×

NMB BANK
NIC ASIA

भारतीय दबाबमा ओली सरकारलाई मधेसकेन्द्रित दलको समर्थन

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेशसभाको गठनपछि तराईको पूर्वदेखि पश्चिमका जिल्लाहरूसम्म घुमेर आएको छु । प्रादेशिक अभ्यासको केही महिना बितेको छ । आम मनोविज्ञान के छ, मुख्य मन्त्री र प्रदेशसभाले जिम्मेवारी प्राप्त गरेको छ । नेपालमा विविधता छ । त्यो विविधतालाई श्रृङ्गारिकरूपमा मात्र हेरिने काम भयो । आलंकारिकरूपमा मात्र प्रस्तुत गरियो । यो बहुलतालाई कसरी व्यवस्थापन गर्ने भन्ने माध्यम लोकतन्त्रमा प्रादेशिक संरचनामार्फत् हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

पहिचान, प्रतिनिधित्व, पहुँच, र प्राकृतिक स्रोतसाधन माथिको स्वामित्व तथा प्रगतिको कुरा प्रादेशिक अभ्यासमा मात्र सम्भव हुनसक्छ । देशलाई भावनात्मक रूपले जोड्ने काम त्यसले गर्दछ । नेपालको पछिल्लो ७ दशकदेखि जनतामुखि बनाउनका लागि, माटो पानीमुखि बनाउनको लागि संघीयताको माग हुँदै आयो । धेरै आरोह र अवरोहको उतारचढावपछि अत्यन्तै कठिनाइ पूर्वक प्रादेशिक स्वरूपहरू निर्माण भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघमा अहिले वाम गठबन्धनको सरकार छ । त्यसैले प्रदेश नं.२ बाहेक अन्य प्रदेशहरूमा पनि वाम गठबन्धनकै सरकार छ । प्रदेश नं.२ मा फोरमका पूर्व पदाधिकारी र प्रदेश नं. ५ मा राजपाका पूर्व पदाधिकारी प्रदेश प्रमुखमा छन् । बाँकी प्रदेशहरूमा कांग्रेस डोमिनेटेड व्यक्तिहरू प्रदेश प्रमुख छन् । तर बाँकी प्रदेशसभाहरूमा तथा मुख्यमन्त्रीमा वाम गठबन्धनको नेतृत्व रहेको छ । पछिल्लो २ वर्ष धेरै स्वर्णिम काल थियो । तर मधेसलाई देखाएर संघीयताले जब संविधानमा स्थान पायो, त्यसको आधारभूत संरचनाहरू निर्माण गर्न, राजनीतिक मनोविज्ञान बनाउनजस्ता कामहरू गर्नका लागि संघीय सरकारले जुन सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो हुन सकेन ।


Advertisment
SBL

अर्को कुरा के भयो भने संघको अधिकार प्रदेशसभामा नआएर ग्रासरुट डेमोक्रेसी भन्ने शब्द क्वाइन गरेर स्थानीय तहमा पुर्‍याइयो । तर परिस्थिति उल्टो भयो । सबै अधिकारहरू केन्द्रिकरण भएको छ । यो मनोविज्ञान ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूमा देखिएको छ । संविधानमा प्रदेशको स्वरूप आयो तर संस्थापन पक्षलाई के लागिरहेको थियो भने चुनावै हुँदैन । यदि राजपा नेपालले स्थानीय तहको निर्वाचन बहिष्कार नगरेको भए संस्थापनले प्रदेशसभाको पनि चुनाव गराउँदैन थिए होला । यस्तो मनोविज्ञान राजनीतिको गर्भमा अत्यन्तै गहिरिएको थियो । तर अब प्रदेशसभा त आइसकेको छ ।

Vianet communication
Laxmi Bank
'हामीले पटक–पटक प्रधानमन्त्रीको चुनावमा कांग्रेसलाई आन्दोलनको बेला पनि समर्थन गर्‍यौं, तर कांग्रेसले मधेसको सवाललाई जसरी राष्ट्रिय मुद्दा बनाउनुपर्ने थियो त्यो गराउन असफल रह्यो,' भन्ने राजपाको बुझाइ छ । त्यसैले एकपटक एमालेलाई प्रयोग गर्नुपर्छ भन्ने धारणा पाइन्छ ।

