×

NMB BANK
NIC ASIA

उमेर पुगेको हिँडडुल गर्न नसक्ने, गालाहरु चाउरी परेको, आँखाको नानिले आफ्नै लुगाफाटो देख्न नसक्ने, आफै खान नसक्ने, आफ्ना मनका कुराहरु राम्रोसँग प्रस्तुत गर्न नसक्ने बुढी बज्यैलाई बाटोमा देख्दा ‘बोक्सी बज्यै’ आईन् भनेर स्कूले केटाकेटीहरु भाग्दा गणित पढाउने मास्टर पनि आफ्ना विद्यार्थीहरुसँगै भागेको देखेको थिए । विद्यार्थीलाई सम्झाई बुझाई गर्नुपर्ने मास्टर आफैं भागेको त्यो हाँस्यास्पद् दृष्य अझै पनि सम्झिन्छु । 

Sagarmatha Cement
Muktinath Bank

ती कथित बोक्सि बज्यैलाई जो कोहिले पनि नजिकबाट हेर्न चाहदैनथ्यो । उनको परिवारमा रहेका मुर्ख छोरा बुहारीको त कुरै छाडौं पढेलेखेका नातिनतिनाहरु समेत आफ्नो बज्यै बोक्सी नै हुन् भन्ने सम्झन्थे । बज्यैको खानपान,स्वास्थ्य र सरसफाईमा ध्यान दिने कोहि थिएनन् । बज्यैका श्रीमान ४० वर्ष पहिले नुन बोक्न भोट गएका थिए, फर्केर आएनन् । आफ्ना श्रीमान् फर्केर नआए पनि काखको छोरालाई बज्यैले नौनि घ्यूमा डुबाएरै लक्का जवान बनाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाँउका उप्रेत बाजेका अनुसार जवानीमा यी बज्यै मस्त थिइन् । उनको सुन्दरताको चर्चा पुरै गाउँमा चलेको थियो । 


Advertisment
SBL

उनको लामो कपालको महिमा पल्लो गाउँसम्म चलेको थियो । लामो कपाल हेर्नको लागि पाहुना बनेर धेरै आए । 

Vianet communication
Laxmi Bank

गोठालाहरु उनकै घरको बाटो भएर जंगल हिँड्थे । त्यतिखेर उनको बोलाउने नाम बोक्सी बज्यै थिएन । सबैले सरला भाउजु भन्थे । उनको नागरिताको नाम ‘चन्द्रवती’ थियो ।

आजभोलि देशमा जहाँ, जहाँ बोक्सीका नाममा अमानवीय घटनाहरु घट्छन्, अखबारहरु भरिन्छन् । म तिनै बोक्सी बज्यैको खुब याद गर्छु । बोक्सी बज्यैलाई देख्दा भाग्ने बटुवाहरुको अनुहार ससर्ती स्मरणमा आईहाल्छ

चन्द्रवती भाउजुको उमेर ढल्किँदै गयो । उनका दौतरीहरु सबै वित्दै गए । चन्द्रवती अब बिस्तारै बोक्सी बज्यै बन्दै गइन् । नुन बोक्न भोट गएर कहिल्यै नफर्केका श्रीमानको सम्झनामा बज्यैले भिरपाखामा चौतारो चिन्न थालिन् । 

एक्लै, एक्लै गीत गाउन थालिन् । रातमा चिच्चाउने, कराउने गर्न थालिन् । बज्यैमा देखिएको तिनै मानसिक असंन्तुलन स्वभाविक सम्झानहरुबाट पो निर्मित थिए । तर आफ्नै छोराले बोक्सी घोषणा गरिदिए । 

आजभोलि देशमा जहाँ, जहाँ बोक्सीका नाममा अमानवीय घटनाहरु घट्छन्, अखबारहरु भरिन्छन् । म तिनै बोक्सी बज्यैको खुब याद गर्छु । बोक्सी बज्यैलाई देख्दा भाग्ने बटुवाहरुको अनुहार ससर्ती स्मरणमा आईहाल्छ ।

हिजोको अवस्था कस्तो थियो भने गाउँ नै उल्टिएर रातलाई दिन भन्यो भने त्यो दिन नै हुन्थ्यो । ठालूहरुको राज थियो । अनौपचारीक किताबहरुको अध्ययनले म भित्र भौतिकवादी दर्शनको शिक्षाले हस्तक्षेप गरेपनि बोक्सी बज्यैका पक्षमा बोल्ने हिम्मत थिएन । 

