गर्मीमा गगल्स : फेसन मात्र होइन, स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण
काठमाडौं, २ वैशाख– गर्मीमा सनग्लासको आवश्यकता बढी महसुस हुन्छ । यसले लुक्समा राम्रो देखिनुका साथै आँखाको सुरक्षा पनि गर्दछ ।
जाडोको तुलनामा गर्मीमा पराबैजनी किरण तीन गुणा बढी हुन्छन् । चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखामा असर पुर्याउँछ । विना सनग्लास घाममा निस्कँदा आँखा पोल्ने, आँशु आउने, रिङगटा लाग्नेजस्ता समस्या हुन्छन् । त्यसैले गर्मीमा गगल्स फेसन मात्र होइन, आँखाको स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । किन चाहिन्छ सनग्लास ?
कर्नियालाई सुरक्षित राख्छ
चर्को घाममा त्यत्तिकै निस्कँदा पराबैजनी किरणले आँखामा बन्ने टियर सेल अर्थात् आँसुको कोशिका टुट्न सक्छ र यो कर्नियाका लागि हानिकारक हुन सक्छ । अर्थात् पराबैजनी किरणले रेटिनामा असर पुर्याएजस्तै कर्नियामा पनि असर पुर्याउँछ ।
बेसल सेल कार्सिनोमा हुनबाट रोक्छ
घाममा सनग्लास नलगाउनाले बेसल सेल कार्सिनोमा नामक समस्या हुन सक्छ । यो छालाको क्यान्सरको सबैभन्दा आम समस्या हो । आँखा घामको किरणसंग सम्पर्क आउँदा यस्तो हुन सक्छ । बेसल सेल कार्सिनोमा आँखाको परेलाको छालाको क्यान्सर हो ।
रेटिनालाई बचाउँछ
सनग्लासले सूर्यबाट निस्कने घातक पराबैजनी किरणबाट आँखाको रेटिनालाई बचाउँछ । घामको किरणले आँखामा असर पर्नासाथ धुलोको कणले रेटिनामा हुने क्षतिबाट बचाँउछ । यसैले घामबाट बाहिर निस्कँदा सनग्लास लगाउन नभुलौं ।
कन्जेक्टिभालाई सुरक्षित राख्छ
आँखाको तल्लो र माथिल्लो परेलाको बाहिरी पत्रलाई कन्जेक्टिभा भनिन्छ । यो आँखाको निकै संवेदनशिल भाग हो । जब यो सूर्यको किरणको सम्पर्कमा आउँछ, चिलाउन थाल्छ । यसलाई भाइरल, ब्याक्टेरियल वा एलर्जिक कन्जेक्टिभाइटिस पनि भनिन्छ । यसैले बाहिर निस्कदा सनग्लास लगाउन नभुल्नुहोला ।
मोतियाविन्दुको जोखिमबाट बचाउँछ
मोतियाविन्दु आँखाको आम रोग हो । बढी उमेर भएका व्यक्तिलाई यो रोग लाग्छ । सूर्यको परावैजनी किरणका कारण पनि यस्तो हुन सक्छ । मोतियाविन्दु हुँदा आँखा धमिलो हुन्छ, जसबाट देख्न कठिनाई हुन्छ । यसैले सनग्लास लगाउनु आवश्यक हुन्छ ।
थप समाचार
- तुलसीको पातका यी फाइदाहरू थाहा पाउँदा छक्क पर्नुहुनेछ
- यी कुरा झुक्केर पनि फ्रीजमा नराख्नुस्
- किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ
- एक नेपाली चिकित्सक, जसले उडिरहेको जहाजमा हृदयघातका विरामीलाई जोगाए
- भटमासका फाइदा मात्रै छैनन्, यस्ता व्यक्तिका लागि बिष समान हुन्छ
- दाँत दुखेर हैरान हुनुभएको छ ? यसरी ठीक पार्नुहोस्
ताजा समाचार
- निजी स्कूलले गरेको शुल्क वृद्धिको निर्णयविरुद्ध विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा
- विद्यार्थीलाई छुरा हान्ने व्यक्ति पक्रन प्रहरीको हवाइ फायर, ३ जना नियन्त्रणमा
- गीतकार पाण्डेयको गितीसंग्रह ‘अतृप्तज्योति’ बजारमा
- जनआन्दोलनका घाइतेको माग : बाँच्नका लागि जागिर देऊ सरकार !
- २२ किलो सुन तस्करीका नाइको पक्राउ
प्रतिक्रिया दिनुहोस