संघीयता माग्ने व्यक्तिले प्रदेश नं.२ पाएको छ । बाँकी प्रदेशले पनि अब अवसर पाएको छ कि प्रदेशलाई कसरी अधिकार सम्पन्न बनाउने । हो सबैको ध्यान प्रदेश नं. २ मा केन्द्रित भएको छ कि प्रदेश नं.२ कसरी आगाडि बढ्दछ । किनभने प्रदेश नं. २ को जे सामाजिक र जनसांख्यिक बनौट छ त्यसले कुनै पनि बेला काठमाडौंको संस्थापनलाई धक्का दिनसक्छ । त्यसैले यहाँ प्रादेशिक अभ्यास कुन तरिकाले हुन्छ, जनता यो नयाँ पद्दतिबाट कति आत्मिय हुन्छन्, यी सबै कुराहरू हेर्नुपर्ने हुन्छ । त्यो सबैको प्रयोगशाला प्रदेश नं.२ हो ।

भारतमा पनि संघीयतामा जाँदा संस्थापन कांग्रेसले प्रायःजसो प्रदेशहरूमा कांग्रेसनै रह्यो । तर पछि जब क्षेत्रीय पार्टीहरू उम्रिन थाले अनि संघ र प्रदेश बीचको तालमेलको परिभाषा र व्याकरणमा परिवर्तन आउन थाल्यो । त्यसैले अहिले पनि मानिसहरूले के भनिरहेका छन् भने संघ र प्रदेश नं.२ का बीचमा के कस्तो तालमेल र सहकार्य अगाडि बढ्न सक्छन् । त्यसैले आफैँमा सार्वभौम सम्पन्न यो प्रदेशसभा, मुख्यमन्त्री, मन्त्री, प्रतिपक्षले स्वायत्तताको अभ्यास कसरी गर्नेछन् ती सबै कुराहरूमा निर्भर हुनेछ ।

प्रदेश प्रमुख र प्रदेश सरकारबीचको सम्बन्ध

आगामी दिनमा प्रदेश प्रमुख र प्रदेश सरकारबीच निश्चित रूपमा टकरावको स्थिति आउन सक्छ । किनभने प्रदेश प्रमुखको पदमा रहने व्यक्ति संघीय सरकारका प्रतिनिधि हुन् । उहाँको काम के हो भने संघ र प्रदेशका बीचमा सेतुको काम गर्ने । जब संघलाई यो लाग्न थाल्दछ कि प्रदेशको राजनीति मेरो अनुकुल हुनेछैन, त्यो समयमा मुख्यमन्त्रीमाथि अंकुश लगाउनका लागि जसरी हात्ती माथि माउते हुन्छ ठीक त्यस्तै भूमिकामा प्रदेशप्रमुख आउन सक्छन् । यो सम्भावनालाई नकार्न सकिन्न ।

अहिले हामी राम्रोराम्रो कुरा गरौं । प्रदेशप्रमुख र मुख्यमन्त्री बीचको सम्बन्ध राम्रो रहोस् । प्रदेश २ मा प्रमुख परिपक्व मानिस हुनुहुन्छ । कर्मचारीतन्त्रबाट आउनुभएको छ । राजनीतिमा पनि एक दशकदेखि सक्रिय हुनुहुन्थ्यो । प्रदेशको म्यान्डेटअनुसार जनताले चाहेको परिवर्तनको आकांक्षालाई केन्द्रमा पुर्‍याउने र केन्द्रको जे अभिप्राय छ कि मधेसको राजनीति कहिँ अलग–थलग त हुने होइन कि भन्ने कुरालाई ब्यालेन्स गराउन भूमिका निर्वाह गर्नुपर्ने प्रदेश प्रमु्खको दायित्व हो । तर राजनीति भनेको सम्भावनाको खेल हो । राष्ट्रिय राजनीति कसरी आगाडि बढ्दछ त्यसले पनि प्रदेश प्रम्खको भूमिका तय हुँदै जानेछ ।