यो त पुरानो जमनाको कुरा थियो ।

मुलुकमा धेरै परिवर्तन भयो भनिन्छ । राजनीतिक रुपमा, सांकृतिक रुपमा, आर्थिक रुपमा साथै वैचारीक चेतना स्तरको रुपमा निकै परिवर्तन आयो भनिन्छ । वास्तबमा यो कुरा सत्य पनि हो कि मानिसहरुको सोच्ने र चिन्तन गर्ने क्षमतामा धेरै प्रगति भएको छ । सन्तोषजन छ यो कुरा । तर पनि समाजमा केहि कुरुपताहरु अझै पनि बाँकि छन्, ति बेला मौकामा दिल दुखाउने गरेर उपस्थित हुन्छन् । हामीले यी उपस्थतिहरुको प्रतिकार गर्नैपर्छ । 

केहि दिन अगाडि संसारभरिका महिलाहरुले १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका थिए । नेपाली महिलाहरु पनि के कम ? सडक किनारमा हिन्दी क्यासेट बजाएर नाँचिरहेका थिए । पाँच तारे होटलहरुको दिवा भोजका, जलपानका निमन्त्रणाहरु थिए । महिला अधिकारकर्मीहरुको चर्को भाषण थियो । हार्ड र सफ्ट ड्रिङ्क्ड त त्यसै पनि हुने भयो । महिलामाथि हुने विभेद र हिंसा रोक्नुपर्ने गगनभेदी नाराका महिमाहरु मञ्चन गरियो ।

यसै दिन १८ औं शताव्दीको जस्तो देखिने एउटा यस्तो भिडियो बाहिर आयो । 

कैलाली जिल्लाको कुरा हो यो । घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलिया भन्ने गाउँमा फेरि अर्को बोक्सी बज्यैको सम्झना आउने गरि घटना घट्यो । निर्दोष राधा चौधरी, जस्ले बोक्सीको आरोपमा घण्टौसम्म कथित भोलेबाबा र पार्वती माताको कुटाई सहनुपर्यो । सिङ्गो गाँउ नै रमिते बनेर हेरिरह्यो। घोडाघोडी नगरपालिका मेयर समेत राधाको पक्षामा देखिएनन् । 

बोक्सी बज्यैलाई देख्दा आफ्ना विद्यार्थीसँगै भाग्ने गणितका शिक्षक जस्तै यी मेयर पनि पढेलेखेका रहेछन् । अंग्रेजी विषयमा डिग्री गरेका यी मेयरले बोक्सीको परिभाषा फेरेका छन् । यिनले गाँउको जनताहरुलाई सम्झाउनु पर्ने ठाउँमा उल्टै गैर जिम्मेवार भएर प्रस्तुत भए, उ बेलाका गणित शिक्षक जस्तै । शक्तिको चरम दुरुपयोग गरेर कथित भोलेबाबा र पार्वती मातासँग राधाको मिलापत्र गराउने यिनको हैसियत के हो ? 

खैर खुट्टामा गोली लागेर अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका दुःखी मेयरको बारेमा धेरै आलोचना नगरौं ।

राधालाई बोक्सीको आरोपमा कुटपिट गरिएको र सिङ्गो गाउँ रमिते बनेर हेरिरहेको भिडियो मिडियामा आएपछि निकै पीडा भयो । रिस उठ्यो । सामाजिक संजालमा एकाएक यो विषयले चर्चा पायो । चारैतिर रमिते गाउँले जसमा युवायुवतीहरु पनि देखिन्छन्, जुन उमेर समुहलाई अलिक सचेत र जागरण पैदा हुने उमेर समुहको रुपमा मानिन्छ । तर आँगनमा रोइकराई गरिरहेकी राधाको बिलौलामा साथ दिने या त्यो ज्यादतीविरुद्ध बिद्रोह गर्ने कोही देखिएन ।

