×

NMB BANK
NIC ASIA

यो मुलुकको गरिबी, अभाव, बेरोजगारी, भ्रष्टाचार, बिभेद, असमावेशी प्रणाली, दमन, पछौटेपन, कमजोर अर्थ प्रणाली, नाजुक सैन्य क्षमता कहिल्यै आन्तरिक मामिलाको बिषय बन्न सकेन । खालि उही भारतले के भन्छ, चीनको कुरा के हो भनेर गफ मात्र हाँकिरहने यो देशका शासकहरुले अहिलेसम्म धरहरा उठाउन सकेका छैनन् । सायद कुनै विदेशी दाता फेला नपरेको हुन सक्छ । यो भन्दा ठूलो बेइज्जत अरु के हुन सक्छ ?

Sagarmatha Cement
Muktinath Bank

विदेशीहरुले नेपाललाई किन हेप्छन् ? त्यसको प्रतिवाद मुखले दिने हो कि व्यवहारले ? हामी कतिधेरै भाग्यबादी छौ वा कर्मवादी ? भुटान, ईथोपिया नै भन्नुहोस् ति देश निकै माथि गैसके जोसँग हाम्रो तुलना केही वर्ष अगाडिसम्म हुने गर्थ्यो । तर हामी झन्झन् किन पिल्सिदै गएका ? यसको समाधान एकले अर्काको गाँण कोराकोर गरेर हुन्छ ? काखि बजाएर समस्याको समधान हुन्छ ? विकास भनेको समग्र उन्नति हैन र?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 
जब नेपालमा आन्तरिक मामिलाको बारेमा घगडान चिन्ता हुन थाल्छ तब मलाई अचम्म लाग्छ । रक्सौलदेखि पथलैयासम्म गणना गर्दा प्याज, गोलभेडा, धनियाँ, माछा, हरियो साग, खुर्सानी, कुखुराको चल्ला बोकेका करिब १ हजार १० ओटा भारतीय नम्बर प्लेटका गाडीहरु काठमाडौको लागि हिडिरहेका छन् तर सयौ वर्षदेखि राष्ट्रवादको ठेक्का लिएर सुतिरहेका छन् शासकहरु । चीर शान्ति जस्तो निद्रा जस्को कुनै हलचल र डगमग छैन ।


Advertisment
Nabil box
Kumari

दानापानी बन्द गर्दिन्छु भन्ने धम्कि निरीह भएर सुन्छ काठमाडौ । लगाउन, खान नपाएको बेला चलमल गरेर अलिकति सजिव प्राणी जस्तो भ्रम पैदा गर्छ । बेलाबेलामा डलर हात पर्दैन र श्रीमतीजीलाई हिराको औठी किन्न सक्दिँन भन्ने डरका कारण अति कम विकशित देशको सुचीबाट नेपाललाई हटाउन पनि मान्दैन । अझ बेलाबेलामा युरोपको जस्तै विकाश गर्छु भनेर जनताको करमा अध्ययन भ्रमण नि गर्छ । 

Vianet communication
Laxmi Bank

तर युगौदेखि केही लछारपाटो लगाएको भने हैन । धनीहरु झन् धनी गरिबहरु झन् गरिब । अब त केही नयाँ काम गर्यो कि शासकले भनेर अनलाईन पढ्यो, फेरि वृद्धा भत्ता बढाउँछ । मन्त्रीजी अचानक छड्के निरीक्षणमा निस्किए भन्छन् । मन्त्री जी ले पुलिससँग बसेर भात खाए भन्छन् । मन्त्री आँफै झाडु बोकेर सडकमा निस्के, सफा गरे भन्छन् । कर्मचारिलाई यस्तो आदेश दिए, उस्तो आदेश दिए भन्छन् । आम जनताहरु ट्वाँ परेर हेरिरहन्छन् । झोलेहरु झ्यापझ्यापझ्याप तालि पिट्छन् ।