वाम गठबन्धनलाई मधेसकेन्द्रित दलको समर्थन

मधेसकेन्द्रित दुई दलले वामपन्थी गठबन्धनलाई समर्थन गरेका छन् । परिणाम के हुने हो भन्ने कुरा भविष्यको गर्भमा छ । तर वर्तमानमा यो समिकरण बन्नु पछाडि ३ वटा कारणहरू छन् । पहिलो कारण के हो भने राजपाभित्र एउटा ठूलो मनोविज्ञान के छ भने एकपटक एमालेसँग तालमेल गरेर अगाडि बढौं । किनभने मधेसभित्र हाम्रो मुख्य लडाई भनेको कांग्रेससँग छ । एमालेको साथ सहयोग पाउन सकियो भने कांग्रेसलाई आगामी दिनमा पनि पराजित गर्न सकिन्छ । 'हामीले पटक–पटक प्रधानमन्त्रीको चुनावमा कांग्रेसलाई आन्दोलनको बेला पनि समर्थन गर्‍यौं तर कांग्रेसले मधेसको सवाललाई जसरी राष्ट्रिय मुद्दा बनाउनुपर्ने थियो त्यो गराउन असफल रह्यो,' भन्ने राजपाको बुझाइ छ । त्यसैले एकपटक एमालेलाई प्रयोग गर्नुपर्छ भन्ने कुरा राजपाको सैद्धान्तिक बुझाइ रहेको पाइन्छ ।

दोस्रो बाह्य कारण हो । भारतीय संस्थापनलाई के लागेको छ भने संघीय सरकारले यो नबुझोस् कि मधेसले असहयोग गरिरहेको छ । आगामी दिनमा मधेसले कठिनाइ पैदा गर्न सक्ने परिस्थिति पनि आउनसक्ने हुनाले ओली सरकारलाई मधेसले सहयोग गरोस् भन्ने भारत चाहन्छ । यसमा मधेसवादी दलहरूलाई कतै न कतै दिल्लीको दबाब छ । राजपाभित्र पछिल्लो दुईसाता यता आफैँमा पनि विरोधाभाषयुक्त अभिव्यक्तिहरू आए । ओली नेतृत्वको सरकार संविधान संशोधनप्रति त्यति गम्भीर छैन, यो सरकार मधेसको एउटा शक्तिसँग मात्र वार्तामा इन्गेज छ, हामीलाई माइनस गरिएको छ जस्तो अभिव्यक्तिहरू आए । तर फेरि अचानक यो सरकारलाई हामी समर्थन गर्छौं भन्ने राजपाले निर्णय नै गर्‍यो ।

तेस्रो र महत्त्वपूर्ण कारण के हो भने केही यस्ता गाँठाहरू छन्, जसलाई सुल्झाउनका लागि पनि वाम गठबन्धनको सरकारलाई समर्थन गर्नु आवश्यक छ । मधेसले रणनीतिकरूपमा यो काम गरेको छ ।

संविधान संशोधन 

नेपालमा संविधान संशोधन त हुन्छ । तर कसको शर्तमा त्यो मुख्य कुरा हो । प्रदेशको अभ्यासका क्रममा बाँकी प्रदेशका मुख्यमन्त्रीहरू कसरी अगाडि बढ्छन् त्यसले पनि निर्भर गर्दछ । स्वयम् प्रधानमन्त्री केपी ओलीले पनि के अनुभूति गर्नुभएको छ भने जनताको मतादेश त पाएँ, तर प्रधानमन्त्रीको कुर्सी पाउन कति लामो समय लाग्यो ।

