×

NMB BANK
NIC ASIA

पाँच वर्षभित्र ७५० किलोमिटर रेलमार्ग निर्माण गर्ने योेजना, डीपीआरको कार्य अगाडि बढ्दै

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर, ५ चैत - राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ । 

पश्चिम क्षेत्रमा विस्तार हुने रेलमार्गलाई चार खण्डमा विभाजन गरी प्रतिवेदन बमोजिमको कार्य अगाडि बढाइएको हो । विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बुटवल–लमहरी, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड– गड्डाचौकी गरी चार भागमा विभाजन गरी कार्य अगाडि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर(सिडिई) प्रकाशभक्त उपाध्यायले बताउनुभयो । 

“प्रतिवेदन तयार गर्नका लागि परामर्शदाता तथा विषयगत विज्ञको स्थलगत भ्रमण, अवलोकन, निरीक्षण र सर्भेक्षणका कार्य अगाडि बढाइएको छ” उहाँले भन्नुभयो, “प्रतिवेदनअन्तर्गत सर्भेक्षण गर्ने, माटो परीक्षण गर्ने, रेल मार्ग निर्माण हुने क्षेत्रको जग्गाको लेखा जोखा गर्ने, लगत संकलन गर्ने, आवासीय क्षेत्रमा पर्ने घर, रुखको लगत राख्नेलगायतका कार्य अगाडि बढेका छन्” 

Muktinath Bank

“वातावरणीय प्रभाव मूल्यांकन(इआईए) सँगै विस्तृत इञ्जिनियरिङ, सर्भेक्षण तथा नमूनाका कार्य अगाडि बढाइएकाले निर्धारित समयभित्रै कार्य पूरा हुने अपेक्षा लिएका छौँ” इञ्जिनियर उपाध्यायले भन्नुभयो । वातावरण संरक्षण नियमावली २०५४ को परिच्छेद २ दफा ४ बमोजिम वातावरण मूल्यांकन तयार गरी जनसंख्या तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने प्रावधान छ । वातावरणीय प्रभाव मूल्यांकनअन्तर्गत सामजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, रसाईन क्षेत्र र जैविक क्षेत्रबारे मूल्यांकन गरिन्छ । 

रेलमार्ग विस्तार हुने कैलालीका चौमाला, मसुरीया, उदाशीपुर, पहलमानपुर, दरख, राशिखरझाला, साडेपानी र कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, पिपलाडी, झलारी, देखतभूली र कृष्णपुर क्षेत्रको ९४ किलोमिटर क्षेत्रमा डिपिआरको कार्य र इआइएको कार्य अन्तिम चरणमा पुगेको छ । गत साउन महिनादेखि शुरु भएको कार्य आउँदो दशैँसम्म पूरा गरिने बताइएको छ । 

सुख्खड–गड्डाचौकी क्षेत्रको रेखांकनमा पर्ने गाउँपालिका, नगरपालिका क्षेत्रमा रहेका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा संस्थाको लिखित राय सुझाव लिने कार्यसमेत गरिएको इञ्जिनियर उपाध्ययले बताउनुभयो । मेची महाकाली विद्युतीय रेलमार्ग परियोजनाअन्तर्गत २० वर्षभित्रमा चार हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य लिएको छ । 

दश वर्षभित्र एक हजार ५०० किलोमिटर र पाँच वर्षभित्र ७५० किलोमिटर रेलमार्ग निर्माण गर्ने योेजना बनाइएको छ । पश्चिम क्षेत्रको रेलमार्गको डिपिआर र इआइए गर्नका लागि मात्रै रु २५ करोड बढी खर्च लाग्ने बताइएको छ । 

मेची महाकाली रेलमार्ग निर्माणका क्रममा पर्ने घर, जग्गा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, मठ, मन्दिर, पाटी पौवा, बगैँचा, रुखको क्षतिपूर्ति के कस्तो पाइने वा नपाइनेबारे स्थानीय तहका जनप्रतिनिधिले चासो देखाएका छन् । 

आयोजना कार्यालयलाई यसबारे बारम्बार पत्राचार गराउँदासमेत जानकारी समेत पाउन नसकिएको जनप्रतिनिधिले गुनासो गरेका छन् । रेलमार्ग निर्माणका लागि कार्य अगाडि बढाइनु स्वागतयोग्य कार्य हो शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “स्थानीय तहलाई जानकारीनै नदिई कार्य अगाडि बढाइदा अन्योल भएको छ ।” 

“सर्भेक्षणबमोजिम रेलमार्गमा स्थानीय बासिन्दाको घर जग्गा परे क्षतिपूर्ति पाइने वा नपाइने हो थाहा पाउन कार्यालयमा पुग्न थालेका छन्, यसबारे हामीसमेत अनिभिज्ञ छौँ जानकारीका लागि मन्त्रालयदेखि विभाग र परियोजना कार्यालयलाई पत्राचार गरे पनि कुनै जवाफ पाइएको छैन ।” उहाँको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x