×

NMB BANK
NIC ASIA

सुर्खेत, ५ चैत

Muktinath Bank

सुर्खेत बुलबुल ताल माया, 
मै सानी हुनाले छ्ट्यो मायाजाल !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहि गीतले चर्चित कर्णाली प्रदेशको मुटुमा रहेको बुलबुले तालमा र्‍याफ्टिङ शुरु भएको छ । भेरी कर्णाली र्‍याफ्टिङ एडभेन्चर प्रालिले बुलबुलेको ठूलो तालमा शनिबारदेखि र्‍याफ्टिङ सेवा सञ्चालनमा ल्याएको हो । उपत्यका नगर विकास समितिसँगको सहकार्यमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको सञ्चालक समुन्द्र गौतमले बताए ।


Advertisment
Nabil box
Kumari

र्‍याफ्टिङमार्फत बुलबुले तालको शयर गर्न ३० देखि ४० मिनेटको समय लाग्छ । भेरी कर्णाली र्या‍पिड एडभेन्चर प्रालिले प्रतिव्यक्ति एक सय रुपियाँ र विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । र्‍याफ्टिङमा चढेर एक पटकमा १२ जनासम्मले तालको अवलोकन गर्न पाउँछन् ।

Vianet communication
Laxmi Bank

भेरी नदीमा र्‍याफ्टिङ गराउँदै आएको भेरी कर्णाली र्‍याफ्टिङ एडभेन्चर प्रालिले नगर विकास समितिको आग्रहमा बुलबुलेमा पनि सुरु गरेको हो । 

‘भेरी कर्णालीले भेरीमा दैजिनक दुई वटा र्‍याफ्टिङ सञ्चालन गर्दै आइरहेको छ । ‘बुलबुलेमा आउने पर्यटकहरुलाई थप सेवा दिन र केही समयका लागि भएपनि पानीमा शयर गराउने उद्देश्यले ¥याफ्टिङ सञ्चालनमा ल्याएका छौं’ गौतमले भने, ‘बजारभित्रैकै प्रमुख पर्यटकीय स्थल भएकाले नियमित सञ्चालन हुने अपेक्षामा छौं ।’

उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले बुलबुलेमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरञ्जनका लागि ¥याफ्टिङ सञ्चालनमा ल्याइएको बताए । ‘ताल ठूलो भएपनि यहाँ आउने पर्यटकहरु बाहिरैबाट हेरेर फर्किने अवस्था थियो’ उनले भने, ‘अव र्‍याफ्टिङमार्फत तालको शयर गरेर मनोरञ्जन पनि लिन सक्नुहुनेछ ।’

उनले पछिल्लो समय बुलबुलेले स्वरुप फेर्दै गएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन पनि बढेको बताए । 

‘र्‍याफ्टिङले पर्यटक आकर्षित गर्न थप मद्दत गर्नेछ’ उनले भने, ‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको केन्द्र भागमा भएकाले पनि र्‍याफ्टिङ पर्यटकहरुको रोजाईमा पर्छ ।’

उनले सुरुको १० दिन भेरी कर्णाली र्‍यापिड एडभेन्चर प्रालिलाई ट्रायलका लागि निःशुल्क सञ्चालन गर्न दिइएको बताए । ‘१५ दिनसम्मको अवस्था हेरेर कम्पनीसँग वार्षिक संझौता गछौं’ उनले भने, ‘यसले पर्यटक आकर्षित गर्न सघाउ पुर्‍याउँछ नै नगर विकास समितिको आम्दानीमा पनि सहयोग पुग्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x