हिजोसम्म तपाईले मधेसलाई देखाएर भन्नुहुन्थ्यो कि संविधान संशोधन भारतको चाहना हो । तर आगामी दिनमा संविधान संशोधन हुनेछ, सीमाङ्कन सच्याइनेछ भनेर तपाई भन्नुहुन्छ । तर मधेसको जे चाहना र आकांक्षा छ त्यसअनुरूपले संशोधन हुन्छ वा हुँदैन भन्नु कठिन कुरा हो । तर संविधानको अन्तरवस्तुमा संशोधनभन्दा बढी मधेसी दलहरूसँग केही थप रणनीतिक कुराहरू छन् जसकारण अहिले यो समिकरण बनेको हो ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको निवासमै गएर भेटे  । यसको राजनीतिक मात्र नभएर सामाजिक महत्त्व पनि छ । कांग्रेस यो मामिलामा कतै न कतै सुस्त देखापर्‍यो । कांग्रेसले दु्रत गतिमा त्यो परिस्थितिलाई पूँजीकृत गर्नुपर्ने थियो । कांग्रेस यहाँ चुकेकै हो ।

ओलीको भारतसँगको सम्बन्ध

चुनावअघि र चुनावपछि भू–राजनीतिक क्रियाशिलता अत्यन्तै बढेको छ । भारतको नेपालमा प्रत्यक्ष प्रभाव छ । मधेसमा प्रभाव छ भन्ने कुरा जगजाहेरै छ । चीन पनि अत्यन्तै सक्रियरूपमा आइरहेको छ । त्यो कुरा चुनावकै समयमा पनि देखियो । अहिले जसरी राजनीतिक अगाडि बढिरहेको छ चीन नेपालमा धेरै कुराहरू आफ्ना अन्य मित्रहरूमार्फत् लिटमस टेस्ट गरिरहेका छन् । तर ओलीजीको सरकारको चाहना के हो भने आफ्नै सरकारको स्थायित्व र आर्थिक समृद्धिका लागि पनि चीन र भारत दुवैसँग सन्तुलन मिलाएर जानु आवश्यक छ ।

नेपालमा चीन र भारतको आ–आफ्नै कोर रुचिको विषयलाई एड्रेस गर्नुका साथसाथै आकाशे छिमेकी यूरोपेली यूनियन र अमेरिकालाई पनि कसरी इन्गेज गर्ने कुरा अत्यन्तै कठिन कार्य हो । तर ओली सरकारले त्यो बाटोमा हिड्नुपर्ने हुन्छ नै । अहिले मधेसी दलहरूले जसरी ओली सरकारलाई समर्थन गरेको छ त्यो त्यसै त भएको होइन । भारतको दवाव आएपछि मात्र भएको हो । ओलीजी विगतमा प्रतिपक्षको नेता भएको बेला भारतको संस्थापनसँग जोडिएर सहकार्य गर्न चाहन्छु भन्ने कुरा त आएकै थियो ।

पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमण

नेपालको एउटा मित्र पाकिस्तान पनि हो । काठमाडौंको वृत्तमा चियागफमा एउटा कुरा के आइरहेको छ भने जसरी राजा महेन्द्रले शक्तिलाई एकिकृत गरेपछि एकाधिकार प्रयोग गर्ने अभ्यासको शुरुवात गर्नुभयो । उनले भारतको केही कोर इन्ट्रेष्ट पूरा त गर्नुभयो, कालापानी दिनुभयो । सँगसँगै भारतीयको समानान्तरमा पाकिस्तानी कार्यकारणीलाई बोलाएर त्यसबेलाको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सम्बोधन समेत गराउनुभएको थियो । त्यसैले कतिपय मानिसहरू झस्किएका छन् । कहीँ त्यही बाटोमा त ओलीजी हिड्नुभएको छैन ।

