×

NMB BANK
NIC ASIA

साहित्य सन्ध्यामा गजलको चर्चा

चैत ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, चैत- साहित्य सन्ध्याको नियमित मासिक ३८२ औँ शृङ्खला चैत्र ३ गते शनिबार आर.आर क्याम्पस प्रदर्शनी मार्गमा “गजलको चर्चासहित कविगोष्ठी” सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो भने विशेष समारोहका अतिथिहरूमा माननीय सानु पहाडी, माननीय खेम नेपाली, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, प्रा.डा.यादबप्रकाश लामिछाने, गजलकार ललिजन रावल, गजलकार मधु पोखरेल, डा.विदुर चालिसे, वरिष्ठ कवि एवम् सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ कवि कणाद महर्षि, वरिष्ठ साहित्यकार रविमान लम्जेल, वरिष्ठ गजलकार रामबहादुर पहाडी, साहित्यकार सुनिल पौड्याल, कवि तारा गाउँले, साहित्यकार डम्बर पहाडी उपस्थित हुनुहुन्थ्यो । 

Muktinath Bank


प्रवासमा रहेर पनि नेपाली साहित्यको साधनामा समर्पित साहित्यकार इन्द्रबहादुर राई र स्वदेशमै नेपाली प्रगतिवादी साहित्यको उत्थानमा समर्पित पीताम्बर भण्डारीको हालै देहावसान भएकाले उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरी थालनी भएको उक्त विशेष गोष्ठीमा गजलकार ललिजन रावलले गजलको सैद्धान्तिक पक्ष तथा वर्तमानको गजलकारिताका बारेमा प्रकाश पार्दै २०३९ देखि ४२ सालसम्म साहित्य सन्ध्यामा म नियमित थिएँ र गजललेखनमा केन्द्रित थिएँ । आज यही संस्थामा गजलकै विषयमा चर्चाका लागि उभिनपाउँदा गोरवबोध भएको छ । त्यो समयमा पूर्वमा गोविन्द विकल र मधु पोखरेल गजलसाधनामा हुनुहुन्थ्यो । गजल प्राविधिक विषय हो तर गायन मात्र चाहिँ गजल होइन, जे लेख्यो त्यही गजल हुँदैन । वर्तमानमा आएर गजल विधा लोकप्रिय भएको छ र नव प्रवेशीको साहित्यमा छिर्ने विधा गजल भएको छ त्यसैले यो विधा स्थापित हुँदै छ । मोतीरामको गजललाई सेतुरामले गाएर गजल लेखन परम्पराको थालनी भएको हाम्रो इतिहासमा अहिले त गजल पाठ्यक्रममै राखिएको छ । गजलमा बहर र काफिया मिलेको हुनुपर्दछ, काफियाविना गजल हुँदैन । त्यसैले गजल लेख्दा सैद्धान्तिक ज्ञानका साथ लेखिनुपर्दछ । प्रेमका लागि, पीडा अभिव्यक्तिका लागि, सामाजिक रूपान्तरणका लागि गजल लेखिन्छ । गजल गेय विधा हो । चालिसको दशकपछिका गजलहरू राजनीतिक–सामाजिक रूपान्तरणका लागि लेखिनथालेका छन् तर अझै व्यापकरूपमा सामाजिकीकरण र सांस्कृतिकीकरण गरिनु आवश्यक छ । शिष्टता, शालीनता, हार्दिकता र कलात्मकतालाई ध्यान दिनु आवश्यक छ किनभने गजल अभिव्यक्तिको कौशल पनि हो । दुई पङ्क्तिको एक सेर हुने गजल अरबी भाषाको शब्द हो भने गायन फारसीबाट आएको हो । गजल मुस्नसल र गैरमुस्नसल हुन्छ । गैरमुस्नसलमा प्रत्येक सेर आफैँमा पूर्ण हुन्छ भने मुस्नसलमा एकअर्काका बिच सम्बन्ध हुन्छ । त्यसैले गजललाई सावधानीका साथ सैद्धान्तिक ज्ञानका साथ लेखिनुपर्दछ भन्नुभयो ।    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


