×

NMB BANK
NIC ASIA

बिल सदर नगर्दा लेखापाल कुटिए, कार्यालय प्रमुखले पारे लाखौं झ्वाम [लोकान्तर खोज]

फागुन २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २४ फागुन– जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका लेखापाल महेन्द्र साह आफ्नै कार्यालयका कर्मचारीद्वारा कुटिएका छन् ।

Muktinath Bank

गत २० फागुन २०७४ मा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदानन्द देवको कार्यकक्षमा कार्यालय प्रमुखकै सामुने ढोका बन्द गरेर कार्यालयका क्षयरोग तथा कुष्ठरोग फाँटका अधिकृत रामगुलाम कर्णले लेखापाल साहलाई कुटपिट गर्नुका साथै गाली बेइज्जती तथा दुवर््यवहार गरेका हुन् । अनियमित खर्चको भुक्तानी निकासा नगरिदिँदा अधिकृत कर्णले कार्यालय प्रमुख देवको मिलेमतोमा आफूलाई कुटपिट गरेको साहको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘२० गते कुष्ठरोग फाँटका अधिकृत कर्णले २ लाख रुपैयाँ जतिको बिल पेश गरे । तर, बिलमा अनियमितता देखेपछि आफूले अनियमितता भएको भनेर टिप्पणी आदेश उठाएर सदर गराउन कार्यालय प्रमुख देव कहाँ पठाउँदा देवकै मिलेमतोमा कर्णले ढोका बन्द गरेर कुटपिट गर्नुका साथै गाली बेइज्जती गरे’ साहले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

धनुषाको ढल्केवरबाट महेन्द्रनगरसम्मको दूरीमा सार्वजनिक यातायात बापत एक जनालाई बढीमा २० रुपैयाँसम्म भाडा लाग्दछ । तर, कर्णले प्रति व्यक्ति ३ सय रुपैयाँ भाडा देखाएर निकासा माग गर्दा दाबी बढी भयो, कर्णद्वारा माग गरिएको दावी गलत हो भनेर सदर गराउन कार्यालय प्रमुख देव कहाँ टिप्पणी पेश गर्दा आफूलाई ढोका थुनेर गाली गर्दै कुटपिट गरेको साहले बताए । 

Vianet communication
Laxmi Bank

त्यसपछि कार्यालयमा प्रहरी बोलाइयो र हामी आफैंमा विवाद सल्टयाउँछौं भनेर कार्यालय प्रमुखले भनेपछि प्रहरी फिर्ता गएको थियो । तर, २१ गते कार्यालय प्रमुख देवले शाहलाई कुटपिट गर्ने कर्मचारी कर्णलाई विभागिय कारवाही नगरी उल्टै तपाईलाई कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषामा फिर्ता पठाइएको छ भनेर पत्र थमाए । 

आफूमाथि अन्याय भएको र कार्यालय प्रमुखबाट न्याय प्राप्ति नभएका कारण २३ गते जिल्ला प्रशासन कार्यालय धनुषामा हातपात र गर्ने कर्ण र गराउने कार्यालय प्रमुख सच्चिदानन्द देवलाई कारवाही गरी पाऊँ भन्दै साहले निवेदन दर्ता गराएका छन् । 

आवश्यक छानविन गरी दोषी कर्मचारीलाई कारवाही गर्छु भनेर धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले आफूलाई आश्वासन दिएको साहले बताए । यस सन्दर्भमा के भएको हो भनेर कार्यालयका कार्यालय प्रमुख देव र अधिकृत कर्णसँग बुझ्नका लागि लोकान्तरले सम्पर्क गर्न खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन ।

व्यापक भ्रष्टाचार र अनियमितता

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा भ्रष्टाचार र अनियमितताको अखाडा बनेको छ । जिल्लामै सबैभन्दा वढी भ्रष्टाचार हुने कार्यालय जिल्ला जनस्वास्थ्य कार्यालय भएको उक्त कार्यालयका कार्यरत एक कर्मचारीले बताए । 
जिल्लाको १५ किलोमिटर भित्रमा टिएडिए कुनै पनि कर्मचारीले खान नपाउने तर खाजाको लागि प्रति दिन ४ सय रुपैयाँको खाजा भत्ता व्यवस्था गरिएको छ ।

तर, कार्यालय प्रमुख देव आफैं कार्यालयमा हाजिर भएको दिन पनि टिएडिए भत्ता बापत १६ सय रुपैयाँ लिँदै आईरहेका छन्, ती कर्मचारीले आफ्नो नाम नलेख्ने सर्तमा भने,‘ नक्कली बिल भरपाई बनाएर लाखौं रुपैयाँ अनियमितता हुने गर्छ । जस्तै धनुषाको कुनै ग्रामिण क्षेत्र दुवरकोटमा कुनै कार्यक्रम भयो भने जनकपुरकै विल पेश हुन्छ । र, लाखौं रुपैयाँ हिनामिना हुने गर्छ ।’ यतिसम्म कि नक्कली पान नम्बर सहितको फर्जी बिल पनि पेश हुने गर्दछ, ती कर्मचारीको दाबी थियो ।

