×

NMB BANK
NIC ASIA

सुकुरानीको पीडा- भूकम्पमा घर भत्कियो, छोरा बिरामी भएपछि पति बेपत्ता

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

दमौली १३ फागुन - सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका वडा नं ७ कि सुकुरानी तामाङगलाई भाग्यले पटक— पटक ठगिरहेको छ । पहिला भूईचालोले घर भत्कायो ,त्यसपछि ७ बर्षिय विन्दास बिरामी परे ।अनि छोरो बिरामी भए लगत्तै श्रीमान् वेपत्ता भए ।

Muktinath Bank

तैपनि सकुरानी जीवन देखि हार खाएकी छैनन् ।बिरामी छोराको उपचार गराएर निको पार्न अठोटका साथ सर्घष गरिरहेकी छन् । राजधानी स्थित टिचिङ हस्पिटलमा छोरालाई भर्ना गराएर सुकुरानी सहयोग जुटाउन विभिन्न स्थानमा भौतारिदै हिडेकी छन् ।यसरी भौतारिदै हिड्नेक्रममा आइतबार सुकरानी तनहुँको सदरमुकाम दमौली आइपुगेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमौली आइपुगेकी सुकुरानी सास भइञ्जेल आश हुँदो रहेछ छोरालाई बचाउन सकिन्छ कि भनेर हात थाप्दै हिडेको बताउँछिन् । राम्रो अस्पतालमा लगेर उपचार गरे निको हुने डाक्टर बताएका छन् त्यही आशले सहयोग जुटाउँदै हिडेको छु सुकरानीले भनिन् ।


Advertisment
Nabil box
Kumari

छोराको सुरुमा फियोको समस्या देखिएकोमा अहिले अन्य समस्याहरु समेत थपिएको सुकुरानी बताउँछिन् ।उपचार खर्च नहुँदा सुरुमा अस्पतालले भर्ना लिनै नमानेको र पूर्वमन्त्री मोहनबहादुर बस्नेत स्वयं अस्पतालमा उपस्थित भएर भर्ना गर्नुपरेको सुकुरानी भनाई रहेको छ । भर्ना गर्नका साथै उपचारका लागि २० हजार रुपैयाँ समेत पूर्वमन्त्री बस्नेतले सहयोग गरेका कारण आफूलाई केही राहत मिलेको सुकुरानीले बताइन् । पूर्वमन्त्रीका अलावा अन्य संघसंस्था समेत केही सहयोग गरेकाले उपचारमा केही राहत मिलेपनि थप खर्च जुटाउन नसक्दा झन चिन्ता थपिन थालेको सुकुरानीले बताइन् ।

Vianet communication
Laxmi Bank

तीन सन्तानकी आमा सुकुरानी जेठी छोरीले भागी विवाह गरेर घर जम गरेको र कान्छी छोरी भाईलाई अस्पतालमा कुर्दे बस्नु परेकोले उसको पढाईमा समेत समस्या परेको बताउँछिन् । छोराको उपचारका लागि भएभरको जायजेथा सकेको समेत सुकुरानी बताउँछिन् । छोराको उपचारका लागि सहयोग जुटाउँदै हिड्दा आफूले कहिले काही निकै नमिठा क्षणहरु समेत बेर्होनु परेको बताउँछिन् ।तैपनि बचनको बाण सहेरै भएपनि छोराको उपचारका लागि सहयोग जुटाउन नछाडेको सुकुरानी बताउँछिन् । मैले जस्तो पीडा कसैले भोग्ने नपरोस् गहभरि आँशु लिदै सुकुरानीले भनिन् ।मेरो छोराका उपचारमा जति सक्नुहुन्छ सहयोग गरिदिनुस दुई हात जोड्दै सुकरानीले भनिन् ।

नोटः सहयोग गर्न चाहने व्यक्तिले सुकुरानी तामाङलाई ९८६९४९१०७३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x