मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
भनिन्छ, प्रतिक्षाको फल मीठो हुन्छ । यो विषय राजनीतिक रुपमा भने लागू नहुने रहेछ । जति पर्खियो त्यति शंका उत्पन्न हुने मात्र होइन, फल लाग्ने कुरापनि अनिश्चित जस्तै हुन्छ ।
वाम गठवन्धन बनाएका एमाले–माओबादी केन्द्रबीच एकताको बिषयसँगै जनताले मिठो फल एकिकृत पार्टी र उसले कल्पना गरेका सम्बृद्व नेपालको आशा गरेका थिए ।
तर गठवन्धन घोषणा गरेको ६ महिना वितिसक्दसमेत उनका समर्थकले पर्खाईको मिठो एकिकृत पार्टीको फल खान त के देख्नसमेत पाएका छैनन् ।
गठबन्धन त केबल निर्वाचनमा जीत हात पार्नका लागि थियो । उनीहरुले दशैंको बेला गरेको घोषणा अनुसार त चुनाव लगत्तै पार्टी एकता हुनुपर्ने थियो ।
पार्टी चलाउने क्रममा आफ्ना ब्यक्तिगत मतभेद थाति राख्दै, निर्वाचनमा आम जनतालाई देखाएको सपना पुरा गर्नति एकिकृत पार्टी लाग्नुपर्थो । तर, जनता सामुन्ने अघि सारेको बाचा अनुसार नेताहरु किन अघि बढ्न सकेनन् ? यतिबेला थप रहस्यको बिषय बन्न पुगेको छ ।
गत मंसिर एक्काईस गते निर्वाचन सकिएसँग केही समयपछि एकिकृत पार्टीको नामबाट एक भएर अघि बढ्ने भनेर केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन ताका कार्यकर्ता र जनतालाई विश्वास दिलाउन बिभिन्न चुनावी कार्यक्रममा भन्दै आएका थिए । तर, निर्वाचन सम्पन्न भएको ४ महिना बितिसक्दा पनि आ–आफ्नै पार्टीभित्रका कमजोरीमा डुब्दै , संगठनात्मक र सैद्दान्तिक जस्ता बिषयलाई देखाएर जनता र कार्यकर्तालाई देखाएको सपना पूरा गराउन यतिबेला दुबै पार्टीका नेताहरु चुकिरहेका छन् ।
अझ पछिल्लो समय त एकता हुन नदिन बाह्य शक्तिको चलखेल बढिरहेको कुरा दुबै पार्टीका शीर्ष नेताले मिडियामा बोलिदिएपछि त पार्टी एकताको बारेमा जनतामा थप आशंका थपिएको छ ।
यदि साँच्चै नेताहरु एकताको निम्ति तयार र इमान्दार छन् भने एकताको बिषयलाई बाह्य तत्वले कुनै फरक पार्दैन । तर, दुबै दलका नेताहरु यो वा त्यो बाहानामा एकता प्रक्रियाबाट भागिरहेका छन् । त्यो चाँहि रहस्यको बिषय बनिरहेको छ ।
केही समय अघिमात्र चितवन पुगेर ढिलोचाँढो आफू प्रधानमन्त्री हुन्छु भनेर प्रचण्डले सार्वजनिक अभिब्यक्ति दिएपछि त एकताको बिषय थप अन्योलतामा रुमल्लिएको छ भनेर ठम्याउन जो कोहिलाई गार्हो परेन ।
त्यतिमात्र होईन, पार्टी नै एकता गर्ने भनेर निर्वाचनमा गठबन्धन गरेर निर्वाचन जितेर माओवादी सहितको बहुमतको सरकारमा मधेशवादी दललाई भित्र्याउन ओलीले बल गर्नु र माओवादीभित्र पनि संसदीय दलको नेतामा प्रचण्ड चुनिनुले एकता हुने वा नहुनेमा अन्योलता थपिएको कतिपयको अनुमान छ ।
जबकि पार्टी नै एकिकरण गर्ने र ओलीलाई नै ५ वर्षे सरकारको नेतृत्व गर्न दिने भएपछि माओवादीले संसदीय दलको नेता चुनिरहनुपर्ने आवश्यकता रहँदैन थियो । ओलीले पनि मधेशवादी दललाई सरकारमा सहभागी गराउन जोड गरिरहनुपर्ने आवश्यकता छदै थिएन ।