अर्कोतर्फ के पनि कुरा भइरहेको छ भने चीनले पाकिस्तानी प्रधानमन्त्रीलाई नेपालमा पठाएर लिट्मस टेस्ट त गरेको छैन । पाकिस्तानी प्रधानमन्त्रीलाई एयरपोर्टमा नै सम्मान नगराइकन टुँडिखेलमै किन गार्डअफ अनर गराउन लगाइयो भन्ने कुराको पनि मिहिन तरिकाले विश्लेषण शुरु भएको छ । त्यसैले अहिलेको सरकारले भूराजनीतिक सन्तुलन कसरी मिलाउने हो भन्नेतर्फकेन्द्रित हुनु जरुरी छ । भूराजनीतिकको सन्तुलन मिलाउन सकिएन भने भूराजनीतिक बडा क्रुर पनि हुन्छ । प्रधानमन्त्री नभएकै बेला प्रतिपक्षको नेताको हैसियतले ओलीजीले गर्नुभएको त्यो कामले छिमेकीहरूलाई पक्कै झस्काएको छ ।

चीनका राजदूतको मधेस भ्रमण

चीनको राजदूत त धेरै पहिले नै तराई मधेसमा आउनुपर्थ्यो । अलि ढिलो भयो । किन आउनु भएन यसअघि भन्ने कुराको जवाफ त उहाँले दिने हो । तर एउटा सीमावर्ती सहरमा बसोवास गर्ने नागरिकको हैसियतले मैले भन्नुपर्दा चीन नेपालको एउटा असल छिमेकी राष्ट्र हो । नेपालको एउटा अभिन्न कुटनीतिक अंग हो । नेपालको बाँकी जिल्लाहरूका मानिसहरूसँग चीनले इन्गेज गरिरहेको छ भने तराई मधेसको जिल्लामा किन नगर्ने ?

हामीले त भन्दै आयौं कि सीमावर्ती क्षेत्रहरूका लागि दिल्लीभन्दा पटना र लखनउ बढी महत्वपूर्ण छ । तर त्यो कुरालाई काठमाडौं र दिल्लीले कहिल्यै पनि वास्ता गरेनन् । त्यसैले अब नितिश कुमार र लालबाबु राउतबीच सम्बन्ध बनाउने प्रयत्न गर्नु आवश्यक छ ।

नेपालबाट चीन घुम्ने व्यक्तिहरू केही खास समुदायका मानिसहरू मात्र छन् । मधेसी त बढी घुम्न गएका छैनन् । चीनको राज्यको तर्फबाट नेपाली नागरिकलाई प्रदान गरिने अवसर कुनै खास समुदायका लागि मात्र हुनुहुन्न । किनभने त्यसमा पनि चीनका नागरिकको करबाट खर्च गरिन्छ । चीनको राजदूत मधेसमा आउनु ठुलो कुरा होइन किनभने भारतका राजदूत पनि नेपालको उत्तरी क्षेत्रमा, हिमाली क्षेत्रमा गइरहेका हुन्छन् । किनभने भारतले के बुझ्दछ भने नेपालको त्यो बेलाको ७५ र अहिलेको ७७ जिल्लामै हाम्रो मित्रवत सम्बन्ध रहेको छ । भारतीय सेनामा नेपालकै विभिन्न प्रदेशहरूका मानिसहरू आवद्ध छन् ।

त्यसैले को आए र को गए भन्ने महत्वपूर्ण कुरा होइन महत्वपूर्ण कुरा के हो भने चीनका राजदूतको यो सक्रियताको कुटनीतिक अर्थ के हो । यो कुटनीतिक सक्रियताले राजनीतिमा के कस्तो प्रभाव परिरहेको छ । कुनै भूराजनीतिक द्वन्द्व त उत्पन्न गरिरहेको छैन । यावत कुराहरूलाई मिहिन ढंगले बुझ्नु आवश्यक छ । भइरहेको के छ भने नेपालमा कुटनीतिक मामिला, सुरक्षाको मामिला सन्दर्भमा मिहिन ढंगले अध्ययन गर्ने मानिसको तराईमा अभाव छ । अहिले प्रादेशिक अभ्यासमा गइसकेपछि त्यस्तो कुराहरूको सुक्ष्म विश्लेषण गर्ने व्यक्तिहरूको आवश्यकता छ ।