गाडी भाडामा अनियमितता

जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख तथा अधिकृतहरु गाडी भाडा बापत पनि हजारौं रुपैयाँ अनियमितता गर्ने गर्छन् ।  हेटौडा जाँदा एक दिनमा गएर फर्किने अवस्था हुन्छ । एक दिनमा फर्किन्छन् पनि । तर, बिल पेश गर्दा ७ देखि ८ हजार रुपैयाँ प्रति दिनको गाडी भाडा भन्दै एक दिनको ठाउँमा तीन दिन सम्मको बिल पेश गर्ने गरिन्छ । सम्झौता अनुसार प्रति दिन ६ हजार पाँच सय रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । तर, ८ हजार रुपैयाँसम्म भाडा लिने गरिएको छ । यसका अतिरिक्त लोड अनलोडको नाममा १५ सय देखि १६ सय रुपैयाँसम्मको बिल लिने गरिन्छ ।

औषधि खरिदमा व्यापक अनियमितता

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले प्रति वर्ष औषधि खरिदको नाममा समेत लाखौं रुपैयाँको हिनामिना गर्ने गर्छ । एक कर्मचारीका अनुसार गत वर्ष मात्रै खरिद गरिएको ९५ लाख रुपैयाँको औषधिमा समेत व्यापक हिनामिना भएको छ । टेन्डर गरेर सस्तो दरमा औषधि किन्नुको साटो १० प्रतिशत कमिशन लिएर प्रत्यक्ष आपूर्तिकर्ता मार्फत गुणस्तरहीन औषधि खरिद गरेर  कार्यालय प्रमुख देवले लाखौ रुपैयाँ हिनामिना गरेका छन् । अहिले पनि २५ लाख रुपैयाँको औषधि खरिद गर्नका लागि अख्तियारी आएको छ तर कार्यालय प्रमुख देवले टेन्डर आह्वान नगरी कमिशनका लागि सिधा आपूर्तिकर्तालाई प्रक्रिया नै पूरा नगरी दिन खोजेको ती कर्मचारीको भनाइ छ ।

डिजल पेट्रोलको नाममा हिनामिना

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा खोप सेवा संचालन गर्नका लागि किर्लोशकर जेनेरेटर राखिएको छ । लोडसेडिङ भएको बेला वा विद्युत आपूर्ति नभएको बेला जेनेरेटर संचालन गरी खोपका भ्याक्सिन दिनका लागि ३÷४ बर्ष अघि जेनेरेटर किनिएको थियो । तर, जेनेरेटर संचालन नै नभई डिजल र मोविलको नाममा कार्यालय प्रमुख देवले हजारौं रुपैयाँ हिनामिना गर्दै आएका छन् । 

आर्थिक बर्ष २०७३/०७४ मा १ बर्षको अवधिमा जम्मा ३ घण्टा मात्र जेनेरेटर चलेको थियो । तर, त्यो बर्षमा करिब ५ सय ३५ लिटर डिजल र ३३ लिटर मोविल खर्च भएको भन्दै ६६ हजार ३ सय रुपैयाँ कार्यालय प्रमुख देवले भ्रष्टाचार गरेको एक कर्मचारीले बताए । ९० रुपैयाँ प्रति लिटर डिजल र ५ सय ५० रुपैयाँ प्रति लिटर मोविलको निकासा गरेर  प्रमुख देवले अनियमितता गरेको ति कर्मचारीको दाबी छ ।

खोप सुपरभाईजर अधिकृत हरिनारायण मिश्रले सिफारिस गरेको, कोल्ड रुम चेन असिस्टेन्ट बालेश्वर यादवले पेश गरेको तथा जिल्ला जनस्वास्थ्य अधिकृत सच्चिदानन्द देवले स्वीकृत गरेको लगबुकबाट हजारौं निकासा गरी भ्रष्टाचार गरेको छ ।

यी त भ्रष्टाचार र अनियमितताका केही उदाहरणहरु मात्र हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने हो भने भ्रष्टाचार र अनियमितताका दर्जनौं श्रृङ्खलाहरुको पर्दाफास हुनेछ, त्यसका लागि इमान्दार कर्मचारीहरु रहेको ति कर्मचारीले लोकान्तरलाई बताए । 

रामगुलाम कर्ण र सच्चिदानन्द देवलाई नेताहरुको संरक्षण भएका कारण प्रमुख देवमाथि कारवाही हुने गरेको छैन । 

देव सरुवा भएपनि मन्त्रालयदेखि विभागसम्म मोटो रकम खुवाएर पुन सोही कार्यालयमा आउने गरेको स्रोतले जानकारी दियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x