×

NMB BANK
NIC ASIA

गृहमन्त्री बादलको सपना : ट्राफिक जाममुक्त नेपाल !

चैत ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ४ चैत– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ट्राफिक व्यवस्थापन लगायत सडक यातायातको क्षेत्रमा सुधार ल्याउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम शुरु गरेका छन् ।

Muktinath Bank

‘लोडसेडिङमुक्त नेपाल सम्भव भएझैं  ट्राफिक जाममुक्त नेपाल’ पनि सम्भव रहेको भन्दै गृहमन्त्रीले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित गरेका हुन् । बादलले गृहमन्त्रालय सम्हाले लगत्तै यो विषयमा केन्द्रीत रहेर तीन वटा बैठक डाकिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विषयमा पहिलोपल्ट फागुन २९ गते बादलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखसहितको डाके । 


Advertisment
Nabil box
Kumari

बैठकले गृहमन्त्री बादलको अध्यक्षतामा गृह मन्त्रालयका सचिव, सूचना तथा सञ्चार मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव, प्रहरी महानिरीक्षक, काठमाडौँ महानगरपालिकाका मेयर, ललितपुर महानगरपालिकाका मेयर लगायत सदस्य रहेको  निर्देशन तथा अनुगमन समिति गठन गरेको थियो ।

Vianet communication
Laxmi Bank

सो लगत्तै दुई दिनपछि चैत १ गते फेरी अर्को बृहत बैठक गृहमन्त्रीको अध्यक्षतामा बस्यो । गृहमन्त्रालयमा बसेको सो बैठकमा गृहमन्त्री बादलले ट्राफिक व्यवस्थापन गर्न तथा धुलो, धुँवा हटाउने विषयमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाभित्रका महानगरपालिका र नगरपालिकाका मेयर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, तिनै जिल्लाका प्रहरी प्रमुख उपस्थित थिए । 

सो बैठकमा उपस्थित सबै अधिकारीहरुले ट्राफिक व्यवस्थापनका बिभिन्न उपायबारे बृहत रुपमा चर्चा गरेका थिए । सो बैठकले उपत्यकाभित्रका ‘जेब्रा क्रसिंङ’ भएका ठाउँमा तत्काल रंगरोगन गरेर चिन्ह राख्ने, ठूला सवारी साधन(मालबाहक गाडी)हरुका लागि चक्रपथ बाहिर पार्किङको व्यवस्था मिलाउने र त्यसको प्रक्रिया सम्बन्धित महानगरपालिका र नगरपालिकाले मिलाउने निर्णय गरेको थियो ।

यस्तै चक्रपथभित्रका ‘ड्राइभिङ सेन्टर’, र गाडी मर्मतका लागि खोलिएका  ‘वर्कशप’लाई चक्रपथ बाहिर सार्नका लागि सम्बन्धित महानगरपालिका, नगरपालिका र ट्राफिक प्रहरीले नेतृत्व गर्ने, टुरीस्ट बसलाई कान्तिपथबाट तत्काल हटाउनका लागि काठमाडौा महानगरपालिका र ट्राफिक प्रहरीले समन्वय गर्ने, उपत्यका बाहिर जाने गाडीहरुको बसपार्क सम्बन्धित महानगर, नगरपालिका र ट्राफिक प्रहरीले मिलाउने बैठके निर्णय गर्यो ।

बिगे्रका गाडीहरुले सवारी आवागमनमा अवरोध पुर्याउने कार्य बढदो रहेकोले यसलाई व्यवस्थित गर्न बिभिन्न चार ठाउँमा ‘र्याकर’को व्यवस्था गर्ने,  टेलिफोन, इन्टरनेट र केवलका तारहरु जथाभावी राख्ने प्रवृत्ती निरुत्साहित गर्न सूचना तथा सञ्चार मनत्रालय र सम्बन्धित महानगरपालिकाहरुो समन्वयमा व्यवस्थित गर्ने, ट्राफिक जाम कम गर्न यात्रु चढाउने र ओराल्ने मात्र गर्ने, पार्किङ गरी सडकमा जाम गर्नेहरुलाई तत्काल कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय बैठकले गरेको छ ।

ट्राफिक व्यवस्थापनकै छलफलको क्रममा आज (आइतवार) पनि गृहमन्त्री बादल संयोजक रहेको निर्देशन तथा अनुगमन समितिको बैठक बस्यो । गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्रालयका सचिव, सूचना तथा सञ्चार मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव, अर्थ मनत्रालयका प्रतिनिधि, प्रहरी महानिरीक्षक, काठमाडौँ महानगरपालिकाका मेयर, ललितपुर महानगरपालिकाका मेयर लगायत उपस्थिती रहेको थियो ।

आज बसेको बैठकले सात दिनभित्र आ–आफ्नो निकायहरुको सुधार कार्ययोजना सहित आगामी बैठकमा उपस्थित हुने निर्णय गरेको छ । यस्तै गृहमन्त्रालयका सहसचिव संयोजक रहेको समन्वय समिति समेत गठन गरेको छ ।

गृहमन्त्रीले सडक, पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टाचार र अनियमितता जोडिएको भन्दै त्यसको पनि छानबिन गरीने बताएका छन् । थोरै जरिवाना भएका कारण ट्राफिक नियम उलङ्घनको घटना बढेको भन्ने सरोकारवालाहरुको गुनासोलाई संवोधन गर्न जरिवाना बढाउन तथा कानुनलाई थप कडाई गर्ने उद्घोष गृहमन्त्रीले गरेका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x