प्रदेश सरकारसँग भारतको सम्बन्ध

आफ्नो सरोकारको विषय के हुनसक्छ भन्ने कुराको अध्ययन गरेर केन्द्र सरकारलाई आग्रह र ध्यानाकर्षण गराउने काम प्रदेश सरकारले गर्न सक्दछ । जस्तै सीमा व्यवस्थापन कसरी गर्न सकिन्छ, बाढीको व्यवस्थापन, दुवै तर्फको गरीबी कसरी हटाउन सकिन्छ, दुवैतर्फको संक्रमित रोगको व्यवस्थापन आदिको विषयमा केन्द्र सरकारसँग कुरा गर्न सकिन्छ । त्यस्तै सवालहरूमा प्रदेश सरकारले आफ्ना केन्द्र सरकार मार्फत समस्या समाधान गराउनका लागि रणनीति बनाउन सकिन्छ । त्यसपछि त्यो रणनीतिलाई लागू गराउन पहल गर्न सकिन्छ ।

हामीले त भन्दै आयौं कि सीमावर्ती क्षेत्रहरूका लागि दिल्लीभन्दा पनि पटना र लखनउ बढी महत्वपूर्ण छ । तर त्यो कुरालाई काठमाडौं र दिल्लीले कहिल्यै पनि वास्ता गरेनन् । त्यसैले अब नितिश कुमार र लालबाबु राउतबीच सम्बन्ध बनाउने प्रयत्न पनि गर्नु आवश्यक छ । लखनउ र बुटबलबीच सम्बन्ध हुनु आवश्यक छ । त्यसका लागि ट्र्याक टू फर्मुलाबाट मिडियाकर्मी, उद्योगी, व्यापारी, नागरिक समाजको तर्फबाट पनि पहल गर्न सकिन्छ । र सरकारको तर्फबाट हुने काम सरकारी तवरले गर्नुपर्दछ । वैदेशिक सम्बन्ध निर्धारण गर्ने अधिकार प्रदेश सरकारलाई नभए पनि त्यसको प्राथमिकताहरू के–के हुन सक्छन् भन्ने कुराको सवालमा प्रदेश सरकारले केन्द्र सरकारलाई सुझाव दिन सक्छन् ।

प्रदेश सरकारको आगामी यात्रा

सबैभन्दा पहिले प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारको काम के हो त्यो बुझेर त्यस्ता काममा इन्गेज हुनुहुँदैन । आफ्नो प्रदेशका स्थानीय तहलाई कसरी इन्गेज गर्ने, संघीय सरकारबाट कसरी प्रदेश सरकारमा शक्ति ल्याउन सकिन्छ भन्ने कुराको लागि स्थानीय सरकारहरूलाई कसरी आफ्नो विश्वासमा लिने, काम गर्नुपर्दछ । यसका अतिरिक्त केही साहासिक निर्णयहरू गर्नुपर्नेछ चाहे त्यो अलोकप्रिय नै किन नहोस् । जस्तै उखु किसानहरूको समस्या समाधान गर्नु पर्‍यो । किसानहरूको समस्यालाई बढी प्राथमिकता राख्नुपर्‍यो ।

व्यापारीभन्दा पनि किसान र मजदूरको हकमा निर्णयहरू गर्न सक्नुपर्‍यो । यसका अतिरिक्त बाँकीका प्रदेश सरकारहरूसँग समन्वय गर्नुपर्दछ । संविधानमा अन्तरप्रदेशिय सम्बन्धको परिकल्पना गरिएको छ । त्यो बैठक डाकेर आफूले भन्ने सवाल बाँकी प्रदेशका सरकारबाट पनि आउन सक्ने स्थिति निर्माण गर्न वातावरण बनाउनु जरुरी छ ।

सस्तो लोकप्रियता कमाउनका लागिभन्दा पनि वा आगामी चुनाव जित्ने वा नजित्ने भन्नेतर्फ नलागेर अहिले जग बसाउने काम यो सरकारले गर्नु आवश्यक छ ।

(मधेस मामिलाका जानकार एवम् राजनीतिक विश्लेषक चन्द्रकिशोरसंग लोकान्तरका लागि प्रदेश नम्बर २ प्रतिनिधि अजय अनुरागीले गरेको कुराकानीमा आधारित)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x