×

NMB BANK
NIC ASIA

‘भगवान भरोसा’मा जनकपुरको आकाश यात्रा, विमानस्थलमा दमकल नभएको ‘फायर शाखा’ !

चैत १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, १ चैत– गत सोमबार बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको युएस बंगला विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटनामा चालकदलका सदस्यसहित ५१ जना यात्रुको ज्यान गएको थियो । नेपालको हवाई इतिहासमा विमानस्थल भित्रै भएको यो सवैभन्दा ठूलो दुर्घटना हो । 

Muktinath Bank

नेपालमा बेला–बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू दुर्घटनामा परिरहेका कारण नेपालको आकाशलाई असुरक्षित मानिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुर्घटना दुखद् कुरा हो । तर दुर्घटनापछिको क्षतिको न्यूनिकरणका विषयमा भने राज्य गम्भीर बन्नु पर्छ । दुर्घटनाबाट हुनसक्ने मानवीय र भौतिक क्षतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नका लागि विमानस्थलमा राहत र उद्धारको व्यवस्थालाई चुस्त बनाउनु जरुरी छ । 


Advertisment
Nabil box
Kumari

विमानस्थलमा यस्तो वन्दोवस्तो नगरिएको अवस्थाको हवाई यात्रा जोखिमपूर्ण हुन्छ । जुन यात्रालाई ‘भगवान भरोसा’ को यात्रा मान्दा फरक पर्दैन । 

Vianet communication
Laxmi Bank

बिगत ५६ वर्षदेखि जनकपुर विमानस्थलबाट हवाई उडान गर्दै आएका यात्रुहरूले त्यस्तै जोखिमपूर्ण ‘भगवान भरोसा’  यात्रा गर्न बाध्य छन् । 

सौभाग्यको कुरा के छ भने जनकपुर बिमानस्थलमा हालसम्म कुनै पनि दुर्घटना भने भएको छैन । जनकपुर विमानस्थलमा यदि विमान अवतरणको समयमा दुर्घटनामा परेर आगलागी भयो भने त्यसबाट बच्नका लागि आगो

निभाउने दमकलको समेत व्यवस्था छैन । 

विमानस्थलमा उद्धार र राहतका लागि पूर्व तयारीको रुपमा न्यूनतम व्यवस्था गर्नसमेत विमानस्थलले आवश्यक ठानेको छैन । 

दमकल नै नभएको फायर शाखा

विमानस्थलमा आगलागी भएको खण्डमा आगो नियन्त्रणका लागि दमकल र अन्य साधनहरु राख्नका लागि वारुण यन्त्रका लागि छुट्टै भवन बनाइएको छ । तर, उक्त भवनमा दमकल नभएर अन्य सवारी साधन राखिएको छ । विमानस्थलका प्रमुख चढ्ने गाडी बिग्रिएपछि थन्क्याउने भवन बनेको छ, फायर शाखा । 

रोचक कुरा के छ भने विमानस्थलमा एउटा छुट्टै ’फायर शाखा’ पनि राखिएको छ, शाखामा एक जना काजमा कर्मचारी पनि खटाइएको छ । तर, आगो निभाउनका लागि आवश्यक साधन र दमकल भने छैन । 
विगतमा फायर शाखमा धेरै जना कर्मचारी भएको भएपनि अहिले बाराको सिमरा विमानस्थलबाट एक जना मात्र  कर्मचारी पशुपति मिश्र जनकपुर बिमानस्थलमा काजमा खटिएका छन् । 

जनकपुर विमानस्थलका प्रमुख मुरारीप्रसाद पौडेल विमानस्थलमा दमकल, प्राविधिक, क्षति न्यूनिकरणको लागि राहत र उद्धारको व्यवस्थाका लागि विगतका कार्यालय प्रमुखहरुले केही पनि नगरेको आरोप लगाए । तर, पौडेल आएको दुई वर्ष हुनै लाग्दा समेत दमकल र प्राविधिकको व्यवस्था गर्न सकेका छैनन् । 

‘आगो नियन्त्रणका लागि  चाहिने प्राबिधिक कर्मचारीहरू नहुनुमा बिगतका कार्यालय प्रमुखहरूको कमी कमजोरी देखिन्छ, उनीहरूले प्राधिकरणसँग त्यसका लागि ताकेता गरेको पनि पाइन्न ,’ जनकपुर विमानस्थल प्रमुख पौडेलले भने,’ म यहाँ आएको २० महिना भयो, प्राधिकरणसँग दमकलका लागि सवारीसाधन तथा कर्मचारीहरू पटक पटक माग गरेको छु,  आउँदो साउनसम्म जनकपुर बिमानस्थलमा पनि दमकलको व्यवस्था हुने छ ।’