धिक्कार छ, तिनिहरुलाई जसले राधाको बिलौना सुनेनन् । बरु पर्व र उत्सवको रुपमा मानव आतंक सहिरहे । के पशु नै हुन् ति ? हुन त रमिता ति गाँउलेहरुले मात्र हेरिरहेका छैनन् । सिङ्गो महिला अधिकारकर्मीहरुले अहिलेसम्म रमिता हेरेर बसेका छन् । यो स्टोरी लेख्दै गर्दाको मितिसम्म यिनिहरुको संगठनबाट कुनै पनि किसिमको धारणा निस्केको छैन । माइतिघर मण्डलामा प्ले कार्ड बोकेर उभिएका छैनन् । सायद नारी दिवसको थाकनले निद्रा मै हुनुपर्छ ।

घण्टौसम्म राधाको शरीर लुछिए । कपालहरु तानिए। राधाको कुनैपनि अङ्ग बाँकि रहेन जहाँ दुखाई सहन बाँकि रहोस् । र मुखले मन्त्र जपे जस्तो वा के के अद्भुत कर्मकाण्ड जस्तो नाटक गरेर राधामाथी कथित पार्वती माता र भोलेबाबाले निरन्तर कुटपिट गरिरहे । कक्षा ११ की विद्यार्थी राधामाथि २६ वर्षीय भोलेबाबा र उनकी सहयोगी पार्वतीमाता चौधरीबाट भौतिक हलमा भईरह्यो। भोले बाबाहरुले बोक्सी भगाउन ६ घन्टासम्म दिएको पाशविक यातनाले अन्ततः राधा बेहोस भईन्। 

अस्पतालको शैयाबाट बिभिन्न मिडियाहरुलाई राधाले भनेकि छिन्, ‘मलाई किन सबैले चिच्याएर बोक्सी भन्दै लछापछार गरेर लिँदैछन् भन्ने मैले ठम्याउनै सकिन, मेरो केही गल्ती छैन? के गल्ती गरेँ र ? नमार्नुस् भनेर दस औंला जोडेर बिन्ती गरेँ तर न भोलेबाबा न पार्वती माता अथवा अरूले कसैले पनि मेरो पुकार सुनेनन् । सबैले रमिता हेरेर बसिरहे। म एक्लैले केहि गर्न पनि सकिन, अनि बेहोस हुन पुगेछु। बाँच्छु जस्तो लागेको थिएन ।’

राधा बेहोस भएपछि डरका कारण केही व्यक्तिहरुले राधाको उद्धार गरेका थिए । र उनीहरुले पार्वतीमाता र भोलेबाबाको कर्तुतबारे बताउँदै प्रहरीसँग कारबाहीको माग गरे। तर प्रहरीसामु भोलेबाबाले उल्टै आफूलाई भगवान् भन्दै पुनः राधामाथि जाइलागे । प्रहरी पनि मूकदर्शक बनिरहे। उल्टै कति प्रहरीले रामबहादुरलाई ‘भोलेबाबा’ भन्दै खुट्टामा ढोग्न पुगे। दुखको कुरा यो छ कि राधालाई  कुटपिट गर्ने आरोपीहरु घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया लगायतको रोहवरमा तत्कालै रिहा गरियो ।

रिहा पश्चात मिडिया र समाजिक संजालमा दाबाब बढ्यो। मेयरले लफङ्गा किसिमको टिप्पणि गरिरहे । शुक्रवार किशोरीका बुबाले किटानी जाहेरी दिएपछि पुनः पक्राउ गर्यो । सुरुमा राधाकी आमा फूलकेसरीले भोलेबाबा र पार्वती माता विरुद्ध सुखड प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोज्दा प्रहरीले नै इन्कार गर्यो । प्रहरी, गाउँले कसैले पनि सहयोग गरेनन् । भोलेबाबा भने अहिले पनि आफूलाई ‘भगवान’को अवतार भएको धाक लगाइरहे । 
  
यो कहाली लाग्दो घटनामा सम्पूर्ण गाँउलेहरु रमिते बन्नु त स्वभाविक थियो । किनभने तिनिहरुका लागि भोलेबाबा सबथोक थिए । शिक्षाको हिसाबले पिछौटे र चेतना विहीन समाज पक्कै पनि भोले बाबाहरु कै पकडमा हुन्छ । यो कुनै आश्चर्यको कुरा भएन । त्यो देशमा भोलेबाबाहरुको राज चलिरहन्छ जुन देशको शासकलले सिंहदरबार पस्दा कालो बोका काट्छ । जस्तो नेता र नीति हुन्छ फल, पनि त्यस्तै प्राप्त हुने न हो । त्यहाँका मेयर संवेदनाहीन बनेर प्रस्तुत हुनुको कारण पनि यहि हो ।

