विमानस्थल भन्सार कार्यालयका नासु ५० हजार घुससहित पक्राउ

फागुन १३, २०७४

काठमाडौं, १३ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलको भन्सार कार्यालयमा कार्यरत एक नायव सुब्बा (नासु) ५० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । 

विमानस्थल भन्सार कार्यालयको हिरा, सुन, चाँदीजस्ता बहुमूल्य धातु परीक्षण गर्ने कक्षमा कार्यरत नासु राजदीप शाक्य ५० लाख घुससहित पक्राउ परेका हुन्  । 


ADVERTISEMENT

शाक्यलाई आइतवार साँझ पक्राउ गरिएको अख्यिार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । निजामति सेवामा शाखा अधिकृत पदबाट अवकाशप्राप्त उनी करार सेवामा नासु पदमा कार्यरत थिए । 

नासु शाक्यले दुई टन चाँदी भन्सार पास गराउँदा प्रतिटन २५ हजारका दरले घुस मागेका थिए । सोही सूचनाका आधारमा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । 
 

फागुन १३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार