×

NMB BANK
NIC ASIA

अस्पताल प्रशासनको लापरवाहीले ८ वर्षसम्म पाएनन् कान्तिमा बिरामीले सहुलियत

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ चैत- कान्ति बाल अस्पताल प्रशासनको लापरबाहीले त्यहाँ उपचारत मुटु, मिर्गाैला र क्यान्सरका बिरामीले विपन्न नागरिक औषधि उपचार कोषबाट पाउनु पर्ने सरकारी सहुलियत पाउन सकिरहेका छैनन् ।

Muktinath Bank

सरकारी सहुलियत पाउने अस्पतालहरूमा कान्ति बाल अस्पताललाई आर्थिक वर्ष २०६६/६७ मा नै सुचिकृत गरिएको भए पनि अस्पतालले आवश्यक कागजात ८ वर्षसम्म मन्त्रालयमा बुझाएन । अस्पतालले मन्त्रालयमा विवरण नबुझाउँदा विगत ८ वर्षदेखि कान्तिमा उपचारत बालबालिकाहरू सरकारले वितरण गर्ने विपन्न नागरिक औषधि उपचार कोषको सहुलियतबाट वञ्चित हुँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपन्न नागरिक औषधि उपचारका लागि सूचिकृत भएको ८ वर्षपछि बल्ल अस्पताल प्रशासनले चासो देखाएको छ । यससम्बन्धी विवरण हालै बुझाइएको छ ।


Advertisment
Nabil box
Kumari

सकारको विपन्न नागरिक उपचार कोषको रकम चैत महिनाबाट कान्ति अस्पताललाई पनि वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाका वरिष्ठ अहेब प्रकाश घिमिरेले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

कान्तिमा उपचारत बालबालिकालाई कोषको सहुलियत उपलब्ध गराउन दुई महिनाअगाडि पनि स्वास्थ्य सेवा विभागले कान्ति अस्पतालका चिकित्सक र अस्पताल व्यावस्थापकसँग छलफल गरेको उनको भनाइ छ ।

‘सहुलियत रकम पाउने अस्पतालको नाममा कान्ति अस्पताल पहिला नै सुचिकृत भए पनि त्यहाका बिरामीले कोषको उपचार सहुलियत पाएका थिएनन् । कान्तिका बालबालिकाले पनि सरकारले दिने विपन्न नागरिक औषधि उपचार कोषबाट सेवा पाउन भनेर अस्पताललाई यसको निर्देशिकाको बारेमा जानकारी गराइसकेका छौं,’ अधिकृत घिमिरेले लोकान्तरसँग भने, ‘अस्पतालले चैत महिनाबाट बिरामीको विवरण पठाउने भएको  छ । अब कान्तिमा उपचारत मृगौला, क्यान्सर रोगका बालबालिकाले एकलाख बराबरको औषधि उपचार निःशुल्क पाउँछन् ।’

विपन्न नगरिकलाई औषधि उपचारका लागि सुचिकृत गरिएका अस्पतालहरूमा विवरणमा कान्ति बाल अस्पतालको नाम छैटौं नम्बरमा पर्छ । सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सुहलियत दिने निर्णय गरेसँगै आर्थिक वर्ष २०६७/६८ मा नै कान्तिमा उपचार गर्ने मुटु, मिर्गौला र क्यान्सरको बालबालिकाले सहुलियत पाउने उल्लेख गरेको थियो । तर अस्पतालले आवश्यक प्रक्रिया नै अघि नबढाएपछि कान्तिमा उपचार गराउने बिरामीले कोषको सहुलियत रकम पाएका थिएनन् ।

यसअघि अस्पतालकै व्यवस्थापन पक्षको कमजोरीको कारण कान्तिमा उपचारत बालबालिकालाई सरकारको सहुलियत प्रदान गर्न नसकिएको कान्ति बाल अस्पतालका निर्देशक डाक्टर गणेश राईले स्वीकार गरेका छन् । 
‘सरकारको सहुलियतको लागि बिरामीको विभिन्न कागजातहरू संकलन गर्नुपर्ने हुन्छ । त्यसको व्यवस्थापन गर्न नसक्दा यसअघि सरकारको सहुलिय बिरामीलाई उपलब्ध गराउन सकेका थिएनौं,’ उनले लोकान्तरसँग भने, ‘अब चैत महिनाबाट सरकारलाई बुझाउने आवश्यक विवरण तयार पार्न सामाजिक इकाइमार्फत प्रक्रिया शुरु गरेका छौं ।’

अस्पतालले कान्तिमा उपचारत बालबालिकालाई स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने अन्य कोषको रकम र विदेशी सहयोगबाट  उपचारमा सहुलियत भने दिँदै आएको उनको भनाइ छ ।

मिर्गौला र क्यान्सरका बालबालिकालाई सरकारकै कोषबाट सहुलियत दिँदा बिरामी र अस्पताललाई पनि सहयोग पुग्ने निर्देशक डा. राईको विश्वास छ । कान्ति बाल अस्पतालका निर्देशक गणेश राईले चैत महिनाबाट अस्पतालमा उपचारत मिर्गौला र क्यान्सरका बिरामीको तथ्याङ्क महाशाखामा पठाउने जनाएको छ । 

नेपाल सरकारले (विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका संशोधित– २०७३) जारी गरी अत्यन्त खर्चिला र जटिल प्रकृतिका ८ किसिमका कडा रोगहरू मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इञ्जुरी, स्पाइनल इञ्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि सहुलियत प्रदान गर्दै आएको छ । विपन्न नागरिक औषधि उपचारका लागि देशभरका ७५ वटा अस्पतालहरु सुचिकृत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x