भारतीय राष्ट्रपति आउँदा ल्याइयो

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणका क्रममा जनकपुर पुगेका थिए । काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत उनी जनकपुर पुग्दा भने विमानस्थलमा फायर भेहिकललाई तयारी अवस्थामा राखिएको थियो । त्यसका लागि सिमरा विमानस्थलबाट दमकलसहितको टोली खटाइएको थियो । तर मुखर्जी फिर्ता भएसँगै जनकपुर विमानस्थलबाट फायर भेहिकललाई सिमरा नै फर्काइएको थियो । त्यस यता जनकपुर बिमानस्थलमा फायर भेहिकल राखिएको छैन । 

यदि जनकपुर विमानस्थलमा दुर्घटनावस आगलागी भयो भने जनकपुर उपमहानगरपालिकामा रहेको वारुण यन्त्रले त्यसलाई निभाउन या नियन्त्रणमा लिन सक्दनैन । विमानमा लागेको आगो पानी भएको दमकलले निभाउन मिल्दैन । विमानको आगलागि नियन्त्रणका लागि केमिकलको प्रयोग गरिएको हुन्छ । 

‘पानी भएको दमकलले विमानमा लागेको आगो नियन्त्रण गर्न मिल्दैन, जनकपुर विमानस्थलका प्रमुख मुरारीप्रसाद पौडेल लोकान्तरसँग भने,‘त्यसका लागि विशेष केमिकल भएको दमकलको प्रयोग हुन्छ, जुन हामीसँग छैन ।’

आगलागी भए पिर छैन

विमानस्थलले गत वर्ष देखि तत्कालिन क्षति न्यूनिकरणका लागि भन्दै ’पोर्टेबल ह्यालोटरोन सिलिन्डर’ राखेको पौडेलले जानकारी दिए । विमानमा लागेको सानो–तिनो आगो उक्त सिलिन्डरको मद्दतमा नियन्त्रणमा लिन सकिने उनको दाबी छ । 

‘विमान अवतरण गर्ने बेला त्यो सिलिन्डर एप्रोनसँगै रनवेमा राखिन्छ, कुनै दुर्घटना भई हाल्यो भने सानोतिनो आगो तत्कालै निभाउन सकिन्छ ।’ 

आफूहरुले उक्त सिलिन्डरको परीक्षण गरेको भन्दै त्यसबाट आगलागी नियन्त्रण गर्न सकिने भन्दै तत्कालका लागि कुनै खतरा नभएको दाबी गरे ।

’पोर्टेबल ह्यालोटरोन सिलिन्डर’ विमानस्थलमा ल्याएको केही समय भएको भएपनि काठमाडौंमा एयर बंगलाको विमान दुर्घटना भएपछि मात्र रनवे मा राखिएको विमानस्थलका एक कर्मचारीले बताए । 

जनकपुरमा अहिले दैनिक तीन वटा हवाई उडानहरू जनकपुर–काठमाडौं र काठमाडौं–जनकपुर हुने गर्छ । 

‘जनकपुरमा उडान हुने प्रत्येक विमानको अवतरण ’क्रिटिकल’ छ’ पौडेलले भने,‘फायर भेहिकल चाहियो भनेर जनकपुरमा हवाई उडान गर्दै आएका बुद्ध र येती एयरलाइनस कम्पनीबाट पटक पटक पत्र आइसकेको छ ।’
७२ सिट र १८ सिट क्षमताको बुद्ध एयरलायन्स र ३० सिट क्षमताको एती एयरलायन्सले हवाई उडान गर्दै आएको छ । विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार प्रत्येक दिन औसतमा १ सय ५० देखि १ सय ६० सम्म यात्रुहरू जनकपुर विमानस्थलबाट यात्रा गर्ने गर्छन् । 

यस्तो लापरबाही जनकपुर विमानस्थलमा मात्र गरिएको छैन ।  देशका अन्य कतिपय विमानस्थलहरूको अवस्था पनि यस्तै छ । 

’नेपालका कुल ३३ वटा विमानस्थलहरू मध्ये काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, भैरहवा, नेपालगन्ज , पोखरा र सिमरामा मात्र फायर ब्रिगेड को व्यबस्था गरिएको छ,’पौडेलले भने,’सानो स्केलमा सुर्खेत र लुक्लामा आगो निभाउने व्यवस्था गरिएको छ ।’

२०१६ साल अशोज १ गते तत्कालिन यातायात निर्माण तथा नहर मन्त्री गणेशमान सिंहले पहिलो उडानको उद्घाटन गरेका थिए । तर, पक्कि रनवे निर्माण भएपछि ८ असोज २०२४मा राजा महेन्द्रले जनकपुर विमानस्थलको उद्घाटन गरेको विमानस्थलमा निर्माण गरिएको शिलालेखमा उल्लेख छ ।

