×

NMB BANK
NIC ASIA

क्रान्ति सकिएको छैन, नयाँ ढंगले अगाडि बढ्छ : प्रचण्ड

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ५ चैत– नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताएका छन् । 

Muktinath Bank

अखिल नेपाल जनसांस्कृतिक महासंघले यहाँ आज आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४’ लाई सम्बोधन गर्दै उनले अबको क्रान्तिको आधार समृद्धि र विकास हुने भएकाले सोही दिशामा अग्रसर हुन कलाकर्मीलाई आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरे पनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने र आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्ने बताउँदै आर्थिक समृद्धि र विकासको कुरा गर्दा सांस्कृतिक क्रान्ति र गतिविधिलाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । 

“हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दा सांस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउने खतरा छ, ठूलो बलिदान र संघर्षमा सहभागी भएको पिँढी रहँदासम्म त सांस्कृतिक विचलन नआउँला, त्यसपछि के होला भन्ने अन्योल छ, त्यो अन्योललाई राजनीतिककर्मी र सांस्कृतिकको क्षेत्रमा काम गर्नेले चिर्नु जरुरी छ,” प्रचण्डले भने ।  

सांस्कृतिक क्रान्तिमा जनसांस्कृतिक महासंघको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन पनि सांस्कृतिक आन्दोलन जरुरी रहेको बताए । 

प्रचण्डले ‘सांस्कृतिक प्रतिरोध दिवस’ लाई जनयुद्ध, जनआन्दोलनलगायतमा सहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि र घाइते अपांग भएका योद्धाप्रति सम्मान गर्ने विशेष दिनका रुपमा आफूले लिएको पनि बताए । 

“शहीदप्रति सम्मान अर्पण गर्दै नयाँ संकल्प गर्ने विशेष दिनमध्ये सांस्कृतिक प्रतिरोध दिवस पनि एक हो, यस दिनमा मुलुकलाई एकताबद्ध गर्दै समाजवादी क्रान्तिको आधार निर्माणको महान् अभियानमा समर्पित हुने संकल्प हामी सबैले गरौँ ,” उनले भने ।

राजनीतिकरुपमा प्राप्त अधिकारलाई गौरवमय उपलब्धिका रुपमा लिँदै समाजवादी क्रान्तिको अभियानमा लाग्नसमेत उनले सांस्कृतिक क्षेत्रलाई आग्रह गरे । 

विसं २०५५ चैत ५ गते तत्कालीन नेकपा(माओवादी)का सांस्कृतिक टोलीलाई काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा हत्या गरेको स्मरणमा महासंघले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । 

सो घटनामा माओवादीका सांस्कृतिकर्मी च्याङबा लामा, गुम्बासिंह लामा, चिनीमाया तामाङ, डम्बर श्रेष्ठ, सावित्री चौलागाईं, सुभद्रा सापकोटा र मञ्जु कुँवर काभ्रेको अनेकोटको एक घरमा बसिरहेका बेला मारिएका थिए । 

कार्यक्रममा लोकप्रिय जनगायक जीवन शर्मा, व्यङ्ग्यकार विमल निभा र कलाकार सीता आचार्यलाई प्रचण्डले सम्मान गरे । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x