मंसिर १५, २०८०
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
जनकपुरधाम, ४ चैत– आफ्नी १९ वर्षीया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आशंकामा प्रहरीले धनुषा सहिदनगर–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अगाडी वढाएको छ।
काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आशंका भएपछि २६ फागुनमा धनुषा प्रहरीले यादवलाई पक्राउ गरेको हो । ‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते साँझ ठूलो–ठूलो स्वरमा उनीहरूबीच झगडा भयो,’ घटनाको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतले भने, ‘त्यही साँझ नै आमाबुवाको चरम यातनाले स्नेहाको मृत्यु भएको हाम्रो आशंका छ ।’
पक्राउ परेपछि स्नेहाका बाबु दिलीपले छोरी बिरामी रहेको र उपचारका लागि भारत लैजाने क्रममा बाटोमै मृत्यु भएपछि उतै दाहसंस्कार गरेको बताएका छन् । प्रहरीले भने स्नेहाको हत्या गरिएको दाबी गर्दै अुनसन्धानलाई अगाडि वढाएको छ । यादवको जनकपुर–२ वकिल टोलस्थित डेरामा पुग्दा रगतका छिटा जस्तो देखिएको प्रहरीले जनाएको छ । प्रहरीले त्यसलाई संकलन गरेर ल्याएको छ । ‘हामीले घरमा भेटिएको र देखिएका सबै प्रमाण संकलन गरेका छौं,’ अनुसन्धानका खटिएका एक प्रहरीले भने, ‘स्नेहाको मृत्युपछि घरका सबै सबुत–प्रमाण मेटाउने कोसिस भएको देखिन्छ ।’
कसरी भयो घटना ?
कलेजले स्नेहाको विषयमा गुनासो गरेपछि दिलीप आफैं काठमाडौं पुगेर फागुन २ मा जनकपुर ल्याएका थिए । त्यसपछि स्नेहा र बाबु दिलीपबीच दिनहुँ झगडा भइरहन्थ्यो । ठूलो आवाज आउने गरी बाबुछोरीबीचको झगडाले स्थानीय बासिन्दा पनि आतंकित बनेका थिए । फागुन ८ गते साँझ पनि ठूलो स्वरमा झगडा भएको सुनिएको थियो । तर अर्को दिनदेखि त्यो घर सुनसान भएपछि स्थानीय बासिन्दा पनि सशंकित भए ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार साँझकै झगडाका क्रममा स्नेहाको मृत्यु भएपछि दिलीप दम्पती प्रमाण नष्ट गर्ने र शवलाई तह लगाउने योजना अनुसार छोरी विरामी भएको भन्दै उपचारका लागि भारततर्फ लगेको बहाना बनाएका थिए ।
भोलिपल्ट फागुन ९ गते साँझ बाबु दिलीप भाडाको गाडी लिएर डेरामा पुगे । अचेतलाई झैं काँधमा स्नेहालाई बोकेर गाडीमा हाले र भारततर्फ लागे । छिमेकीहरूले चासो राख्दा ‘स्नेहा बिरामी’ भएकाले उपचारका लागि भारतको दरभंगा लैजान लागेको बताए ।