अहिलेपनि एकताको बिषयमा दुबै दलका बिभिन्न तहका नेताहरुको बिभिन्न प्रतिक्रिया सार्वजानिक भइरहेको छ । एमाले माओवादीसँग मिल्न होइन आफू ठुलो पार्टी भएको हैसियतले उसलाई निल्न चाहान्छ । जुन स्वभाविक पनि हो । किनकी ठूलो माछाले पनि आफ्ना वरीपरी आएका भुरा माछाहरु निलिरहेको हुन्छ ।
अहिले शक्तिको हिसाबले तेश्रो दल भएपनि माओबादी सत्ता गठबन्धनमा मास्टर कार्ड हो । उ जता मिल्छ उसैको नेतृत्वमा सरकार बन्छ । एमालेलाई पनि यतिबेला पार्टी एकता भन्दा सरकार प्यारो छ । एमालेले आफ्नो सरकारमा मधेशवादी दलहरुलाई सहभागी गराएर माओवादीलाई साइजमा ल्याउन र पाँच वर्षे सरकारको भविष्य सुरक्षित गर्न चाहान्छ । तर अहिलेसम्म मधेसवादी दल सरकारका सहभागी भएका छैनन् ।
चुनाव जित्नकै लागि जनताको अघि गरिएको बाचा अहिले आएर दुबै नेतालाई भालुको कनपट बराबर भएको छ ।
संगठन अमुर्त हुन्छ । संगठन चलाउने भनेको ब्यक्तिले हो । जनताको आँखाबाट हेर्दा दुई कमिन्युस्ट पार्टी एक हुने बिषयलाई सैद्दान्तिक र सांगठनिक हिसाबले खासै फरक पार्दैन । बरु एकता हुनलाई नेता र आम कार्यकर्ताको मन÷भावना मिल्न जरुरी छ । जहाँ आम कार्यकर्ताको भावना मिल्दैन, त्यस्तो एकताले दुई पार्टीको नाम मेटाएर एउटै नाम लेख्दैमा देश र जनतालाई केही फरक पार्दैन । बरु भावना बिपरित एकता भएको खण्डमा शक्ति सञ्चय होइन क्षय पनि हुन सक्छ र बिपक्षीलाई फाइदा पुग्छ ।
जहाँसम्म एकताको बिषयलाई लिएर माओवादी केन्द्रले एकिकृत पार्टीमा आफ्नो लागि आधा हिस्सा खोजेको भन्ने कुरो छ । त्यसको लागि एकपटक माओवादीको इतिहास तर्फ फर्केर हेरौ ।
माओवादीले पनि शान्तिप्रकृयामा आएपश्चात् बिभिन्न पार्टीसँग एकता गर्यो । त्यसमध्ये एकता केन्द्र एक हो । एमालेसँगको एकतामा माओवादीले आधा हिस्सा खोजिरहेको अवस्थामा एकता केन्द्रसँगको इतिहासलाई एमालेसँगको एकता जोडेर हेर्न सकिन्छ ।
कुन हैसियतमा अहिले माओबादी केन्द्रले एमालेसँग आधा हिस्सा खोजिरहेको छ ? के उसले एकता केन्द्रसँग पार्टी एकता गर्दा उसलाई आधा हिस्सा दिएको थियो ? कि एकता केन्द्रले आधा हिस्सा खोज्यो ? अहिले माओवादी केन्द्रले साँच्चै एमालेसँग एकता चाहान्छ भने संगठनमा आधा हिस्सा होईन आफ्नो मनमा आधा हिस्सा एमालेका नेता र कार्यकर्तालाई खाली गर्न सक्नुपर्छ र त्यही अनुसार एमालेले पनि छाति फराकिलो गर्न सक्नुपर्छ तबमात्र एकता सम्भव छ ।
यतिबेला माओवादीले सिद्दान्तको बहस निकाल्दै बाहिर माओबाद र एक्काइसौं शताब्दीको जनवादको कुरालाई एकताको बिषयसँग जोडेको छ । सैद्दान्तिक रुपमा जे भनेपनि माओवादी केन्द्रले नयाँ पार्टीमा आफ्नो पकड बलियो खोजेको छ । उसका केही प्रभावशाली नेतालाई नयाँ पार्टीमा सीट सुरक्षित गरिदिएको खण्डमा कार्यकर्ताको भावना बिपरित र सैद्दान्तिक बिषयलाई लत्याउदै माओवादीले एकताको बाटो तुरुन्त खाली गर्छ र एकता हुन्छ । जहाँसम्म सैद्दान्तिक हिसाबमा माओवादको कुरा छ त्यो सिध्दान्तबाट माओवादी केन्द्र पहिलै स्खलित भैसकेको कुरा उसको व्यवहारले देखाईसकेको छ ।
आम जनता र कार्यकर्ता माझ माओवादको नकाब फुकाल्न माओवादी केन्द्रलाई गाह्रो पर्ने छैन ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...