कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
ढोरपाटन, बागलुङ, २८ चैत -सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी नाला विश्वव्यापी रुपमा नै कम हुन्छन् ।
उत्तरबाहिनी नदीलाई हिन्दू धर्मग्रन्थमा अत्यन्त पवित्र मान्ने गरिन्छ ।
नेपालमा उत्तरगंगा(बागलुङ), कर्मनसा(ललितपुर)जस्ता नदी उत्तरवाहिनी नदी हुन् । नेपालका धार्मिक महत्वका धाममध्ये बागलुङको ढोरपाटनस्थित उत्तरगंगा धामलाई लिने गरिए पनि प्रचारप्रसारको अभावमा यो ओझेलमा परेको छ ।
उत्तरतर्फ भई बग्ने उत्तरगंगा नदीको मुहान यहाँस्थित ढोरबराह थान रहेको स्थानीयवासी धर्म विश्वकर्माले जानकारी दिनुभयो । ढोरबराह मन्दिरसहित उत्तरगंगा धाम यहाँको अतिप्राचीन तीर्थस्थल भए पनि यसको प्रचारप्रसार हुन नसक्दा अपेक्षित विकास हुन नसकेको उहाँको भनाइ छ ।
उत्तरगंगाको उद्गमस्थल ढोरबराहमा प्रत्येक वर्ष जनैपूर्णमा र वैशाखे पूर्णिमाका दिन मेला लाग्ने र बागलुङसहित आसपासका पर्वत, म्याग्दीलगायत जिल्लाबाट ठूलो संख्यामा दर्शनार्थी आउँछन् । मेलाका अवसरमा भक्तजनले भेडाको बलिसहित पूजाआजा गर्ने गरेको ढोरपाटन वडा नं ७ का अमर बुढा मगरले जानकारी दिनुभयो । भेडाको बलिसहित ढोरबराहको पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।
मेलाका अवसरमा ढोरबराहमा पूजा गर्न जाने भक्तजनले रुद्रावती गंगाको उद्गमस्थल रुद्रताल स्नान एवं पूजा गरी ढोरपाटन देउरालीमा पाती चढाएर जाने भएकाले यहाँको पूजा रुद्रतालबाट शुरु हुने मानिन्छ । उत्तरगंगा नदीको उद्गमस्थल ढोरबराहको पूजा गरेर मनले चिताएको पुग्ने जनविश्वासका आधारमा विभिन्न भाकलसहित पूजा गर्न जानेको संख्या धेरै रहने गरेको छ ।
ढोरबराह मन्दिरमा कुनै पनि समयमा नसुक्ने बाइस धारा छन् । बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास कायमै छ । कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगंगामा बगाउने प्रचलन पनि छ । आवश्यक भौतिक पूर्वाधारका साथै प्रचारप्रसारका अभावमा ढोरबराह र उत्तर गंगाधाम विकासका दृष्टिले अझै पछि परेको ढोरपाटन उद्योग वाणिज्य संघका सदस्य कृष्ण केसीले बताउनुभयोे ।
पछिल्लो समयमा ढोरपाटनसम्म जाने बाटो सहज बन्दै गएपछि भक्तजन आउने क्रममा क्रमशः वृद्धि भइरहेको छ । उत्तरगंगा धामको प्रवद्र्धन नहुँदा विकासले फड्को मार्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष नन्दे सुनारले बताउनुभयो । “उत्तरगंगा धामको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विकास गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “यहाँको विकास सरकारको प्राथमिकतामा पर्नु आवश्यक छ ।
ढोरपाटन र आसपासका पर्यटकीयस्थलको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हालै यस क्षेत्रको अध्ययन भ्रमण गरिएको संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
“जनप्रतिनिधि, पर्यटन व्यवसायी र सञ्चारकर्मीसमेतको उपस्थितिमा आयोजित भ्रमणपछि यस क्षेत्रको प्रचारप्रसार र भौतिक पूर्वाधार विकास आवश्यक महसुस गरिएको छ,” उहाँले भन्नुभयो, “सरोकारवाला सबैको प्रयासमा यहाँको प्रचारप्रसारका साथै भौतिक पूर्वाधार विकास गर्नु आवश्यक छ ।” – वासुदेव पौडेल/रासस
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...