धनुषा प्रहरीले भने स्नेहाको मृत्युु जनकपुरमै भइसकेको र बाबु दिलीपले प्रमाण नष्ट गर्न र घटना लुकाउन मृत शरीरलाई भारतमा लगेर जलाइदिएको दाबी गरेको छ । छोरीलाई उपचारको बहानामा भारत लगेका दिलीप उतैबाट फरार भए । आमा सरितादेवी पनि जनकपुरको डेरामा ताल्चा लगाएर फरार भइन् । छोरीको शव जलाएको चार दिनपछि दिलीपले भारतबाटै आफ्नो घर सहिदनगर–७ धबौलीमा फोन गरेर छोरीको मृत्यु भएको खबर गरेका थिए । छोरीको मृत्यु भए पनि उनको घरमा जुठो बार्नेबाहेक अन्य संस्कार गरिएन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंह मान्छे बेपत्ता बनाउने कार्य भएकाले हत्या नै भएको हुन सक्नेतर्फ अनुसन्धानलाई केन्द्रित गरेको बताउँछन् । यद्यपि पक्राउ परेका बाबुले बयानका क्रममा प्रहरीलाई डाइभर्ट गर्ने उद्देश्यले फरक फरक कुराहरु बताइरहेका छन् । कहिले विरामी भएका कारण उपचारका क्रममा भारत लग्दा बाटोमै मृत्यु भएपछि उतै दाह संस्कार गरेको भनिरहेका छन् भने कहिले झुन्डिएर छोरीले आत्महत्या गरेको भनेर बताइरहेको भए पनि उनले छोरीलाई हत्या नै गरेको हो भन्नेतर्फ अनुसन्धान अगाडि वढेको एसपी सिंहले बताए ।
‘यदि आत्महत्या नै थियो भने पोस्टमार्टम रिपोर्टबाट त्यसको पुष्टि हुने नै थियो,’ एसपी सिंह भन्छन्, ‘तर, उनले लाशलाई नै बेपत्ता बनाउने काम गरेकाले अभियूक्त यादवमाथि कर्तव्य ज्यान तथा मानिस बेपत्ता बनाउने मुद्दा अन्तरगत कारवाही अगाडी बढाएका छौं ।’
घटनापछि दिलीप सिरहास्थित ससुराली घरमा लुकेर बसेका थिए । स्नेहालाई जलाउन बुवा दिलीपले भाडामा लिएको गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ । स्नेहा अध्ययन गर्ने नासा कलेजसँग पनि बुझिरहेको धनुषा प्रहरी स्रोतले जनाएको छ ।
एसपी सिंहका अनुसार उक्त घटनाको अनुसन्धानका क्रममा ३ जना मानिसहरुसँग अहिलेसम्म रेकर्डेड रुपमै बुझिएको छ भने दर्जनौं मानिसहरुसँग अनौपचारिक रुपमा समेत सोधपुछ गरिएको छ ।
दिलीपकुमार यादवले दिएको बयानका आधारमा धनुषा प्रहरीले अन्त्येष्टि गरिएको स्थल र छोरीलाई लैजान प्रयोग गरिएको गाडीका चालकलाई खोज्न थालेको छ । धनुषा प्रहरीका प्रमुख एसपी चक्रबहादुर सिंहले शव जलाइएको ठाउँ र प्रयोग गरिएको गाडीका चालकलाई खोजी गर्न प्रहरीको एउटा टिम परिचालन गरिएको बताए । भारतको दरभंगा वरिपरीको क्षेत्रमा स्नेहाको शव जलाइएको दिलीपले बयानका क्रममा स्वीकार गरेका छन् ।
‘स्नेहाको शवलाई जलाएको ठाउँ, भारत लैजान प्रयोग गरिएको गाडी र त्यसका चालकलाई पहिचान गर्ने काम भइरहेको छ,’ एसपी सिंहले भने, ‘अरू थप प्रमाण पनि जुटाउँदै छौं ।’
धनुषा प्रहरीले यादवको डेराबाट संकलन गरेको रगत र अन्य प्रमाण परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरीको फोरेन्सिक ल्यावमा पठाएको छ । एसपी सिंहका अनुसार संकलन गरिएको सवुत–प्रमाणको ल्याव टेस्ट आएपछि अनुसन्धान अझै साँघुरो हुनेछ । एसपी सिंहले भने, ‘छोरी लैजान प्रयोग गरिएको गाडी र चालकबारे उनले केही बताउन चाहिरहेका छैनन् ।’
