×

NMB BANK
NIC ASIA

एमालेसँग मिल्न लागेको माओवादीलाई सचिव सरुवामा आपत्ति किन ?

चैत २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २५ चैत– नेकपा एमालेसँग पार्टी एकीकरणको अन्तिम तयारी गरेको माओवादी केन्द्रले नेपाल सरकारका सचिव सरुवाप्रति आपत्ति जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्रीय प्रणालीको झल्को दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि सचिवहरुको सरुवा गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरुलाई कुनै जानकारी नदिइ पार्टीले सम्हालेका मन्त्रालयका सचिव सरुवा गरिएकोप्रति माओवादी केन्द्र रुष्ट देखिएको हो । 


Advertisment
Nabil box
Kumari

सचिव सरुवा भएकै दिन गृहमन्त्री रामबहादुर थापाको घरमा बसेको माओवादी मन्त्रीहरुको बैठकले सचिव सरुवाप्रति गम्भीर असन्तुष्टि जनाएको थियो । 

Vianet communication
Laxmi Bank

एमाले र माओवादीबीच वैशाख ९ मा पार्टी एकीकरण गर्ने तयारी भएको नेताहरुले बताइसकेका छन् । तर पार्टी नै एकीकरणको तयारी गरेको माओवादीले सचिव सरुवामा किन आपत्ति गरेको होला ? 

‘नेपाल सरकारका सचिवहरु लोकसेवा पास गरेका आएका हुन्, कोही पनि चुनाव जितेर आएका होइनन्,’ एक पूर्वसचिवले लोकान्तरसँग भने, ‘राम्रो काम गर्नलाई जुन सचिव भएपनि के फरक पर्छ ?’

एमाले स्रोत पनि सचिव सरुवाको बिषयलाई लिएर माओवादीले आपत्ति गर्नु नपर्ने बताउँछ । ‘हामी १४–१५ दिनपछि पार्टी एकता गर्दैछौं भने सचिव सरुवाको बिषयलाई लिएर असन्तुष्टि लिनुपर्ने कुनै कारण थिएन,’ एमालेका एक नेताले भने । 

विगतमा मन्त्रीहरुले सचिव रोज्ने चलन रहे पनि पछिल्लो पटक प्रधानमन्त्री ओलीले सचिवको सरुवा गरेपछि मात्र मन्त्रीहरुले थाहा पाएका थिए ।

‘प्रधानमन्त्रीज्यूले योग्यता र क्षमताका आधारमा सचिवहरुको सरुवा गर्नु भएको छ, यसमा कसैले गुनासो गर्ने ठाउँ छैन,’ समान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘राम्रो काम गर्ने मन्त्रीहरुलाई सचिवले रोक्दैनन् ।’

तयारी अनुसार पार्टी एकता भएमा अहिले माओवादी रहेका मन्त्रीहरु प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टीमा समाहित हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x