×

NMB BANK
NIC ASIA

काठमाडौंमा रहेका मुसलमानी संगठनमाथि भारतको नजर !

चैत २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ चैत — काठमाडौंमा रहेको इस्लामी संघ आजकल भारतीय जासूसी निकायको निगरानीमा परेको छ । यो संगठनले भारतबाट भागेर आएका आतंकवादीहरूलाई आश्रय दिइरहेको निकायहरूले शंका गरेका छन् । 

इन्डिया मुजाहिद्दीनका आतंकवादीहरू अब्दुल सुभान कुरैशी उर्फ तौकीर र आरिफ मोहम्मद उर्फ जुनैदको विगत एक महीनाभित्र भएको पक्राउले यो कनेक्सनको खुलासा गरेको हो । 

दिल्ली प्रहरीको विशेष सेल र जासूसी निकायहरूका अनुसार, उनीहरूले इस्लामिक संघ नेपालको निजाम खानको खोजतलास गरेका थिए । उसले यी आतंकवादीहरूलाई लजिस्टिक सहयोग उपलब्ध गराउँछ । 

जासूसी निकायहरूको आशंकाका विषयमा सोधिएको प्रश्नको इस्लामी संघले कुनै पनि उत्तर दिएन । दिल्ली, अहमदाबाद र मुम्बईजस्ता शहरहरूमा बम धमाका र आतंकवादी घटना गराएपछि तौकीर र जुनैदजस्ता खतरनाक आतंकवादीहरूले सन् २००८ तिर नेपालमा शरण लिएका हुन् भन्ने सन्देह जासूसी निकायले गरेका छन् । 

निजाम खानलाई आतंकवादी संगठन इन्डियन मुजाहिद्दीनका संस्थापक रियाज भटकलका नजिकको मानिस मानिन्छ । स्पेसल सेलका अधिकारीहरूका अनुसार, उनी पाकिस्तानी जासूसी निकाय आईएसआईको सुरक्षामा पाकिस्तान र पश्चिम एसिया आउजाउ गरिरहेको हुन्छ । 

इस्लामिक संघ नेपालको विचारधारा पनि प्रतिबन्धित आतंकवादी संगठन सिमीसँग मेल खाने जासूसी निकायहरूको भनाइ छ । 

एजेन्सीहरूका अनुसार, खानले नै तौकीर र जुनैद जस्ता आतंकवादीहरूलाई सहयोग गरे अनि नेपालको किर्ते नागरिकता दिलाए । यति मात्र नभई यी आतंकवादीहरूलाई उनले नै जागिर दिलाए र खाडी मुलुकहरूमा पुग्नका लागि पैसा र जनशक्तिको व्यवस्था गरे । इन्डियन मुजाहिद्दीनलाई फेरि ब्युँताउन यसो गरिएको एजेन्सीहरूको दाबी छ । 

एजेन्सीहरूका अनुसार, खानले विराटनगरस्थित नबी प्लाजामा फरेन मनी एक्सचेन्ज चलाउने गरेका छन् । नाम नबताउने शर्तमा दिल्ली प्रहरीका एक वरिष्ठ अधिकारीले बताएअनुसार, खानको एउटा घर काठमाडौंमा पनि छ र त्यहाँ
उसले एउटा समूह प्रयोग गरेर भारतविरोधी गतिविधि चलाउने गरेको छ । 

उसलाई यस काममा अताउल्लाह, हसन र ताहिर महमूदले साथ दिने गरेका छन् । ताहिर पहिले पनि सिमीसँग जोडिएका हुन् । उनीहरू कामको बहाना बनाउँदै भारत पनि प्रायः जसो आउने गरेका छन् । 

अनुसन्धानले खुलाएअनुसार, गोरखामा अटो रिपेयर शप चलाउने हसन मुम्बई आएका थिए र उनले कुरीयरका रूपमा काम गर्दै तौकीरको परिवारजनसँग भेट गरे । जासूसी निकायहरूका अनुसार, नेपालमा पनि ठूलो संख्यामा
इन्डियन मुजाहिद्दीनका आतंकवादीहरू रहेका छन् । 

नवभारत टाइम्सबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x