स्नेहा अचानक कसरी बिरामी परिन् ? गम्भीर बिरामी भनिए पनि कुनै पनि चिकित्सकलाई नजचाएको, गाडी र चालकबारे मौन रहनु र छोरीको अन्त्येष्टि हतारहतारमा गुर्नुले दिलीपमाथि प्रहरीको आशंका अझै बढेको छ ।
फागुन ८ गते साँझ वकिल टोलको यादवको डेरामा ठूलै झगडा परेको छिमेकीहरूले प्रहरीलाई बताएका थिए । सधैं झगडाको कोलाहल हुने घर फागुन ९ गते बिहानदेखि एकदम शान्त भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
फागुन ८ गतेकै झगडाका क्रममा स्नेहाको मृत्यु भएको धनुषा प्रहरीको दाबी छ । ‘छोरी नदेखिएपछि हामीले दिलीपलाई पछ्याउन थाल्यौं,’ एसपी सिंहले भने, ‘गाउँ र जनकपुरमा उनी बस्ने टोलमा पनि छोरीको मृत्यु भएको भन्दै हिँडेको देखिन्छ ।’
स्नेहाको हत्या अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार बुवा दिलीप उनीसित दुइवटा कारण रिसाएका थिए । पहिलो कारण काठमाण्डौको नासा कलेजले स्नेहाको आचरणसम्बन्धी कम्प्लेन गर्नु र दोस्रो कारण स्नेहाकै व्यवहारका कारण केटापक्षले उनीसित विवाह गर्न इन्कार गर्नु । प्रहरीका ती अधिकृतका अनुसार काठमाडौंमा अर्कै केटासित घुमिरहेको देखेपछि स्नेहासित विवाह गर्न टुंगो लागे पनि केटापक्षले अस्वीकार गरेको थियो । यही दुई कारणले स्नेहासित उनका आमा–बुवा रिसाएका थिए ।
छोरीलाई असाध्यै माया गर्थे दिलीप
दिलीप यादवका दुई छोरी र एक छोरा छन् । जेठी छोरी अन्जनीको विहे भइसकेको छ । कान्छा छोरा तेजो यादव ६ बर्षका मात्र छन् । कान्छी छोरी स्नेहालाई बुवा यादवले असाध्यै माया गर्थे । जनकपुरको भानुभक्त एकेडमी विद्यालयबाट छोरीलाई पढाएका थिए । स्नेहाले २०७२ सालमा बी ग्रेडमा एसइईको परीक्षा उत्तीर्ण गरेकी थिइन् । त्यसपछि प्लस् टू अधययनका लागि काठमाडौंस्थित नासा कलेजमा भर्ना गरिएको थियो ।
जनकपुर उपमहानगरपालिका १ स्थित घर भाडा लिएर बस्दै आएका दिलीपको घर बेटी ७३ बर्षिय ज्ञानु पौडेल भन्छिन्, ‘हाम्रो घरमा ७/८ बर्ष जतिदेखि उनीहरु घर भाडामा लिएर बसिरहेका छन् । सँधै सबैसँग मिलेर बस्ने गर्थे । आमाभन्दा पनि छोरीलाई बुवाले बढी माया गर्थे । कसरी उनले आफ्नो छोरीको हत्या गरेहोलान्, पत्याउन पनि गाह्रो भइरहेको छ ।’ स्नेहा पढ्ने विद्यालयका प्रचार्यले दिएको जानकारी अनुसार स्नेहा गत सरस्वती पूजाका दिन विद्यालय आएकी थिइन् । सरस्वती पूजाको दिन उनी अत्यन्तै खुसी देखिएकी प्राचार्यको भनाइ छ ।
के हत्या भएकै हो ?
