×

NMB BANK
NIC ASIA

मुहार फेर्दै बुटवल र भैरहवा, ६ लेन सडकको काम धमाधम, असारभित्र ७ आकाशे पुल

चैत २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, २ चैत-राष्ट्रिय महत्त्वको निर्माणाधीन बुटवल–बेलहिया ‘सिक्स’ लेन सडक विस्तारका क्रममा प्रभावितहरूलाई सडक आयोजनाले करीब ४ करोड रूपैयाँ मुआब्जा वितरण गरेको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले हालसम्म ८२ फिटभित्र परेका २ सय २६ घरधुरीलाई ३ करोड ७६ लाख ५३ हजार ५ सय ८८ रूपैयाँ मुआब्जा वितरण गरेको हो ।

Muktinath Bank

सडक संरचनाभित्र परेका परिवारलाई मुआब्जा वितरण सिफारिस समितिको निर्णयका आधारमा उक्त रकम उपलब्ध गराइएको आयोजनाले जनाएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा वितरण सिफारिस समिति रहने व्यवस्था छ ।
 
आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले सो सडक यसअघि नै ७५ फिट कायम रहेकाले विस्तारका क्रममा ७ फिटको मात्र मुआब्जा दिइएको लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परियोजनाले सिक्सलेन निर्माणका क्रममा ७ फिट जग्गा मात्र अधिग्रहण गरेको छ । ‘हामीले २०३२ साल असार २० गतेभन्दा अगाडि बनेका घरधुरीको मुआब्जा दिने हो,’ उनले भने, ‘२०३२ भन्दा अगाडि सिद्धार्थ राजमार्ग ७५ फिट कायम गरिएको थियो । अहिले नयाँ मापदण्ड अनुसार ८२ फिट निर्धारण गरिएको छ । हामीलाई आवश्यक ७ फिटमात्र अधिकरण गरिएको छ । सोही जग्गाको मात्र मुआब्जा वितरण गरिएको हो ।’
 
आयोजना प्रमुख मिश्रले थपे, ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा वितरणको सिफारिस गर्ने समिति छ । उसले सिफारिस गरेपछि हामीले जिल्ला प्रशासनमा रकम उपलब्ध गराउँछौं । जिल्ला प्रशासनले उक्त मुआब्जाको रकम प्रभावित परिवारलाई वितरण गर्छ ।’


Advertisment
Nabil box
Kumari

भवन डिभिजन, कार्यालयले चलन-चल्तीको दररेट र प्रभावितको मागलाई ध्यानमा राखेर मुआब्जा रकम सिफारिस समितिमा पठाउँछ ।

Vianet communication
Laxmi Bank

धेरै मुआब्जा पाउनेमा बुटवल कालिकानगरका दीप आचार्यले ७ लाख रूपैयाँ पाएका छन् । बुटवल चौराहादेखि गोलपार्कसम्म २०३२ भन्दा अगाडि बनेका १६ घरधुरीले निवेदन दिएका छन् । 

तिनीहरूलाई छिट्टै मुआब्जा वितरण गरिने आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । उनले भने, ‘बुटवलमा हामीले ८२ फिटभित्रका संरचना अदालतको फैसलाको पखाईले ढिलाई भइरहेको छ । जहाँ २०३२ भन्दा अगाडि बनेका १६ वटा घरहरु रहेछन् । तिनीहरूलाई छिट्टै मुअब्जा रकम वितरण गछौं ।’ बुटवल–बेलहिया सडक २५ दशमलब ५ किलोमिटरको छ । आउँदो भदौसम्म सडक निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले धमाधम काम अगाडि बढाएको छ । 

असारभित्र ७ वटा आकाशेपुल बन्ने

आउँदो असार मसान्तसम्म परियोजना अन्तर्गत निर्माणाधीन १० आकाशे पुलमध्ये ७ वटा सम्पन्न हुने बताइएको छ । योगीकुटी, चौराहा, मिलनचोक, हस्पिटल लाइन, ड्राइभर टोल, भैरहवा (आँखा हस्पिटल अगाडि) र देवकोटा चोकका आकाशे पुल निर्माण सम्पन्न हुने आयोजनाको भनाइ छ । इञ्जिनियर श्रेष्ठले ३ वटा बाहेक अन्य आकाशले पुल तोकिएको समयमै निर्माण सम्पन्न हुने बताए ।

उनले भने, ‘ट्राफिकचोक, राजमार्ग चौराहा र भैरहवाको बर्मेलीटोलको पुल निर्माणमा केही समस्या देखिएको छ । अन्य समयमै सम्पन्न हुन्छन् ।’ पुल निर्माणको ठेक्का महादेव खिम्ती एसेएटिक र महेश जेभी, बर्दघाटले लिएका छन् । ११ करोड रूपैयाँमा अपाङ्गमैत्री समेत रहेका पुल १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको हो । 

बुटवलमा सडक विस्तारको काम अघि बढ्ने

सडक विस्तार रोक्न माग गर्दै घरधनीले दिएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने फैसला सुनाएपछि सडक विस्तारको काम अगाडि बढ्ने भएको छ । शुरूमा माइकिङ गर्ने र तत्काल काम अगाडि बनाउने परियोजनाको भनाइ छ ।

बुटवलदेखि गोलपार्कसम्म ३११ घर भत्काउनुपर्ने अवस्थामा छन् । केही घरधनीले भने आफैँ भत्काउन शुरू गरेको छन् । निर्वाचनको समयमा केही राजनीतिक दलहरूले भत्काउन नपर्ने भन्दै निराधार हल्ला फैलाएपछि केही घरधनीहरू दोधारमा परेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x