×

NMB BANK
NIC ASIA

नयाँ संरचनामा शैक्षिक गुणस्तर कायम गर्न समस्या

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ १३ फागुन - मुलुकमा आएको संरचनात्मक परिवर्तनसँगै स्थानीय तहमा शिक्षासम्बन्धी नीति, ऐन तथा नियम बन्ने क्रम शुरु भएपनि शैक्षिक गुणस्तर र सुशासन कायम गर्न तत्कालका लागि अन्योल देखिएको छ । 

Muktinath Bank

नेपाल सरकारद्वारा स्थानीय तह सञ्चालन ऐन, २०७४ जारी गरी शिक्षासम्बन्धी २३ वटा कार्यक्षेत्र तोकिएकोमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव देखिएको विज्ञ एवं सरोकारवालाले जनाउनुभएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले आज आयोजना गरेको ‘संघीयतामा शिक्षाः संरचना र नीतिगत सवालहरु’ विषयको छलफल कार्यक्रममा केन्द्र र प्रदेश सरकारले सहजीकरण र हस्तान्तरण छिटो गरी संविधानतः स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने माध्यमिक तहसम्मको गुणस्तरीय, निःशुल्क एवं सर्वसुलभ सार्वजनिक शिक्षाको विकासको गति तीव्र बनाउनुपर्नेमा वक्ताहरुले जोड दिनुभएको थियो । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले शिक्षामा प्रगतिशील कर प्रणाली र विद्यालय ‘जोनिङ’ प्रणाली लागू गरी स्थानीय तहमा संविधानको मर्मअनुरुप निःशुल्क तथा अनिवार्य शिक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो । 

Vianet communication
Laxmi Bank

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले स्थानीय तहले गरेका असल अभ्यासलाई पनि सार्वजनिक गरी प्रोत्साहन गर्न आग्रह गर्नुभयो । शिक्षा मन्त्रालयका उपसचिव सुशीलबाबु खनालले हालसम्म शिक्षा मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन हुँदै आएका शैक्षिक व्यवस्थापनसम्बन्धी कार्यको कानूनी तथा संरचनात्मक ढाँचा स्पष्ट गर्नुपर्ने तथा प्राविधिक जनशक्ति उत्पादनमा प्रादेशिक समन्वय ढाँचा स्पष्ट गर्नुपर्ने बताउनुभयो । 

उहाँले मन्त्रालयवाट तयार भएको संङ्गठन संरचना स्वीकृत नभएको र शैक्षिक सेवा प्रवाहका लागि संरचना तदर्थ रुपमा तयार भइरहेकाले कर्मचारी व्यवस्थापन जटिल बनेको जानकारी दिनुभयो । 

पूर्वसचिव महाश्रम शर्माले संघीय संरचना लागू भइसकेता पनि अझ पनि शिक्षा मन्त्रालयले संघीय ऐन तथा प्रादेशिक ऐनको ढाँचा तयार नगर्नुले संघीयतालाई सहयोग नपुग्ने धारणा राख्नुभयो । 

स्थानीय तह पुनःसंरचना आयोगका तत्कालीन अध्यक्ष बालानन्द पौडेलले स्थानीय तहले शिक्षासम्बन्धी आफ्नो अधिकारको प्रयोग गर्न सक्दैन भन्ने सोच राख्नु केन्द्रियता नै हावी गराउने पुरानो सोच भएको तर्क प्रस्तुत गर्नुभयो । 

शिक्षा विभागका निर्देशक केशव दाहालले शिक्षासम्बन्धी कार्यक्षेत्रबारे स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउन शिक्षा विभाग सदैव तयार रहेको बताउनुभयो । 

उहाँले शिक्षक व्यवस्थापन, पाठ्यक्रम, मूल्याङ्कन प्रणाली, प्रमाणीकरण आदि जस्ता विषयको एकरुपताका लागि कानुन मन्त्रालयसँग समन्वय गरी राष्ट्रिय मापदण्ड तयार भइरहेको स्पष्ट पार्नुभयो । 

काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले शिक्षामा सुशासन र जवाफदेहीता महत्वपूर्ण विषय रहेको र अहिलेको संघीय संरचनामा को कसप्रति जवाफदेही रहने भन्ने संरचनात्मक अन्योलको अवस्था सिर्जना भएको अनुभव सुनाउनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले शिक्षकको नियुक्ति र सरुवा बढुवाको काम स्थानीय तहले गर्न नसक्ने दाबी गर्दै प्रदेशले उक्त जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ, काठमाडौँ महानगरपालिका वडा नं ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, कागेश्वरी मनोहरा नगरपालिकाकी कार्यपालिका सदस्य कला घिमिरेलगायतले आफूले गरेका अनुभव सुनाउँदै अझ थप तालीम प्रदान भएको खण्डमा स्थानीय तहले उचित ढङ्गले आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

एनसिई नेपालका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता, वरिष्ठ पत्रकार राजन शर्माको अवधारणा प्रस्तुति र एनसिई नेपालका बोर्ड सदस्य प्रकाश सिलवालको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x