स्नेहाको हत्या नै भएको हो भन्ने कुराको धनुषा प्रहरीले हालसम्म पुष्टि गर्न सकेको छैन । तर, अनुसन्धान त्यसतर्फ नै केन्द्रित भएको छ । प्रहरीले केही प्रमाणहरु पनि प्राप्त गरेको छ ।
हत्या नै भएको हो भने किन भएको हो भन्ने तथ्यपूर्ण कारण अहिलेसम्म धनुषा प्रहरीले खुलाउन सकेको छैन । स्थानीयहरु भने आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन छोरीको हत्या गरिएको हुनसक्ने अड्कल काटिरहेका छन् ।
दिलीपले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रमा कार्यरत रहेकै बेला आफ्ना कार्यालय प्रमुख विनोद कुमार यादवका छोरासँग छोरी स्नेहाको विवाह गराउने भनेर तय गरेका थिए । करिब साढे २ वर्ष अघि जब स्नेहा १० कक्षामा पढिरहेकी थिइन, त्यतिबेलै विवाह गर्ने टुंगो लागेपनि त्यसले निष्कर्श पाउनेतर्फ त्यतिबेलै आशंका उब्जिएको थियो ।
दिलीप खरदार भन्दा पनि तल्लो सहायक पदमा कार्यरत थिए भने उनका हुनेवाल सम्धी विनोद कार्यालय प्रमुख थिए । केटा त्यतिबेला प्लस टु पढिरहेका थिए । तर पनि विहे गराउने भन्ने कुरामा दुवै जनाको समान जस्तै धारणा थियो । व्यवहारहरु पनि त्यसरी नै गरिन्थ्यो ।
दुवै परिवारमा आउनेजाने, खानपिन तथा लत्ताकपडाको आदान प्रदान समेत हुने गरेको थियो । दुवै जनाले एक अर्कोलाई सम्धी भनेर सम्बोधन गर्ने गर्थे । स्नेहाले एसईई उत्तीर्ण गरेपछि प्लस टु अध्ययनका लागि काठमाडौंको नासा कलेज पठाइयो । काठमाडौं पुगेपछि स्नेहाको व्यवहारमा केही परिवर्तन आएको परिवारले महशुष गर्यो । उनको पहिरन, जीवनशैली आधुनिक बन्न पुगेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार त्यसपछि स्नेहा एक केटासँग प्रेममा परिन् । जसले गर्दा केटा पक्षले विहे नगर्ने भनेर सम्बन्ध तोड्यो । हत्याको कारणमध्ये एउटा त्यो पनि हुन सक्ने ती प्रहरी अधिकृतको भनाइ छ ।
किनभने स्नेहाले परिवारबाट बढी नै स्वतन्त्रता चाहेकी थिइन् ।
विद्युत प्राधिकरणका कर्मचारी हुन् दिलीप
दिलीप यादव नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुन् । ९ मंसिर २०६७ मा दोस्रो तह सहायक पदमा उनी प्राकिरणमा नियुक्त भएका थिए ।
२५ माघ २०७३ मा नेपाल विद्युत प्राधिकरण वितरण शाखा जनकपुरबाट महोत्तरीको जलेश्वर वितरण केन्द्रमा दिलीपको सरुवा भएको थियो । दुई महिना अघि फेरि जनकपुर वितरण केन्द्रमा सरुवा भएर आए । सरुवा भएर आएको अवधिमा ७÷८ दिन भित्र वितरण केन्द्र जनकपुरमा हाजिर भए । त्यसपछि बजारको फ्यूज शाखामा उनको जिम्मेवारी तोकियो ।
त्यहाँका इन्चार्ज जुगल साहका अनुसार १० दिन अनुपस्थित रहेपनि अनुपस्थित भएका दिन समेत हाजिरी गर्ने दिलीपको बानी थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले १ फागुन २०७४ देखि २६ फागुन २०७४ सम्म दिलीप यादव कार्यालयमा कति दिन उपस्थित रहेको वा अनुपस्थित रहेको भन्ने खुलाई पठाई दिन २७ फागुनमा विद्युत प्राधिकरण जनकपुरलाई पत्राचार गरेको थियो ।
प्राधिकरणको प्रशासकिय अधिकृत सर्वजित कुमार चौधरीका अनुसार यादव फागुन ८ गते आएपछि एकै पटक २० गते आएका थिए । तर, उनले अनुपस्थित भएको दिनको समेत हाजिरी भने गरेका थिए । ‘सोही व्यहोराको जानकारी हामीले प्रहरीलाई पनि दिएका छौं,’ चौधरीले भने । चौधरीलाई समेत अहिले विभागीय कारवाहीस्वरुप निलम्बन गरिएको छ ।
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...