पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
काठमाडाैं | चैत ८, २०७४
जनकपुरधाम, ८ चैत- जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षामा भइरहेको अनियमितताबारे लोकान्तरले श्रृंखलाबद्धरूपमा समाचार प्रकाशन गरेपछि त्रिविको केन्द्रीय टोली जनकपुर आइपुगेको छ ।
त्रिविका परीक्षा उपनियन्त्रक अखिलेशकुमार सिंह नेतृत्वको टोली स्नातकोत्तर तह दोस्रो वर्षको बिहीबारको परीक्षा शुरू हुनुअगावै क्याम्पसमा आइपुगेको थियो । केन्द्रबाटै टोली आएपछि बिहीबारको परीक्षामा निकै कडाइ गरिएको छ ।
विद्यार्थीहरूलाई परीक्षा हलमा प्रवेश गराउनुअगावै चिट, गेसपेपर, गाइड तथा टीयू सोलुसनहरू निकालिएको छ भने मोबाइल पनि परीक्षा हलमा लैजान दिइएको छैन । चिट र मोबाइल थुतेपछि परीक्षार्थीले नाराबाजी गरेका छन् । आफूहरूले पढ्न नपाएकाले चिट चोर्न पाउनुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।
नाराबाजीका बीच परीक्षा शुरू भएको छ । सुरक्षाका लागि थप सुरक्षाकर्मी मगाइएको छ ।
पर्यवेक्षक विनोदलाल कर्णले आफूहरूले निकै कडाइका साथ बिहीबारको परीक्षा सञ्चालन गरिरहेको जानकारी दिए । परीक्षार्थीहरूसँग रहेका चिट तथा सबैखाले पुस्तकहरू प्रवेशद्वारमै निकालिएको र मोबाइल पनि परीक्षा हलमा लान नदिइएको उनले बताए ।
यस्तै त्रिविका परीक्षा सहनियन्त्रक सिंहले पनि राराबको परीक्षामा भइरहेको अनियमितता बारे थाहा पाएपछि त्रिवि परीक्षा बोर्डले आफूलाई खटाएको बताए ।
‘म आफू पनि राराबकै प्रोडक्ट हो, यहाँ भइरहेको अनियमितता नियन्त्रण गर्न क्याम्पसको साख पुरानै अवस्थामा फर्काउन म स्वयम् आएको छु,’ उपनियन्त्रक सिंहले लोकान्तरसँग भने । राराब मात्रै नभएर जनकपुरका सबै परीक्षा केन्द्रमा भइरहेको अनियमितता नियन्त्रण गर्ने उनको अठोट छ ।
यसैबीच त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले फोन गरेर लोकान्तरलाई धन्यवाद दिएका छन् । 'त्रिविका लागि यो धब्बाको रूपमा रहेको थियो, तपाईंहरूको सहयोगले आज हामीले नियन्त्रण गर्न सफल भएका छौं,' जोशीले भने ।
यसबारे सामाजिक सञ्जालमा पनि चर्चा भएको थियो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मण घिमिरेले सामाजिक सञ्जाल फेसबूकबाटै यसरी प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका थिए ।
हेर्नुहोस्, राराबमा भइरहेको अनियमितता बारे लोकान्तरमा प्रकाशित समाचार :
त्रिविको परीक्षामा मनलाग्दी : चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर ! [भाग ३]
त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने [भाग २]
नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...