×

NMB BANK
NIC ASIA

अमेरिकी सिक्कामा अब महिलाको चित्र पनि राखिने

चैत ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङ्टन डिसी, ४ चैत– संयुक्त राज्य अमेरिकाको मुद्रा निष्काशन गर्ने अधिकारीहरुले सिक्कामा यतिञ्जेल पुरुषको चित्र मात्र उत्कीर्ण (इम्बोस्ड) गरिआएकोमा अबदेखि अमेरिकी इतिहासमा उल्लेख्य भूमिका भएका महिलाको चित्र पनि राख्ने भएका छन् । 

Muktinath Bank

गत साता अमेरिकी संसदमा यसबारे रिपलब्लिकन र डेमोक्र्याटिक दुवै पार्टीका महिला सदस्यहरुले साझा विधेयक प्रस्तुत गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो विधेयक ऐन बनेपछि अमेरिकी टक्सारले अमेरिकाका सबै ५० राज्य, पाँच क्षेत्र र राजधानी वासिङ्टन डिसीका नेताहरुले छानेका महिलाहरुको चित्र २५ सेन्टको सिक्काको एउटा पाटोमा छापिने छ । 


Advertisment
Nabil box
Kumari

विधेयक प्रस्तोतामध्येकी क्यालिफोर्नियाकी सदस्य (डेमोक्र्याट) बर्बरा लीले सिएनएन् टेलिभिजनलाई भनिन्, ‘विगतमा ठूलो योगदान गरेका कतिपय महिलाको सम्मान हुन सकेको छैन । ऐन बनेपछि तिनको योगदानको कदर हुन थाल्ने छ ।’

Vianet communication
Laxmi Bank

‘वुमन्स हिस्ट्री मन्थ’को सन्दर्भ पारेर प्रस्तुत गरिएको विधेयकमा जीवित महिलालाई भने सिक्कामा चित्राङ्कित नगर्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित सिक्कलाई सन् २०२० मा डिजाइन गरिने छ । किनभने त्या वर्ष अमेरिकी महिलाले मत दिने अधिकार पाएको ठीक एकशय वर्ष हुनेछ । सिक्कलाई बजारमा प्रक्षेपण गर्ने काम भने सन् २०२१ मा मात्र हुने छ । 

सिक्कामा महिलालाई त्रिचाङ्कित गर्ने विचारलाई मूर्तरुप दिन राष्ट्रपति ओबामाको कार्यकालमा अर्थमन्त्री रहेकी रोजी रियोसले उल्लेख्य सहयोग गरेकी थिइन् । उनले दश डलरको नोटमा पनि महिलाको चित्र राख्ने प्रयास गरेकी थिइन् । 

कागजी नोटबारे अर्थ मन्त्रालयले सोझै निर्णय गर्न सक्दछ । तर सिक्का सम्बन्धी निर्णय संसद (काँग्रेस)बाटै हुने कानूनी प्रावधान छ । 

रोजी रियोस् भन्छिन्, ‘यो जनसंख्याको आधा हिस्सालाई सहभागिताको अवसर दिने विषयसित जोडिएको प्रस्ताव हो ।’

शुरुमा प्रचलनमा आउने यस्तो सिक्का २५ सेन्ट (चौथाइ डलर) बराबरको हुने छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x