शासकहरुको मानसिकता यस्तो छ, मुलुकको एक मात्रै अन्तराष्ट्रिय विमान स्थलको चर्पीमा हात धुने साबुन र टिस्यु पेपर नभएको देख्दैनन् । रेगिस्तानको गर्मिले कापालको रौ झरेर खुईले बनेको अविबाहित युवाहरुको मानसिकता बुझ्दैनन् । बाकसमा शिलबन्दी भएर घर फर्किने सयौ लक्का जवानहरुको चित्कार देख्दैनन् । युरोपमा अण्डा टिपेर बसिरहेको त्रिभुवन विश्वविद्यालयका प्रोफेसर चिन्दैन । तर आन्तरिक मामिलामा विदेशी हस्तक्षेप भने एक सेकेण्ड मै ट्वाक्कै थाहा पाउँछ ।

हाम्रो प्राथमिकता पहिले आफू बलियो हुने, आफू सक्षम हुने, नागरिकहरुलाई विश्वब्यापि मान्यता अनुसारको व्यबहार, अधिकार दिने हुनुपर्दथ्यो । सानो देश छ, जनसंख्या नि खासै धेरै हैन यो । आफूलाई पुग्ने तरकारी आफै उत्पादन गर्न सक्ने नीति सरकारसँग छैन ? अरबौ भ्रष्टचार गर्न हुने विमानस्थल बाहिरको गेट र सडकमा सुन्दर बगैचाहरु निर्माण गर्न किन नहुने ? यसो युएई, कतार, युके, सिंगापुर घुम्दा जाँदा देखेर पनि नसिकेको ?

ईयुको यो धारणा पश्चात नेपाल एउटा समुदाय खासगरि खस आर्य (आजीवन सत्ता पक्ष)कडा बिरोधमा निस्किएको छ । ती बिरोधी तत्वहरुलाई राज्य पक्षले सहयोग गरेको छ


आन्तरिक मामिला केवल कुटनीति हैन, विकाश पनि हो । वास्तवमा अहिले विश्व राजनितिमा कुनैपनि किसिमको मामिलामा बोल्नै नहुने किसिमको आन्तरिक मामिला छैन । हालै अमेरिकाले साउदी अरबलाई कति खर्ब डलरको हतियार बेच्यो र ति के–के परिमाणका हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ । सँगै ति हतियारहरु तत्कालको लागि यमनको बिद्रोह दबाउनका लागि प्रयोग हुनेछन्, सिरियाको नरसंहारमा रुस र अमेरिकाको हात छ भन्ने कुरा त्यहाँका बच्चाहरु बताउँछन् ।

लिबियाका शासक कर्णेल गद्दाफीको पतन त्यहाँको कुनै आन्तरिक मामिला ठिक नभएको कारण हैन । सुदुर पश्चिमका नेता शेरबहादुर देउवाको सरकार ढल्यो, त्यो पनि आन्तरिक मामिला कमजोर भएका कारण हैन । ओलि सरकारको गठन आन्तरिक मामिला हैन । सरकार निर्माण होस् वा बिघटन यहाँ धेरै शक्तिको भूमिका हुन्छ । रविन्द्र मिश्रले चुनाव हारे,  यो पनि आन्तरिक मामिला हैन । जगत नै हाँसाए यिनले ।

विश्व मिडियाकै चर्चा गरौ । अमेरिकि राष्ट्रपति ट्रम्पले फोर्ब्स, न्युयोर्क टाईम्स जस्ता अमेरिकाका प्रतिष्ठित मिडियाहरुलाई झुटको पुलिन्दा भन्दै आएका छन् । किनभने उनीहरुले ट्रम्पको नीतिलाई मजाक उडाए।  हामिले नेपाल कै परिपेक्षामा हेर्यो भने घटनाक्रमहरुलाई कुन मिडियाले कसरि टेक ओभर गरछन् भन्ने कुरा अघिल्लो दिन नै थाहा हुने जस्तो भैसक्यो । त्यसैले मिडियाको मामिला पनि आन्तरिक छैन । यो छरपष्ट नै छ।

