कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
शरद पौडेल
शुभकामना तिनीहरूलाई
जो बागी थिए,
जसले सल्काए निम्छराहरूको आँखामा आगो,
जस्ले सिकाए,
महत्ताको जीन्दगी श्रमजीवीहरूलाई ।
श्रमजीवी भित्रको तेज,
उनीहरू भित्रको तुफान र ज्वालामुखीले
जब साथ पायो बागीहरूको
श्रमजीवीहरू,
आगोको भरभराऊँदो लप्का भएर लप्किए ।
तवाह पार्दै सामन्ती दरबार
तुफान भएर मडारिए
आगोको लाभाकै तरह बगे ।
हो ! केही बागीहरूकै साथसाथ
बागी बने पीँधका मानिसहरू ।
र, खोसिएको आफ्नो अस्मिताको खोज
लुटिएको पहिचान र मर्यादाको खोज
इज्जत र सम्मानको खोज
पसिनाको मुल्यको खोज ।
हत्केलामा प्राण राखेर
श्रमजीवीहरूले संघर्षमा जीवन खोजे ।
र,यसरी निर्माण भयो अलिकता सुन्दर संसार ।
तर वर्तमान
बन्नै नपाई भत्किएको छ श्रमजीवीहरूको ।
फेरि हराएको छ मानवीय मर्यादा
फेरि अपमानित छ मानवीय गरिमा ।
फेरि लुटिएको छ श्रमजीवन र पसिना ।
त्यसैले त
वर्तमानले खोजिरहेछ केही बागीहरू
जो हिंडोस् श्रमजीवीहरूसंगै पाईला जोड्दै
ब्यूझाउदै श्रमजीवीहरूलाई
जागृत मसाल बन्दै
खरानी पार्ने गरी
सल्काओस् सामन्ति दरबारमा आगो ।
जसले तबाह पारोस्
पूँजीपतिहरूको लुटको स्वर्ग ।
र, छेपाराहरूको पद पैसा र प्रतिष्ठाको निच स्वार्थ ।
फेरि पनि शुभकामना ती बागीहरूमा
जसले जगाऊने छन् इज्जतिलो जीवन तिर्खा
र, जसले सल्काए र सल्काउनेछन् आगो
दलितहरूको, महिलाहरूको हृदयमा ।
बिपन्न श्रमजीवीहरूको जीवनमा ।
र, कलिलै सहि
जस्ले सल्काउने छन्
नानीहरूका आँखामा अग्निफूल ।
नानीहरूका हृदयमा प्रीतफूल ।।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...