×

NMB BANK
NIC ASIA

मन्त्री बीना मगरले पदबहाली गरिन्, को हुन् बीना ? (जीवनी)

चैत २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २ चैत - खानेपानीमन्त्री बीना मगरले मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । 

Muktinath Bank

पदबहाली गर्दै मन्त्री मगरले देश र जनताको चाहनाअनुसार जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री मगरले मन्त्रालयमा देखिएका विभिन्न समस्या समाधान गर्न सामूहिक कार्यको आवश्यकता पर्ने भन्दै सहयोगको अपेक्षा गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मन्त्रालयले गर्ने कार्य योजनाबारे मन्त्रीलाई जानकारी गराउनुभयो । मन्त्री मगर कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । 


Advertisment
Nabil box
Kumari

मन्त्री मगर नेकपा (नेकपा माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्यसमेत हुनुहुन्छ । 

Vianet communication
Laxmi Bank

जीवनी 
बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरको ज्येष्ठ सुपुत्रीको रुपमा भएको हो । उहाँले पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गर्नुभयो । पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट उहाँले माध्यमिक तहको शिक्षा पूरा गर्नुभयो । उहाँले स्नातक तहसम्म शिक्षा आर्जन गर्नुभएको छ । 
बाल्यकालदेखि नै समाजमा विद्यमान गरीबी, असमानता र विभेद देखेर उहाँमा विद्रोही स्वभाव विकास भयो । र, २०५१ सालमा ११ वर्षको उमेरमै उहाँ जनबालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गर्नुभयो । गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता न्यूनतम सुविधा समेत नपाएका कञ्चनपुरको दक्षिणी क्षेत्रका वस्तीहरूमा जनताका आवाज उठाउँदै हुर्किनुभएका उहाँ माध्यमिक तहमा अध्ययनरत छँदा माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भइसक्नुभएको थियो ।
विद्यार्थी राजनीति गर्दा अखिल (क्रान्तिकारी) को जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालमा उहाँ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला अध्यक्ष हुनुभयो । त्यसपछि राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं आउनुभयो । काठमाडौंमा उहाँले तत्कालीन अखिल (क्रान्तिकारी) मा आवद्ध भएर भित्रिरूपमा नेकपा (माओवादी) को पूर्णकालीन सदस्यको रूपमा काम गर्नुभयो ।
काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा अत्यधिक मतले जित्नुभएका बिना मगर २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौंको जिल्ला अध्यक्ष हुनुभयो । राजधानी काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उहाँलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार ग¥यो । वेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २७ महिनासम्म उहाँले चरम यातना सहनुभयो । धेरै सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि उहाँ संयोगवश ब्यारेकमै छुटेर बाँच्न सफल हुनुभएको थियो । 
शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा नै कार्यक्षेत्र रहेर उहाँ फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बन्नुभयो । २०६४ सालको स्ववियू निर्वाचनमा उहाँ सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा लोकप्रिय मतका साथ विजयी हुनुभयो । योसँगै उहाँ पार्टीको केन्द्रीय सदस्य समेत बन्नुभयो । हाल उहाँ पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । 
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले पराजित भएपनि जनतासँग निरन्तर जोडिनुभयो । विकास निर्माणदेखि जनताका हरेक समस्यामा उहाँको सक्रियता कायमै रह्यो । यही सक्रियता र जनताप्रतिको समपर्णकै कारण उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोही क्षेत्रबाट दुईतिहाई मत ल्याएर विजयी बन्नुभयो ।
मतका आधार बिना मगर ७ नम्बर प्रदेशका वाम उम्मेदवार र देशैभरिबाट माओवादीका महिला उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले जित्ने महिला बन्न सफल हुनुभयो ।


पारिवारिकरुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र दिवंगत प्रकाश दाहालसँग उहाँको विवाह भएको थियो । निर्वाचनमा खटिएको बेला उहाँका श्रीमान प्रकाश दाहालको हृदयघातबाट मृत्यु भएको थियो । शोकको घडीमा समेत जनताबीच दृढ अठोटका साथ उहाँ खटिनुभएको थियो । उहाँका १ जना छोरा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x