अहिले युरोपेली युनियन (ईयु)ले नेपालको निर्वाचन र समावेशीकरण जस्ता बिषय समेटिएकोे प्रतिवेदन सार्वजनिक भएपछि बजार हल्लाएको छ । त्यो प्रतिवेदनका उपर नागरिकका विचारहरु बिभाजित छन् । यस्तो किन भएको छ ? किनभने नेपालि जनताहरुको मानसिकता नै शासकहरुले बिभाजित गराईदिएका छन् । तर ईयुको प्रतिबेदन आईएलओ सन्धि सम्झौताको जगमा उभिएर आएको हो । यो पनि कुनै आन्तरिक मामिला हैन । बोल्न नसक्नेहरुको आवाज बनेर उपस्थित भएको छ ईयू । उसको प्रतिबेदनका सन्दर्भमा दाँत बजाउनु नै बेकार हो ।

अब रह्यो खस आर्यलाई आरक्षण दिन नहुने कुरा ईयुले आफ्नो प्रतिबेदनमा लेखको बिषय । ईयुको यो धारणा पश्चात नेपाल एउटा समुदाय खासगरि खस आर्य (आजीवन सत्ता पक्ष)कडा बिरोधमा निस्किएको छ । ती बिरोधी तत्वहरुलाई राज्य पक्षले सहयोग गरेको छ । परराष्ट्र मन्त्रालयले यति हतारमा विज्ञप्ति जारी गरेको छ कि यो गाडी भएको भए एक सय पचास को स्पिडमा हुने थियो ।

वास्तवमा ईयूले आदिवासि जनजाति र दलितहरुलाई आरक्षण दिनु गलत हो, तत्काल खारेज गर्नुपर्छ भनेर प्रतिबेदन जारि गरेको भए सायद परराष्ट्र मन्त्रालय खुसी हुने थियो । आन्तरिक मामिलामा कुनै हस्तक्षेपको महशुस हुने थिएन । त्यो स्वागत योग्य कदम हुने थियो । परराष्ट्र मन्त्रालयले आफ्नो भूमिका निभायो, एउटा स्वतन्त्र मुलुकले निभाउनुपर्ने कर्तव्य निभायो । तर आरक्षणको बिषयलाई लिएर यति धेरै चम्किनु पर्ने कारण थिएन ।

हामीले कुन समुदायलाई खास किन आरक्षण प्रदान गर्न खोजिएको हो, र त्यसलाई संविधानमा लेखिएको हो थाहा छ कि छैन? के कस्ता आन्दोलन र एतिहाँसिक घटनाक्रमका बाबजुद नेपालमा समावेशी, समानुपातिक र पहिचानको मुद्दाहरु जवरजस्ति उठे भन्ने तत्व ज्ञानको हेक्का छ कि छैन ? आरक्षण दिने कुरा कुनै व्यक्तिगत विषय हो ? यो त राज्यको समग्र समावेशी विकाश र उन्नतिका निम्ति आँकडा निकालेर पहिचान गरिएका निश्चित समुदायलाई दिने सुविधा हैन र ?

जस्तो कि जनजातिहरु पढाईमा कमजोर बने । लोकसेवामा जागिर खान सकेनन् । उनीहरु राज्यको हरेक तहमा पछाडि परे । अब यहाँनेर प्रश्न उब्जिन्छ, जनजातिहरु नेपाली हुन् कि हैनन ? ति समुदायले किन पढ्न सकेनन् ? पढाउन के के सहुलियत गर्नुपर्छ ? इतिहासमा के कस्ता घटनाहरु घटे, त्यो अध्ययन किन नगर्ने ? बच्चा जन्मिदाँ आपैमा अनपढ भएर जन्मिने त हैन होला । राज्यको दायित्व भनेको कमजोरलाई झन् थिच्ने हो कि उकास्ने?