दुई तहको सुरक्षा

करिब दश बर्ष अघि २०६४ सालमा सशत्र समूहका एक नेतालले जनकपुर विमानस्थल नै कब्जा गरेको दाबी गरेका थिए ।

तराई मधेसलाई आधार बनाएर भूमिगत भई सशत्र समुह संचालन गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ’राजन मुक्ति ’समूहका संयोजक राजन मुक्ति भनिने रंजित झाले जनकपुर विमानस्थल कब्जा गरेको दाबी गरेका थिए । तत्कालिन विमानस्थलका प्रमुखलाई राजन मुक्तिले बिमानस्थलमा हाम्रो कार्यकर्ताहरूले बम राखेको टेलिफोन गरेर विमानस्थल कब्जा गरिएको भनेपछि त्यो दिनका सबै हवाई उडानहरू रद्द गरिएको थियो ।  तर अनुसन्धानका क्रममा  त्यहाँ कुनै बम फेला परेन ।

त्यसपछि जनकपुर विमानस्थलको बाहिरी पेरिफेरिको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । जनकपुर विमानस्थलको कार्यालयले दिएको जानकारी अनुसार नेपाली सेनाको ३५ देखि ४० जनाको टोलीले विमानस्थलको बाहिरी सुरक्षा गरिरहेका छन् भने भित्रि एभिएसनको सुरक्षा नेपाल प्रहरीले गरिरहेको छ ।  

जनकपुर विमानस्थलमा यी र यस्ता सुरक्षा बन्दोबस्त गरिए  पनि विमानस्थलको सुरक्षा खतरा कम हुन सकेको छैन । किन भने विमानस्थलको चारै तर्फ तार जालीले छेकबार गरेर घेराबन्दी गरेको भए पनि बिमानस्थलमा रहेको घास काट्न स्थानीय किसानहरू तारजाली काटेर भित्र पस्ने गर्छन् । यति मात्र होइन, कतिपय अबस्थामा त विमानस्थल भित्र कहिलेकाही छाडा चौपाया गाईबस्तु समेत घुसेर चर्ने गरेको पाइन्छ । ’हामीले सूचना जारि गर्नेदेखि पक्राउ गरेर दण्डित गर्ने सम्मका कामहरू गरिसक्यौं तर, तारजाली काटेर भित्र पस्ने काम पूर्णतः रोक्न सकिएको छैन ’,पौडेलले भने ।

विमानस्थलको सुरक्षामा देखिने गरेको अर्को ’थ्रेट’ भने भिआइपीहरूले आआफ्नो लगेज चेकजाँच गराउन नचाहनु पनि हो ।सांसद र मन्त्रीहरू बाहेक स्थानीय नेताहरुले समेत आफूलाई भीआइपीको रुपमा विमानस्थलमा प्रवेश गर्न चाहन्छन् । 

बिमानस्थलमा जान कर्मचारीहरूले एप्रोन लगाएर आईसीएओको अन्तर्राष्ट्रिय नियम भए पनि कतिपय कर्मचारीहरू बिना एप्रोंन जाने गरेको पाइन्छ ।

विश्वको अधिकांश जसो विमानस्थल आइएफार पद्धतिमा अवतरण गर्ने गर्छन् तर, जनकपुर विमानस्थलमा भीएफआर पद्धति बाट नै विमान अवतरण र उडान हुने गरेको छ । यसका अतिरिक्त विमानस्थलको रनवे पूर्व पश्चिम दिशामा बनाइएकाले कहिलेकाहीं आउने गरेको चार्टर्ड र सेनाका बन्दोबस्तीका जहाजहरूले आफ्नो दिशा विपरित भारतको सीमा समेत छुने गरेको विज्ञहरू बताउँछन् । 

त्यसै गरि विमानस्थल वरिपरी ठुलठुला भवनहरू  पनि बनेका छन्, र बिभिन्न संचार  कम्पनीहरूको टावर ठड्याईएकाले  पनि  बिमान अबतरण गर्दा समस्या उत्पन्न हुने गरेको छ । 

करिब दश बर्ष अघि बुद्ध एयरको बिमान अवतरण गर्दा रनवेमा भएको ढुङ्गा उछिटिएर बिमानको एउटा बल्ब नै फुटेको थियो । त्यस पछि रनवे पक्कि नबन्दासम्म करिब ८ महिना जति बुद्धले आफ्नो उडान स्थगित गरेको थियो ।

लगेज तथा यात्रुहरूको चेकजाँच अहिले पनि प्रबिधि बिना गरिन्छ । सबै लगेज खोलेर यात्रुहरूले देखाउनु पर्दा यात्रुहरू झन्झट माने गरेका छन् । त्यसका लागि एक्सरे मेसिनको माग प्राधिकरणसँग गरिएको भए पनि हालसम्म उपलब्ध गराउन सकिएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x