैतान बन्ने बानी बसिसकेको थियो । 

मेरो शरीर ध्वस्त भइसकेको थियो । म फेरि गर्भवती हुँला भन्ने डरले मलाई जतिखेर पनि सताइरहन्थ्यो । 

एक दिन मालिक्नीले मेरो फुंग उडेको अनुहार हेरेर मलाई सोधिन्, ‘जिन्दगीमा एउटा कुरा बदल्नुप–यो भने के बदल्छौ ?’ 

म हाँसें । आफ्नो इच्छाका बारेमा मैले कसैसँग पनि सोचेकी थिइनँ अनि यसका बारेमा कसैलाई केही सोधेकी पनि थिइनँ ।

तर यो हाँसोमा उडाउने कुरा थिएन । मैले यसबारेमा खुब सोचें । एक हप्तापछि मेरो जवाफ तयार भयो । 

मैले भनें, ‘म अब आमा बन्न चाहदिनँ ।’

तर पतिलाई म कसरी रोक्न सक्छु भन्ने थाहा थिएन । मैले उसलाई बुझाउने प्रयास गरेको हो । तर ऊ ओछ्यानमा मलाई सताउन छोड्दैन । मेरो कमजोर शरीरको उसलाई मतलब छैन । बच्चाहरूको जिम्मेवारी उसले कहिल्यै
लिएन, अनि मलाई उससित के डर ।

अनि मालिक्नीले भनिन्, ‘स्थायी परिवार नियोजन गर । तिमीले उसलाई राति रोक्न नसकेपनि गर्भवती हुनबाट त आफूलाई रोक्न सक्छ्यौ नि ।’

मलाई यसका बारेमा केही थाहा थिएन । केही दिन बिते । मेरा थुप्रै प्रश्नहरू थिए । मालिक्नीले उत्तर दिँदा दिँदा थाकेपछि एउटा क्लिनिकको ठेगाना दिइन् । 

त्यहाँ मजस्ता अन्य महिला थिए । उनीहरूबाटै मैले स्थायी परिवार नियोजनको शल्यक्रिया छिट्टै हुनेछ अनि केही गडबडी भएमा ज्यान जान पनि सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महीनौंसम्मको सोचविचारपछि पति र बच्चाहरूलाई झुटो बोलेर एक्लै क्लिनिक जाँदा दिमागमा डर छाइरहेको थियो । 

तर म थाकिसकेको थिएँ । डर पनि थियो अनि हताशा पनि । यसो गर्नु खतरनाक थियो तर कमसेकम यसपछि मेरो जिन्दगीको एक भाग मेरो नियन्त्रणमा रहने थियो । 

अनि मेरो अपरेसन भयो । म मरिनँ । केही दिनसम्म कमजोरी र पीडा रह्यो । तर अहिले सबै कुरा ठीक छ । 

दश वर्ष बितिसकेका छन् । अहिले ३२ वर्षकी भएको छु । म त्यसपछि आमा बनिनँ । मेरो पतिलाई पनि अनौठो लागेन । 

मेरो अपरेसन मेरो निजी कुरा हो । यो निर्णय मैले नितान्त आफ्नो लागि गरेकी थिएँ ।

दिव्या आर्यद्वारा लिखित बीबीसी हिन्दीमा हर चोइस शीर्षक शृंखलामा प्रकाशित सामग्री


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x