जस्तो कि दलित समुदाय उन्नतिको रेखा मुनि परे । होला एक दुई जना दलित करोडपति होलान्, डाक्टर होलान् । तर एक दुई जना करोडपति  र डाक्टर दलितले सिङ्गो दलित समुदायको प्रतिनिधित्व गर्दैन । राज्यमा प्रतिनिधित्व हुने भनेको व्यक्तिको हैन, समुदायको हो । यहि कुरा दलितको हकमा पनि लागू हुन्छ । हो केही खष आर्य गरिब होलान् तर तिनको भैसिको दुध त बजारमा बिक्छ नि, दलितको बिक्दैन । 

ईयूले कुरा बुझेरै आफ्नो प्रतिवेदनमा खस आर्यलाई आरक्षण दिन नहुने कुरा उठाएको हो । यो मानव अधिकारको बिषय हो । नेपालको कुनै आन्तरिक मामिलामा हस्तक्षेप गरेको हैन

श्रम अनुसार यो देशमा सबैभन्दा धनी, सम्पन्न त दलित समुदाय हुनुपर्ने तर किन गरिब भए, पछाडि परे हरेक हिसाबबाट ? राजनैतिक रुपमा, समाजिक रुपमा दलितको स्थान कहाँ छ ? हो दलित समुदायमाथि बालिघरे प्रथा लादियो । तिनले जति काम गरे पनि अन्न पाउने पैसा नपाउने । एउटा पण्डितले पुजा लगाईदिएको सट्टा पैसा बालिघरे बनेर कोदो, मकै किन उठाएनन् ? अब जनजातिको लहुरे प्रथाको आलोचना हुन्छ । आफ्नो जवान बेचेको त राणा र दरबारले हैन र ?

बेलायतबाट लिएको रकम राणा र राजाले शिकार खेल्ने र युवती घुमाएर सके । विकास निर्माण गरेनन् ।  त्यो समुदायको विकासका निम्ति उनीहरुले केही गरेनन् ।  सबै नेपाली जनताहरु सम्पन्न भए पो देश सम्पन्न हुने होला । यहाँ कुनै एक समुदाय हरि राज्य व्यवस्थामा हावी हुने, अरुको पहिचानको अधिकारमाथि खिसि गर्ने र समावेशिको कुरा उठाउँदा नन्न किशोर पुनको उदाहरण दिने । यी पुन त लडाई लडेर गणतन्त्र समावेशी नेपाल बनेपछि न उप राष्ट्रपति बनेका हुन् । त्यसभन्दा अगाडिको नेपालमा जनजाति कहाँ थियो?

रेडियो नेपालदेखि नेपाल टेलिभिजनसम्म । गोरखापत्रदेखि सिहंदरबारको घुमाउने कुर्चिहरुसम्म  मालपोतको फाँटदेखि प्रशासनको फाँटसम्म त्यहाँ एउटै भाषा, एउटै भेष प्राण भन्दा प्यारो थियो । अरु भाषा र भेष के थियो त ? किन प्यारो थिएन त ? किनभने ति शासकहरुले जबर्जस्त दबाएका थिए । ति थिचोमिचोमा परेका थिए । यसकारण तिनै हेलित र दमितहरुको पक्षमा समावेशी र आरक्षणको सवाल उठेको हो ।

बिभिन्न तत्थ्याङ्क नेपालमा अनुसार खसआर्य समुदायको हालिमुहालि राज्यको हरेक तह र तप्कामा बलियो गरेर जरा गाडेको छ । राज्य व्यवस्था प्रतिस्पर्धाको आधरमा हैन, नाताबाद, कृपाबाद, जातिबादको आधारमा चलिरहेकै छ । त्यसैले मुलुक टाट पल्टिएको हो । ईयूले कुरा बुझेरै आफ्नो प्रतिवेदनमा खस आर्यलाई आरक्षण दिन नहुने कुरा उठाएको हो । यो मानव अधिकारको बिषय हो । नेपालको कुनै आन्तरिक मामिलामा हस्तक्षेप गरेको हैन । यहाँ जे भएको हो त्यो उल्लेख गरेको हो । ईयूले आफ्नो अडान फिर्ता नलिने भनको छ । किन लिने ? ईयूले यस्ता सुझावहरु थप दिँदै जानुपर्छ ।

(यी लेखकका निजी विचार हुन् ।)

ईयुले जारी गरेको विज्ञप्तिबारे लोकान्तरको आधिकारिक धारणा यस्तो छ । हेर्नुस् दुई सम्पादकीय

निर्वाचनबारे ईयुको प्रतिवेदन-  कूटनीतिक मर्यादा मिच्नेले के बेहोर्छ ?

आँटिलो कूटनीतिक कदम आवश्यक

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x