गोष्ठीमा मधु पोखरेल, लीलाराज दाहाल, मुकुन्द न्यौपाने, डा.खेम दाहाल, गोपाल नेपाल, रामचन्द्र खतिवडा, डा.विदुर चालिसे, ललिता दोषी, गङ्गा कमाचार्य, अच्युत घिमिरे, अमृता स्मृति, चूडा निर्भीक, सानु पहाडी, डम्बर पहाडी, टी.एन.भट्ट, कणाद महर्षि, ढुण्रिाज पोखरेल, नानी भारद्वाज, प्रदीपरत्न शाक्य, मोहन सङ्ग्राम, रामबहादुर पहाडी, होमराज श्रेष्ठ, रचना दाहाल, तारा गाउँले, सुनिल पौड्याल, ऋचा, केशवराज निश्चल, खेम नेपाली, रविमान लम्जेल, ललिजन रावल र राम विनयले आआफ्ना अत्यन्त समसामयिक कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो । 


Advertisment
Nabil box
Kumari


वाचित सिर्जनामाथि प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष एवम् समालोचक प्रा.डा.यादबप्रकाश लामिछानेले चर्चा गर्नुहुँदै कवितासिर्जना कविको कर्म हो । कविको सिर्जनालाई एकपटक सुनेका आधारमा समीक्षा गर्दा कहिलेकाहीँ न्याय नहुन पनि सक्छ तर आज वाचित रचनाले आजको युगको यथार्थलाई उजागर गरेका छन् । चाकडी–चाप्लुसीको प्रवृत्तिलाई उजागर गरेका छन्, भूकम्पले ल्याएको पीडाको अभिव्यक्ति छ र राहत नपाउनुका प्रति व्यङ्ग्य प्रहार गरेका छन्, गाउँ र ग्रामीण जनताका प्रतिको सम्मानका कविता आएका छन्, वर्तमानमा विचार कम ऊर्जावान् भएकाले सिर्जनामा पनि त्यसको प्रभाव परेको पक्ष आएको छ, अँध्यारोको विरोध र शान्तिको चाहना अभिव्यक्त भएको छ, माटाको महत्तागान गाइएको छ, स्वाभिमानको वकालत गरिएको छ, वर्तमान यथार्थको उजागर गर्दै त्यसभित्रका विकृतिका प्रति व्यङ्ग्य गरिएको छ, यो पुण्यभूमिको महत्तागान गाइएको छ, समसामयिकताको सूत्रात्मक अभिव्यक्ति आएको छ, छिमेकीको हेपाहा प्रवृत्तिको विरोधका स्वर आएका छन्, सँगसँगै वैचारिक स्खलन रोक्नुपर्ने सन्देशसमेत सम्प्रेषण गरिएको छ भन्नुभयो र हामी सबैको वैचारिक आन्दोलनको प्राप्ति गणतन्त्रमा हाम्रा सपना साकार हुनसकेका छैनन् तापनि आशावादी जीवनदृष्टि आवश्यक छ । अबका सिर्जनाले हामी कस्तो समाजवाद चाहन्छौँ भन्ने खुट्याउनसक्नुपर्दछ भन्ने विचारसमेत राख्नुभयो । 

Vianet communication
Laxmi Bank


गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको छ । आज भने हामीले गजलका बारेमा चर्चा गर्नु उपयुक्त ठान्यौँ र यसै विषयमा आफ्नो अध्ययन अनुसन्धान केन्द्रित गरिरहनुभएका वरिष्ठ गजलकार ललिजन रावललाई अनुरोध गर्यौँ । उहाँ आइदिनुभयो र विशद चर्चा पनि गरिदिनुभयो । प्रा.डा.यादबप्रकाश लामिछाने आइदिनुभयो र वाचित सम्पूर्ण रचनामाथि सूक्ष्म विश्लेषणसहित समीक्षा गरिदिनुभयो । अतिथिहरू आइदिनुभयो, यहाँहरू सबै आइदिनुभयो, सबै सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु । हामी स्रष्टाको काम भनेकै खबरदारी गर्ने हो त्यसैले हामी स्रष्टाले अहिले देखिएका सबै खाले समस्याका प्रति सिर्जनाका माध्यमबाट खबरदारी गरिरहनुपर्दछ भन्ने उद्देश्य साहित्य सन्ध्याको हो । अब अर्काे सन्ध्यामा फेरि कुनै समसामयिक विषयमा बहस गरिने नै छ भन्नुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x