त्यहाँका पुलिसहरुले भोलेबाबाको खुट्टा ढोकेको सुन्नमा आएको छ । यो झुटो हो वा सत्य समयक्रमसँगै बाहिर आउला । तर प्रहरीका हाकिमहरुले नै अदृश्य शक्ति आर्जन गर्ने नाममा भारतका र स्वदेशका नाम कहलिएका सन्त जोगिहरुको पाउमा शिर झुकाउने गर्छन् । यस्तै एकजना माता छिन्, नाम याद भएन ।  तिनले धेरै पटक राज संस्था फर्कने घोषणा गरेकि छिन् । पूर्व राजा ज्ञानेन्द्र बेलाबेलामा ति मातालाई भेट्न पुग्छन् । र मोटो भेटी चढाउने गर्छन् ।

हुन त यो देशमा राजा माहाराजाहरुले पनि दैवी शक्तिलाई मान्दै आईरहेका थिए । हामी नेपालीहरुको वैचारिक लिगेसि यो वा त्यो बाहनामा दैव्य शक्ति नै हो । विकाश निर्माणका कुराहरु भन्दा यो देशमा शक्तिपिठहरु धेरै हुनका पछाडि यिनै मान्यताहरुले काम गरेको हो । सामाजमा बोक्सी प्रथा अझै किन बढिरहेको छ ? किनभने समाजमा भूत पिचास, देत्व र देवीको अस्तित्व कडा हिसाबमा कायम देखिन्छ । बलिप्रथा, पुजाआजा, दान दक्षिणाको मान्यता कहिँ न कहिँ यिनै तत्वसँग जडिएको छ ।

भौतिक हमलाको पक्षलाई केवल बोक्सी भगाउनेसँग जोडेर नियाल्नु हुँदैन। त्यो राधा माथिको हत्या प्रयास नै थियो

तर हामी यस्तो रुढिवादी पुलिन्दालाई मान्नु हुँदैन। भाग्यवादको लिगेसीले मुलुकको अवस्था आज विश्व मै दयनीय देखिन्छ । घोडाघोडीको घटना पनि यिनै रुढिवादीको लोगेसि मात्र हो । अब हामीले यो घटनाको विरोधका लागि बिरोध मात्रै गर्ने कि, कानूनी राज्यलाई चुनौती दिने यस्ता ढोंगी बाबाहरुको, माताहरुको पर्दाफास गरेर, हदै सम्मको कारबाही गरेर समाजलाई एक समुन्नतको दिशामा अगाडि बढाउने भन्ने हो । रुढिवादलाई निर्मुल गर्न हाम्रा अगाडि चुनौतिहरु छन्, तर सकिन्छ । 

जस्तो कि घोडाघोडिको त्यो घटना वा राधामाथि गरिएको अमानवीय प्रयास एक किसिमको हत्याको प्रयास नै यो। राधा बेहोस भएका कारणले यो सार्वजानिक मुद्दा हुने, तर मरेको भए ज्यान मुद्दा हुने भन्ने हैन । सार्वजानिक स्थानमा शरीरका संवेदनशिल अंगहरुमा भौतिक हमला गर्ने भोलेबाबा र पार्वती माताको नियतलाई बोक्सी भगाउने भनेर मात्रै बुझ्न हुँदैन । विगतलाई हेर्यो भने बोक्सी भगाउने प्रयास गर्दा कैयौ निर्दोषहरुको ज्यान गएको छ । 

फेरि बोक्सी भगाउने कुरालाई कानूनको कुन धाराले मान्यता प्रदान दिन्छ ? भौतिक हमलाको पक्षलाई केवल बोक्सी भगाउनेसँग जोडेर नियाल्नु हुँदैन। त्यो राधा माथिको हत्या प्रयास नै थियो । राधामाथि जसरि बेहोस हुने गरि घण्टौसम्म आक्रमण भयो, त्यो हत्या प्रयास थियो। कथित भोलेबाबा र पार्वतीमाता सँगको मिलापत्रले यो प्रकणलाई सामसुम पर्नु हुँदैन । कानूनलाई हातमा लिने त्यो मेयरलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्दछ । 

अब भन्नुहोस् उनीहरुविरुद्ध ज्यान मुद्दा किन नचलाउने ? 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x